BIZMANDU
www.bizmandu.com

महेन्द्रनगरमा पनि सुरु भयो एफटीटीएच सेवा, एउटै केवलबाट टेलिफोन र इन्टरनेट प्रयोग गर्न मिल्ने

२०७६ भदौ १९

महेन्द्रनगरमा पनि सुरु भयो एफटीटीएच सेवा, एउटै केवलबाट टेलिफोन र इन्टरनेट प्रयोग गर्न मिल्ने
महेन्द्रनगरमा पनि सुरु भयो एफटीटीएच सेवा, एउटै केवलबाट टेलिफोन र इन्टरनेट प्रयोग गर्न मिल्ने


Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल टेलिकमले महेन्द्रनगरमा फाइबर टु द होम (एफटीटीएच) सेवा सुरु गरेको छ।टेलिकमले एउटै केबलबाट उच्च गुणस्तरको टेलिफोन र द्रुत गतिको इन्टरनेट प्रयोगमा ल्याउन सकिने एफटीटीएच सेवा संचालनमा ल्याएको हो।

क्षेत्रीय निर्देशनालय धनगढीका निर्देशक नामाकर न्यौपानेले एफटीटीएच प्रविधिमार्फत सञ्चालित टेलिफोनबाट कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीलाई फोन गरेर सेवा सुरु गरे।प्रबन्ध निर्देशक अधिकारीले नयाँ प्रविधि शुभारम्भ भएकोमा खुसी व्यक्त गर्दै नयाँ ग्राहकहरुलाई बधाइ दिए।क्षेत्रीय निर्देशक न्यौपानेले एफटीटीएच जडानका लागि आवश्यक सीपीई (कस्टमर प्रिमिसेज इक्विपमेन्ट) वितरण गरे।

हाल महेन्द्रनगरमा जडान गरिएका दुईवटा एफडीसी (फाइबर डिष्ट्रिब्युसन क्याबिनेट)को १ हजार २४ लाइन एफटीटीएच वितरण क्षमता छ।टेलिकमले यो मध्ये ७ सय ६८ लाइन तत्काल वितरण गर्न सकिने जनाएको छ। महेन्द्रनगरको बजार क्षेत्रमा गल्ली नम्बर १ देखि ४ सम्म एफटीटीएच हाल उपलब्ध रहेको र  थप ७ वटा एफडीसी जडान गरी शहरमा विस्तार गर्ने कम्पनीले जनाएको छ।

टेलिकमले एफटीटीएच अन्तर्गत व्यक्तिगत र कर्पोरेट युजर प्याकेज उपलब्ध गराइरहेको छ। योजना अन्तर्गत न्यूनतम एक वर्षका लागि ८ एमबीपीएसको प्याक जम्मा ८ हजार रुपैयाँमा उपलब्ध गराएको छ। हाल एफटीटीएच प्याकेज अन्तर्गत नयाँ लाइन जडान गर्ने ग्राहकले एक थान वाइफाई राउटर (सीपीई) र एक सय मिटर फाइबर निःशुल्क प्राप्त गर्ने कम्पनीले जनाएको छ।