BIZMANDU
www.bizmandu.com

प्रेमसागरको जनभोजनलाई जनता बैंकको दुई लाख सहयोग, साढे सात हजारलाई खाना र खाजा

२०७६ भदौ ४

प्रेमसागरको जनभोजनलाई जनता बैंकको दुई लाख सहयोग, साढे सात हजारलाई खाना र खाजा
प्रेमसागरको जनभोजनलाई जनता बैंकको दुई लाख सहयोग, साढे सात हजारलाई खाना र खाजा


Tata
GBIME
Nepal Life

काठमाडौं। प्रेमसागर फाउण्डेसन नेपालले संचालन गरेको जनभोजनलाई जनता बैंकले सहयोग गरेको छ। बैंकले सस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २ लाख रुपैयाँ सहयोग गरेको हो। 

जनभोजन कार्यक्रमको कार्यालय धादिङमा छ। सहयोग फाउण्डेसनका उपाध्यक्ष डा. प्रेमराज ढुङ्गेललाई हस्तान्तरण गरिएको हो। जनभोजन कार्यक्रमले दैनिक ५ सय बालबालिका र करिब १ सय जना बृद्धबृद्धालाई बिहानको खाना खुवाउँदै आएको छ। 

धदिङ र मकवानपुरका केही विद्यालयका करिब १५०० बालबालिकालाई दिवाखाजाको कार्यक्रम संचालन गर्दै आएको छ। दैनिक करिव ५० हजार रकम बराबरको बिहानी खाना र दिबाखाजाको कर्याक्रम संचालन गर्दै आइरहेको फाउण्डेसनलाई बैंकले ४ दिन बराबरको खाना तथा खाजा सहयोग बापत रकम सहयोग गरेको हो।