BIZMANDU
www.bizmandu.com

बाग्मती जलविद्युत दुई महिनादेखि बन्द, १५ करोड आम्दानी गुम्यो, क्षतिपूर्तिका लागि निवेदन

२०७६ साउन २८

बाग्मती जलविद्युत दुई महिनादेखि बन्द, १५ करोड आम्दानी गुम्यो, क्षतिपूर्तिका लागि निवेदन
बाग्मती जलविद्युत दुई महिनादेखि बन्द, १५ करोड आम्दानी गुम्यो, क्षतिपूर्तिका लागि निवेदन

Tata
GBIME
Nepal Life

काठमाडौं। सबै जलविद्युत आयोजना पूर्ण क्षमतामा चलिरहेका बेला बाग्मती जलविद्युत आयोजना भने दुई महिनादेखि बन्द भएको छ।

गत चैत्र १९ गतेदेखि व्यवसायिक रुपमा संचालनमा आएको यो आयोजना वर्षा सुरु हुनु अघिनै बन्द भएको हो। नेपाली सेनाले फाष्ट ट्रयाक निर्माण गर्दा ढुंगा र माटो खसेका कारण आयोजना बन्द भएको हो।कम्पनीले आफ्नो आयोजनामा क्षति पुर्याएको भन्दै क्षतिपूर्तिका लागि विद्युत विकास विभागमा निवेदन दिएको छ।

'नेपाली सेनाले निर्माण गरिरहेको फास्टट्र्याकको ट्र्याक खोल्ने क्रममा खसेको ढुङ्गा, माटो र बालुवाका कारण आयोजनामा क्षति पुगेको आयोजनाले दावी गरेको छ।' विद्युत विकास विभागका महानिर्देशक मधुप्रसाद भेटवालले बिजमाण्डूलाई भने, 'पिपिए गर्दा के कस्तो अवस्थामा क्षतिपूर्ति पाउने भन्ने प्रावधनहरु राखिएको हुन्छ। प्रावधानभित्र परेपछि मात्रै क्षतिपूर्ति पाउलान।'

पिपिएका प्रावधानहरुमा प्राकृतिक प्रकोपका कारण काबु बाहिरको अवस्था आएर आयोजना बन्द भएमा मात्रै क्षतिपूर्तिको माग दावी गर्न सकिन्छ। नेपाल विद्युत प्राधिकरण विद्युत व्यापार विभागका निर्देशक प्रवल अधिकारीले भने, 'आयोजना बन्द हुनुको कारण प्राकृतिक प्रकोप देखिदैन।'

वर्षा सुरु हुनु अघिनै आयोजना बन्द भएकोले प्राकृतिक प्रकोपका कारण आयोजनामा अवरोध आएको मान्न नसकिने अधिकारी बताउँछन्।   सेनाले फास्ट ट्र्याक खोल्दा ढुङ्गा बालुवा र माटो बाग्मती नदीमा खस्छ। आयोजनाको डिसेन्डर (बालुवा छान्ने मेशिन)ले धान्न नसकेपछि गत जेठमै आयोजना बन्द गरेको थियो। त्यसपछि निरन्तर बाढि आएका कारण पनि आयोजना सञ्चालनमा हुन नसकेको हो।

बाग्मती पानी भन्दा धेरै ढल बगिरहेको हुन्छ। प्लास्टिक पनि धेरै हुने भएकाले आयोजना बनाउँदानै सचेत हुनुपर्ने बताउँदै  ढल र प्लास्टिकले डिसेन्डर भरिएमा राज्यले जिम्मेवारी लिन नसक्ने बताए।

आयोजना गत जेठ अन्तिम सातादेखिनै बन्द छ। पूर्ण क्षमतामा विद्युत उत्पादन हुने वर्षायाममा आयोजना बन्द भएपछि ठूलो आर्थिक भार परेको भन्दै आयोजनाले क्षतिपूर्ति दावी गरेको हो। २२ मेगावाटको आयोजना दुई महिना बन्द हुँदा १५ करोड रुपैयाँ भन्दा बढी नोक्सान भइसकेको छ।