BIZMANDU
www.bizmandu.com

नेपाल वायुसेवा निगमको बोइङ लिलामीमा किन्ने कोही भेटिएनन्, अब आपसी छलफलमा बिक्री गर्ने

२०७६ भदौ २२

नेपाल वायुसेवा निगमको बोइङ लिलामीमा किन्ने कोही भेटिएनन्, अब आपसी छलफलमा बिक्री गर्ने
नेपाल वायुसेवा निगमको बोइङ लिलामीमा किन्ने कोही भेटिएनन्, अब आपसी छलफलमा बिक्री गर्ने

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल वायुसेवा निगमले लिलामीमा राखेको मूल्यमा बोइङ ७५७ 'गण्डकी' किन्न कुनै क्रेताले चासो देखाएनन्।लिलामीबाट बोइङ किन्ने कोही नआएपछि निगमले आपसी सम्झौंताका आधारमा बिक्री गर्ने भएको छ।

निगमका प्रवक्ता गणेशबहादुर चन्दले दुई वटा अन्तर्राष्ट्रिय कम्पनीले इच्छा देखाएपनि निगमले तोकेको न्यूनतम मूल्यमा खरीद गर्न नचाहेको बताए।उनका अनुसार आपसी सम्झौंताका आधारमा बोइङ बिक्रीका लागि अध्ययन समिति गठन गरिएको छ।

निगमले बोइङको मूल्य ट्याक्स बाहेक ७६ लाख ७६ हजार सात सय ३० डलर निर्धारण गरेको छ।९एनएसिबी कल साइनको यो जहाजको सिरियल नम्बर २३८६३ रहेको छ भने यसको मोडल बी ७५७-२एफ ८ सिबी रहेको छ। यो जहाज सन १९८८ मा उत्पादन गरिएको हो। यो जहाजले ८९ हजार चार सय ६२ घण्टा उडान गरिसकेको छ।

रोल्स-रोयस इन्जिन भएको यो जहाज गत सात महिनादेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थन्किएर बसेको छ।निगमले तीस वर्ष अघि दुईवटा बोइङ खरिद गरेको थियो। सन् १९८७ सेप्टेम्बर १९ तारिखमा 'कर्णाली' खरिद गरेको थियो भने दोस्रो बोइङ ' गण्डकी' सन् १९८८ सेप्टेम्बर १ तारिखमा खरिद गरेको थियो।