BIZMANDU
www.bizmandu.com

डेढ वर्षपछि श्रीलाई अन्तर्राष्ट्रिय उडान अनुमति, उडान भर्न कम्तीमा तीन महिना लाग्ने


Tata
GBIME
Nepal Life

काठमाडौं।निजी वायुसेवा कम्पनी श्री एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको अनुमति पाएको छ। श्री एयरलाइन्सले नयाँ दिल्ली,कोलकोत्ता,अहमदावाद, बेग्लोंर र ढाकाका उडानका लागि अनुमति पाएको हो।

पर्यटन मन्त्रालयले पाँच उडान गन्तब्यका लागि उडान अनुमति दिएको हो।पर्यटनमन्त्री योगेश भट्टराईले श्री एयरलाइन्सलाई अन्तर्राष्ट्रिय उडानका लागि अनुमति दिएको बताएका छन्।नेपाल चेम्बर अफ कमर्शको छलफल कार्यक्रममा उनले अरु आन्तरिक उडान गरिरहेका कम्पनीले समेत आवेदन दिएमा अनुमति दिने बताएका थिए।

कम्पनीले डेढ वर्ष अघि अन्तर्राष्ट्रिय उडानका लागि अनुमति दिएको थियो। डेढ वर्षसम्म प्राविधिक कारण देखाउँदै अनुमति दिइएको थिएन्।तर मन्त्री भट्टराई आउनेवित्तिकै श्रीलाई अन्तर्राष्ट्रिय उडानका लागि बाटो खोलिदिएका हुन्।

मन्त्रालय स्रोतका अनुसार उनले मन्त्रालयमा पेन्डिङ रहेको फाइलका बारेमा कर्मचारीलाई सोधेका थिए।कर्मचारीले श्री एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानका लागि आवेदन हालेको जानकारी गराएपछि फाष्ट ट्रयाकमा अनुमति दिएका हुन्।'पर्यटन क्षेत्रको विकासका लागि स्वदेशी विमान कम्पनीको उडान अनुमति रोकेर राख्नु हुँदैन।त्यसैले तत्कालै श्रीलाई अन्तर्राष्‍ट्रिय अनुमति दिने प्रकृया अगाडि बढाउनुहोस्' मन्त्रालयका एक कर्मचारीले भने,'उहाँ कसैको आग्रह र पूर्वाग्रह भन्दा माथि उठेर समग्र पर्यटन क्षेत्रको विकासमा लाग्ने पक्षमा हुनुहुन्छ।'

श्रीले डेढ वर्षसम्म पनि अन्तर्राष्ट्रिय उडानको अनुमति नपाएपछि चार्टर्ड उडानका लागि प्रकृया अघि बढाएको थियो। आइतबार मात्रै श्रीले चार्टर्ड उडानका लागि वनारसमा परीक्षण उडान गरेको थियो।श्रीका महाप्रवन्धक अनिल मानन्धरले अन्तर्राष्ट्रिय उडानका लागि अनुमति पाएको जानकारी दिँदै उडानका लागि आवश्यक शुल्क बुझाउने प्रकृयामा रहेको बताए।

कहिलेबाट उड्छ विदेश?

श्रीले अन्तर्राष्ट्रिय अनुमति पाएपनि सबै प्रकृया पूरा गरेर उडान भर्न भने तीन महिना लाग्नेछ। श्रीले भारत र ढाका उडानका लागि त्यही देशको नागरिक उड्डयन प्राधिकरणबाट अनुमति पाउनुपर्छ।

यो सबै प्रकृया पूरा गर्न तीन महिना भन्दा बढी लाग्छ।'मन्त्रालयबाट अनुमति पाउनेवित्तिकै भारत र बंगलादेशमा उडानका लागि आवेदन गर्नुपर्छ' महाप्रवन्धक मानन्धरले बिजमाण्डूसँग भने,'त्यहाँबाट अनुमति पाएपछि तत्कालै उडान भर्नेछौं।' अहिले निजी क्षेत्रका वुद्ध, हिमालय एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान गरिरहेका छन्।

सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमले पनि अन्तर्राष्ट्रिय उडान गरिरहेका छन्।निजी क्षेत्रबाट वुद्धले मात्रै भारतमा उडान गरिरहेको छ।वुद्धले कोलकोत्ता र वनारसमा उडान गरिरहेको छ।श्रीको उडानपछि कोलकोत्तामा प्राइसवार हुनेछ।श्रीले जेट इन्जिन भएको बम्वार्डियर ७८ सिट क्षमताको सिआरजे ७०० र ५० सिट क्षमताको सिआरजेमार्फत उडान गर्नेछ।

अहिले यो जहाजमार्फत कम्पनीले आन्तरिक उडान गर्दै आएको छ। यो जहाज आन्तरिक उडान भन्दा भारतका लगायतका क्षेत्रीय उडानका लागि उपयुक्त मानिन्छ।छिटो उड्ने र इन्धन बढी खपत गर्ने भएकाले छोटा दूरीमा जेट इन्जिन भएका जहाज उपयुक्त छैनन्। त्यसैले कम्पनीले छोटो दूरीका लागि टर्बोप्रोब ल्याउँदैछ।