BIZMANDU
www.bizmandu.com

पूँजी बजारका बारेमा अध्ययन गर्न संसदले बनायो समिति, बैंकलाई ब्रोकर लाइसेन्स दुई महिना सर्यो

२०७६ साउन २९

पूँजी बजारका बारेमा अध्ययन गर्न संसदले बनायो समिति, बैंकलाई ब्रोकर लाइसेन्स दुई महिना सर्यो
पूँजी बजारका बारेमा अध्ययन गर्न संसदले बनायो समिति, बैंकलाई ब्रोकर लाइसेन्स दुई महिना सर्यो

Tata
GBIME
Nepal Life

काठमाडौं। पूँजी बजारको बारेमा अध्ययन गर्न संसदले पनि समिति बनाएको छ। संसदको अर्थ समितिले रामकुमारी झाँक्रीको संयोजकत्वमा दुई महिनाभित्र प्रतिवेदन दिने गरी समिति बनाएको हो। 

शेयर बजार लामो समयदेखि बिस्तार हुन नसकी स्थिर प्राय रहिरहेको र मुद्रा बजारमा समेत समय समयमा आरोहअवरोह भइरहेको सन्दर्भमा समिति गठन गरिएको बताइएको छ।

यस क्षेत्रसँग सम्बन्धित समस्या, समस्या सृजना हुनुका कारण, सम्बन्धित निकायबाट भइरहेका कामकारवाही र समाधानका लागि गर्नुपर्ने नीतिगत, संरचनात्मक र ब्यवस्थापकीय लगायतका सुझाबसहितको प्रतिवेदन समितिले दिने छ।

त्यसपछि अर्थसमितिले ब्रोकर लाइसेन्सलगायतका बारेमा आवश्यक निर्णय गर्न छ। अर्थ समितले बुधबार गभर्नर डा. चिरञ्जिबी नेपाल, अर्थ सचिव राजन खनाल, धितोपत्र बोर्ड, स्टक एक्सचेन्जलगायतका अधिकारीहरुसँग छलफल गरेको थियो। 

छलफलपछि आवश्यक निर्णय लिनुअघि अध्ययन गर्ने पक्षमा अर्थ समिति देखिएको हो। अर्थ समितिले निजीकरण समितिमा सत्य पहाडी र जयकुमार राईलाई मनोनितसमेत गरेको छ।