BIZMANDU
www.bizmandu.com

गत आर्थिक वर्षको नाफाबाट ३४ कम्पनीले घोषणा गरे लाभांस, नगद लाभांस मात्रै घोषणा गर्ने कम्पनी १२

२०७६ भदौ २१

गत आर्थिक वर्षको नाफाबाट ३४ कम्पनीले घोषणा गरे लाभांस, नगद लाभांस मात्रै घोषणा गर्ने कम्पनी १२
गत आर्थिक वर्षको नाफाबाट ३४ कम्पनीले घोषणा गरे लाभांस, नगद लाभांस मात्रै घोषणा गर्ने कम्पनी १२


Tata
GBIME
Nepal Life

काठमाडौं। गत आर्थिक वर्षको नाफाबाट ३४ वटा कम्पनीले लाभांस घोषणा गरेका छन्। लाभांस घोषणा गर्नेमा अधिकांशले बोनस शेयरलाई प्राथमिकता दिएका छन्। ३४ कम्पनी मध्ये २३ वटाले बोनस शेयर दिने भएका छन्। त्यस्तै नगद लाभांस मात्रै घोषणा गर्नेमा १२ वटा कम्पनी छ।

अहिलेसम्म १७ वटा माइक्रोफाइनान्सले लाभांस घोषणा गरेका छन्। नेपाल एग्रोबाहेक १६ वटाले बोनस शेयरलाई प्राथमिकता दिएका हुन्। लघुवित्त वित्तीय संस्थाहरुलाई नेपाल राष्ट्र बैंकले हकप्रदबाट पूँजी जुटाउन अघोषित रुपमा रोक लगाएपछि वित्तीय संस्थाहरुले बोनस शेयर दिएर पूँजी बढाउन थालेका हुन्।

त्यस्तै बाणिज्य बैंकहरुले भने दोस्रो बजारका लागानीकर्तालाई आकर्षित गर्न केही बोनस शेयर र बाँकी नगद लाभांस दिएको देखिन्छ। तुलनात्मक रुपमा बाणिज्य बैंकहरुले बोनस शेयर भन्दा नगद लाभांसलाई प्राथमिकता दिएका हुन्। 

प्राथमिक शेयर नै बिक्री हुन छाडेपछि म्युचुअल फण्डले शेयर बेचेरै भए पनि लाभांस घोषणा गरेका छन्। अहिलेसम्म ८ वटा म्युचुअल फण्डले नगद लाभांस घोषणा गरेका छन्। कतिपय फण्डले साधारणसभाबाट पारित गरेर लगानीकर्ताको हातमा नगद लाभांस दिइसकेका छन्।

भदौमा लाभांस घोषणा गर्नेले दशै अगाडि नै साधारणसभा सम्पन्न गर्न सक्छन्। दशै अगाडि नै साधारणसभा सम्पन्न गर्न सकेमा लगानीकर्ताले केही हदसम्म दशै खर्च टार्न सक्ने छन्। एनआईसी एशियाले आगामी असोज १० गते वार्षिक साधारणसभा डाकेको छ। बोनस शेयर डिम्याट खातामा जान केहि समय लाग्ने भएपनि लगानीकर्ताले नगद लाभांस भने छिट्टै पाउन सक्छन्।

बैंक तथा माइक्रोफाइनान्सले गत आर्थिक वर्षको लाभांस घोषणा गर्दै गर्दा बीमा कम्पनीहरु भने अघिल्लो आर्थिक वर्षको नाफाबाट लाभांस घोषणा गर्न थालेका छन्। हिमालयन डिस्ट्रिलरीले गत वर्षनै अग्रिम रुपमा नगद लाभांसको घोषणा गरेको थियो।    

गत आर्थिक वर्षमा कम्पनीहरुले घोषणा गरेको लाभांस

लाभांस घोषणा गर्ने कम्पनी

बोनस शेयर

नगद लाभांस

जम्मा लाभांस

आशा लघुवित्त

12

0.63

12.63

बैंक अफ काठमाडौं

6

11

17

चौतारी लघुवित्त

10.89

7

17.89

सिटिजन्स बैंक

3

12

15

सिटिजन म्युचुअल फण्ड एक

0

7

7

फर्स्ट माइक्रोफाइनान्स

17

0.89

17.89

गणपति माइक्रोफाइनान्स

7

0.36

7.36

ग्लोबल आइएमई लघुवित्त

17.5

0.92

18.42

हिमालयन डिस्ट्रिलरी

0

68.42

68.42

किसान माइक्रोफाइनान्स

24

1.14

25.14

कुमारी बैंक

10

0.52

10.52

लक्ष्मी भ्यालु फण्ड

0

15

15

माछापुच्छ्रे बैंक

5

11

16

मेरो माइक्रोफाइनान्स

30

1.58

31.58

मिर्मिरे लघुवित्त

45

2.36

47.36

नागवेली लघुवित्त

26

1.368

27.368

नेपाल एग्रो लघुवित्त

0

15

15

नेरुडे लघुवित्त

15

5.79

20.79

एनआइबीएल समृद्धि

0

6.5

6.5

एनआईसी एशिया बैंक

10

11.05

21.05

एनआईसी एशिया ग्रोथ फण्ड

0

10

10

एनएमबी हाइब्रिड फण्ड

0

10

10

एनएमबी सुलभ इन्भेष्टमेन्ट

0

15

15

रिलायन्स फाइनान्स

12

0.63

12.63

सामुदायिक लघुवित्त

34.45

1.81

36.26

सानिमा बैंक

10

11.05

21.05

सानिमा इक्रिटी फण्ड

0

10

10

सिद्धार्थ इक्विटी फण्ड

0

11

11

स्पर्स लघुवित्त

13

0.68

13.68

समिट लघुवित्त

21.09

1.11

22.2

सूर्योदय लघुवित्त

44.47

2.34

46.81

स्वदेशी लघुवित्त

20

15

35

स्वरोजगार लघुवित्त

26.75

1.4

28.15

युनिलिभर नेपाल

0

770

770

 

बीमा कम्पनी

बीमा कम्पनीमा अघिल्लो वर्षदेखि लागु भएको एनएफआरएस वित्तीय प्रणालीका कारणले लेखापरीक्षणमा ढिलाइ भएको थियो। लेखापरीक्षणमा ढिलाइ हुँदा कम्पनीले समयमा लाभांस घोषणा गर्न नसकेका हुन्। पछिल्लो समय बीमा कम्पनीहरुले लाभांस घोषणा गर्ने तथा वार्षिक साधारणसभा डाक्न थालेका छन्।

बीमा कम्पनी

बोनस शेयर

नगद लाभांस

जम्मा लाभांस

नेशनल लाइफ

2.5

12

14.5

नेपाल लाइफ

25

23.5

48.5

लाइफ कर्पोरेसन

34.46

35.53

70

प्राइम लाइफ

12

0

12

सूर्या लाइफ

12

0

12

नेपाल इन्स्योरेन्स कम्पनी

7.5

0

7.5

प्रिमियर इन्स्योरेन्स कम्पनी

84

0

84

नेको इन्स्योरेन्स कम्पनी

12

0.63

12.63

सगरमाथा इन्स्योरेन्स कम्पनी

86

0

86

आइएमई जनरल

5

0

5

सिद्धार्थ इन्स्योरेन्स

15.48

0

15.48