BIZMANDU
www.bizmandu.com

हाइड्रो इलेक्ट्रिसिटी कम्पनी: १४ अर्ब बैंकमा निक्षेप राखेर बोनश, जलविद्युतमा २ अर्ब लगानी

२०७६ साउन २६

हाइड्रो इलेक्ट्रिसिटी कम्पनी: १४ अर्ब बैंकमा निक्षेप राखेर बोनश, जलविद्युतमा २ अर्ब लगानी
हाइड्रो इलेक्ट्रिसिटी कम्पनी: १४ अर्ब बैंकमा निक्षेप राखेर बोनश, जलविद्युतमा २ अर्ब लगानी

Tata
GBIME
Nepal Life

काठमाडौं। जलविद्युत कम्पनीमा लगानी गर्ने उदेश्यसहित स्थापना भएको हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले बैंक निक्षेप थप ५८.१७ प्रतिशतले बढाएको छ।

जलविद्युत क्षेत्रमा कम्पनीले जम्मा दुई अर्ब २२ करोड रुपैयाँ मात्रै लगानी गरेको छ।यो लगानी अघिल्लो वर्षको भन्दा ७० प्रतिशतले सुधार भएको हो। निर्माण सुरु नभएका आयोजनालाई सुरुमै प्रतिवद्धता दिँदा कम्पनीको लगानी बैंकको निक्षेपमा जम्मा भएर बसेको छ। कम्पनीको बैंकमा १४ अर्ब ६० करोड रुपैयाँ निक्षेप छ।गतवर्ष पूँजीको रुपमा ५ अर्ब रुपैयाँ थप गरिदिए सँगै कम्पनीको बैंक निक्षेप ५८ प्रतिशतले बढेको हो।

आयोजना निर्माणको अवधि कम्तिमा पनि ५/७ वर्ष लाग्दा कम्पनीको ठूलो रकम बैंक निक्षेपमा रहेको हो। वित्तीय व्यवस्थापन गर्न नसक्दा कतिपय आयोजनाले पैसा पाएका छैनन् भने कतिपयले ठूलो रकम फ्रिज गरेर राखिरहेको छ।

आयोजनाको ७० प्रतिशत भन्दा धेरै रकम हाइड्रो मेकानिकलको निर्माण चरणमा खर्च हुन्छ। यो खर्च आयोजनाको ६० प्रतिशत काम सकिएपछि मात्रै ठूलो रकमको आवश्यक पर्छ। तर कम्पनीले पुरै आयोजनालाई एकै पटक पैसा विनियोजन गर्दा कम्पनीको वित्तीय व्यवस्थापन सबैभन्दा कमजोर भएको प्रमाणित हुन्छ।

कम्पनीले शेयरमा ३४ करोड ९० लाख रुपैयाँ लगानी गरेको छ। अघिल्लो वर्ष यस्तो क्षेत्रमा २१ करोड २२ लाख रुपैयाँ लगानी गरेको थियो। त्यस्तै ८ करोड रुपैयाँ मुद्दती निक्षेपमा जम्मा गरेर राखेको छ। अधिकांश पैसा बैंकमा जम्मा गरेर राख्दा बैंक व्याज मात्रै एक अर्ब ७३ करोड रुपैयाँ आर्जन गरेको छ। बैंक व्याजको मुख्य आम्दानीबाटै बोनस दिदै आएको छ।

हाल चुक्ता पूँजी ११ करोड रुपैयाँ छ भने सरकारले अग्रिम रुपमा ५ करोड ५० लाख रुपैयाँ पूँजीको लागि दिएको छ। कम्पनीले सर्वसाधारणबाट शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रकृयामा छ। जगेडा कोषमा एक अर्ब ४० करोड रुपैयाँ जम्मा गरेर राखेको छ। प्रतिशेयर आम्दानी १० रुपैयाँ छ भने प्राइस अर्निङ रेसियो १५ रुपैयाँ छ।