BIZMANDU
www.bizmandu.com

कोकाकोलाको तीन अर्बको नयाँ प्लान्टबाट उत्पादन सुरु, २५० एमएलको जिग्री प्याक ६ महिना सुरक्षित

२०७६ साउन २६

कोकाकोलाको तीन अर्बको नयाँ प्लान्टबाट उत्पादन सुरु, २५० एमएलको जिग्री प्याक ६ महिना सुरक्षित
कोकाकोलाको तीन अर्बको नयाँ प्लान्टबाट उत्पादन सुरु, २५० एमएलको जिग्री प्याक ६ महिना सुरक्षित

Tata
GBIME
Nepal Life

काठमाडौं।बोटलर्स नेपालले तीन अर्ब लगानी थपेर स्थापना गरेको नयाँ प्लान्टबाट उत्पादन थालेको छ। भरतपुरमा रहेको बोटलर्स नेपाल तराईमा स्थापना गरिएको नविनतम प्रविधिको प्लान्टबाट २५० एमएलको बोक्नलाई सजिलो हुने प्याक बजारमा ल्याएको छ।

कम्पनीले युवापुस्ता लक्षित भएकोले यो प्याकको नामनै जिग्री दिएको छ।यो प्याकको शुक्रबार बजार शुभारम्भ गर्यो।‘जिग्री प्याक उपभोक्तामैत्रीसँगै वातावरण मैत्री पनि छ, यो अल्ट्रा लाइट बोतल हो र अन्य पीईटी बोतलजस्तै यो रिसाइकल पनि हुन्छ।  यसको आयु ६ महिना रहन्छ,' कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

नेपालमा जिग्री प्याक सार्वजनिक कार्यक्रममा नेपालका लागि कोका–कोलाका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले भने, 'हामी ग्राहकहरुका लागि कोका–कोला, स्प्राईट र फान्टाको उपयुक्त प्याक ल्याउन पाउँदा अत्यन्तै खुसी छौँ। जिग्री प्याकले नवीनतम प्रविधि मार्फत एकसाथ ग्लास बोतल र पीईटी बोतलको लाभ एउटै प्याकमा प्रदान गर्छ। ग्राहकहरुले हाम्रो ब्राण्डप्रति देखाएको मायाका लागि म आभार प्रकट गर्न चाहान्छु र मलाई विश्वास छ कि ग्राहकहरुले जिग्री प्याकलाई पनि उत्तिकै मन पराउनु हुनेछ ।'

बोटलर्स नेपाल लिमिटेडका म्यानेजिङ डिरेक्टर प्रदीप पाण्डेले नविनतम प्रोडक्ट लाइनमा कोकका उत्पादन गर्न पाउँदा खुशी लागेको बताए।

बोटलर्सको भरतपुरको प्लान्ट कस्तो हो?
कम्पनीले यस्तो प्लान्ट लगाएको विश्वकै तेस्रो देश नेपाल भएको दाबी गरेको छ।

अहिले प्रयोगमा रहेको पेट बोटलमा पेय पदार्थको उपभोग्य अवधी जम्मा ७५ दिन रहेकोमा नयाँ प्रविधिको बोटलिङले ६ महिनासम्म सुरक्षित राख्न सकिने प्राविधिकले जानकारी दिएका छन्।बोटलको बाहिरी सतह प्लाष्टिक र भित्री सतह शिशा (सिलिकन अक्साइड)को प्रयोग गरेर बनाइएको हुन्छ। बियर, मदिरा, जुस,चिसो पेय, पानीको बोटलिङको लागि विश्वमै सर्वाधिक लोकप्रिय कम्पनी केएचएस जर्मनीसँगको सहकार्यमा कोकाकोलाले हलुका तौल र टिकाउपन भएको पेट बोतल‌ विकसित गरेको हो।

यो बोटलको भित्री तह (इनर लेयर) सिलिकन अक्साइडबाट बनाइएको हुन्छ। सिलिकनबाट बनाइएकोले प्लाष्टिकको बोटलको तुलनामा हलुका र बढी पारदर्शी समेत छ। सिलिकनले बोटलभित्र रहेको पेय पदार्थलाई बाहिरी वातावरणबाट सामान्य बोटलको तुलनामा लामो समयसम्म सुरक्षित पनि राख्ने केएचएसको वेभसाइटमा उल्लेख छ। यो बोटललाई पुनर्प्रयोग (रिसाइक्लिङ) गर्न सकिन्छ।

यो कम्पनीले उत्पादन क्षमता बिस्तार गर्न चितवनको भरतपुरस्थित‌‌‌‌‌ उद्योगमा प्रतिमिनेट ७६६ बोतल उत्पादन क्षमताको 'बोइङ ७६६'  प्लान्ट जडान गरेको हो।बोटलर्स तराईसँग अहिले तीन सय बोतल प्रति मिनेट उत्पादन क्षमताको प्लान्ट थियो।