BIZMANDU
www.bizmandu.com

बमबहादुर मिश्र राष्ट्र बैंकको कार्यकारी निर्देशकमा बढुवा, बाणिज्य बैंकमा पनि काम गरेको अनुभव

२०७६ साउन २३

बमबहादुर मिश्र राष्ट्र बैंकको कार्यकारी निर्देशकमा बढुवा, बाणिज्य बैंकमा पनि काम गरेको अनुभव
बमबहादुर मिश्र राष्ट्र बैंकको कार्यकारी निर्देशकमा बढुवा, बाणिज्य बैंकमा पनि काम गरेको अनुभव


काठमाडौं। नेपाल राष्ट्र बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले बमबहादुर मिश्रलाई कार्यकारी निर्देशकमा बढुवा गरेको छ। नियमन विभागको नेतृत्व गरिरहेका उनी केही दिनअघि मात्रै भुक्तानी तथा फर्छ्र्यौट विभागमा सरुवा भएका छन्।

Tata
GBIME
Nepal Life

केन्द्रीय बैंकमा आउनुअघि उनी बाणिज्य बैंकहरुमा कार्यरत थिए। उनले बाणिज्य बैंकहरुमा करिव ८ बर्ष काम गरेका छन्। सन् १९९५ देखि २००३ सम्म उनले काम गरेका थिए।

त्यसपछि उनी केन्द्रीय बैंक प्रवेश गरेका थिए। उनले बिएस्सी, एमबिए, एलएलबीका साथै टोकियोबाट आर्थिक नीतिमा एमफिल गरेका छन्।

विदेशी बिनिमय तथा ट्रेड फाइनान्समा उनको विशेष दक्षता छ। यसका अलावा नियमन तथा सुपरिवेक्षणमा पनि उनको दक्षता रहेको छ।