BIZMANDU
www.bizmandu.com

सुन धितो ऋणमा बढ्दै सञ्चालन जोखिम, कसरी न्यूनीकरण गर्ने?, बिएन घर्तिको लेख

२०७६ साउन २३

सुन धितो ऋणमा बढ्दै सञ्चालन जोखिम, कसरी न्यूनीकरण गर्ने?, बिएन घर्तिको लेख
सुन धितो ऋणमा बढ्दै सञ्चालन जोखिम, कसरी न्यूनीकरण गर्ने?, बिएन घर्तिको लेख

Tata
GBIME
Nepal Life

अब सुनलाई बैंकमा नगद जस्तै निक्षेपको रुपमा राख्न पाइने दिन नजिक आउँदैछ। आर्थिक बर्ष ०७६/७७ को बजेटमा उक्त कुरा उल्लेख भइसकेको छ। र, मौद्रिक नीति पनि त्यसरी नै आइसकेको छ। 

सुनलाई निक्षेपकारुपमा स्वीकार गर्ने सम्बन्धमा नेपाल राष्ट्र बैंकले निर्देशिका जारी गर्न बाँकी छ। त्यसैले, यस्को कार्यबिधि कस्तो होला भनेर धेरैले उत्सुक्ताका साथ नेपाल राष्ट्र बैंकको निर्देशन पर्खिरहेका छन्। 

सबैलाई थाहै छ, बैंकहरुले सुन धितो राखेर कर्जा प्रवाह गर्ने गर्दछन्। बैंक तथा वित्तीय संस्थाहरुले करिव ३८ अर्ब रुपैंयाँ कर्जा सुनचाँदी धितो लिएर प्रवाह गरिसकेका छन्। यस्तो कर्जामा बाणिज्य बैंकहरुको मार्केट शेयर करिव ८३ प्रतिशत छ। २०७६ साल जेठ मसान्तसम्मको तल उल्लेखित तथ्यांकले त्यस्तै देखाउँदछः 

जङ्गलमा पहिरो गयो भने काँडा मात्र बगाउँदैन। औषधिजन्य जडिबुटी पनि बगाँउछ। पूजा गरिने बर, पिपल र स्वामीलाई पनि बगाउन सक्छ। घटना घट्यो भने कसुर गर्नेसँगै निर्दोष पनि तानिन सक्छ।

कुल कर्जामा सुन धितो राखि दिएको कर्जा करिव डेढ प्रतिशत मात्रै देखिन्छ। तर, ३८ अर्ब रुपैंयाँ सानो रकम पनि होइन। सुन धितोमा दिइने कर्जामा कर्जा जोखिम मात्र होइन सञ्चालन जोखिम पनि हुन्छ। त्यस्तैगरी, बैंकको प्रतिष्ठा सम्बन्धी जोखिम पनि निहित रहेको हुन्छ। 

भनिरहनु पर्दैन, कर्जामा सञ्चालन जोखिम पनि अत्याधिक रहेको हुन्छ। नभन्दै सुन कर्जासँग सम्बन्धित अनेकौं घटना बैंकिङ् उद्योगमा घटेका छन्। सतहमा हेर्दा कर्जा जोखिम भन्ने लाग्दछ। तर, यी सञ्चालन जोखिमका घटना हुन्। 

“व्यासल कमिटी अन् बैंकिङ् सुपरिभिजन” ले आन्तरिक तथा बाह्य ठगीका कारण घट्ने घटनालाई सञ्चालन जोखिम भनेर परिभाषित गरेको छ। 

त्यस्तैगरी नीति तथा कार्यबिधि नहुनु वा भए पनि पर्याप्त नहुनु वा समयसापेक्ष नबनाइनुलाई पनि सञ्चालन जोखिमकोरुपमा लिइन्छ। नीति तथा कार्यबिधि भएर पनि प्रभावकारीरुपमा कार्यान्वयन नहुनु पनि सञ्चालन जोखिम अन्तर्गत नै पर्दछ।   

त्यसैले, यस लेखमा सुन निक्षेपका सम्बन्धमा होइन, सुन धितो राखेर प्रवाह हुँदै आएको कर्जामा रहेको सञ्चालन जोखिम केलाउने प्रयास गरिएको छ। अहिले प्रचलनमा रहेको सुन कर्जा प्रडक्टमा रहेको जोखिमका बारेमा यहाँ छलफल गर्ने प्रयास गरिएको छ। 

भविष्यमा बजारमा ल्याइने निक्षेप सम्बन्धी प्रडक्टमा हुन सक्ने जोखिमका बारेमा त पछि पनि छलफल गर्न सकिन्छ नै। त्यस सम्बन्धमा विश्लेषण गर्नुपर्ने महशूष भएमा पछि अवस्य छलफल गरिनेछ।

सुन धितो राखि दिइने कर्जा कुनै नौलो होइन। बर्षौदेखि बैंक तथा बित्तीय संस्थाहरुले प्रवाह गर्दै आएको कर्जा हो। प्रडक्ट नयाँ नभए पनि यससँग सम्बन्धित सञ्चालन जोखिम व्यस्थापन गर्ने कार्य भने झन् भन्दा झन् कठिन बन्दै गइरहेको छ। 

एउटा बैंकमा होइन, धेरै बैंक तथा बित्तीय संस्थामा सुन कर्जासँग सम्बन्धित अनेकौं घटना घटेका छन्। यस्ता घटना कम हुंदै जानु पर्नेमा झन् बढ्दै गइरहेको छ। त्यसैले सुन कर्जामा निहित जोखिम व्यवस्थापन गर्ने कार्य झन् कठिन्, पेचिलो र चुनौंतिपूर्ण बन्दै गइरहेको छ। 

बैंकिङ क्षेत्रमा सुन धितो राखि प्रवाह गरिने कर्जामा कस्ता किसिमका घटना घटिरहेका होलान् भन्ने चासो धेरै व्यक्तिहरुमा हुनु स्वभाविकै हो। 

त्यस्ता घटनाहरुका बारेमा थाहा पाइएमा जोखिम व्यवस्थापन रणनीति प्रोएक्टिभ तरिकाले बनाउन बैंकहरुलाई सहज हुन्छ। त्यसैले यहां एउटा बाणिज्य बैंकमा घटेका ४ वटा घटनाहरुलाई उदाहरण स्वरुप प्रस्तुत गरिएको छः 

घटना नं. १: 
ललितपुरमा रहेको एउटा शाखामा कार्यरत सुन जाँच्ने कर्मचारी (गोल्ड टेष्टर) ले ग्राहकले धितो राखेका सुन चलाउने गर्दा रहेछन्। ग्राहकले कर्जा तिरेर धितो राखेको सुन फिर्ता लिन आउँदा ती गोल्ड टेष्टरले ग्राहकसँग सुन फिर्ता दिन केहि समय माग्दा रहेछन्। 

त्यसपछि ती गोल्ड टेष्टरले यताउता गरेर त्यस्तै किसिमका गहना बनाएर ग्राहकलाई फिर्ता दिने गर्दा रहेछन्। ती मध्येका केहि ग्राहकलाई फिर्ता दिइएका गहना आफुले राखेका होइनन् कि भन्ने शंका लागेछ। 

त्यसपछि ती ग्राहकले प्रधान कार्यालयमा आफ्नो शंका व्यक्त गरेछन्। प्रधान कार्यालयले अध्ययन गर्दा करिव २ करोड रुपैंयाँ जतिको सुन ती गोल्ड टेस्टरले रकम चलाएको बैंकले थाहा पायो। 

थाहा पाइए अनुसार, बैंकले गोल्ड टेस्टरलाई उक्त रकम तिरायो। र, जागिरबाट निकाल्यो। शाखा प्रबन्धकलाई यस सम्बन्धमा थाहा नै रहेनछ। उनले राम्रोसँग जिम्मेवारी बहन नगरेको ठहराइयो। ती शाखा प्रबन्धक राजिनामा दिन बाध्य भए। 

घटना नं. २: 
ललितपुरमै रहेको अर्को शाखामा पनि त्यस्तै प्रकृतिको घटना घट्यो। त्यहाँ झण्डै ४ करोड रुपैयाँ जतिको सुन चलाइएको रहेछ। यस सम्बन्धमा शाखा प्रबन्धकलाई थाहा रहेछ। यसमा शाखा प्रबन्धक पनि मिलेको भन्ने निश्कर्षमा बैंक पुग्यो। बैंकले पैसा तिरायो। र, दुबै जनालाई सेवाबाट बर्खास्त गर्यो। 

घटना नं. ३: 
यो काठमाडौंको अति व्यस्त बजारमा अवस्थित एउटा शाखामा घटेको घटना हो। सुन धितो राखेर कर्जा लिएका ग्राहक आफुले धितोमा राखेको सुन एक दिनका लागि फिर्ता दिन अनुरोध गर्दै गोल्ड टेस्टरकहाँ पुगे। अर्को बैंकबाट पनि सुन कर्जा लिएको कुरा पनि ती ग्राहकले  गोल्ड टेस्टरलाई बताए। त्यस बैंकमा लेखा परिक्षण गर्दा सुन नपुगेकाले तुरुन्तै जम्मा गर्नुपर्ने अबस्था आएको व्यहोरा दुःखित हुँदै ती ग्राहकले सुनाए।

शुरुमा गोल्ड टेस्टरले सुन फिर्ता दिन नसकिने कुरा उल्लेख गरे। तर, ग्राहकले अनुरोध गर्न छाडेनन्। गोल्ड टेस्टरको मन पग्लियो। र, ग्राहकलाई करिव ९० लाख रुपैंयाँको सुन भोलि पल्ट नै फिर्ता दिने शर्तमा दिएर पठाए। 

तर, ग्राहक फर्किर आएनन्। सुन फिर्ता दिँदा पनि अधिकार प्राप्त अधिकारीसँगबाट स्वीकृति लिइएको थिएन। घटनाका सम्बन्धमा पनि व्यवस्थापनलाई जानकारी गराइएको थिइएन। यति कमजोर सञ्चालन जोखिम व्यवस्थापन प्रणाली भएपछि घटना घट्नुलाई अस्वाभिवक मान्नु पर्ने भएन।

घटना विवरण प्रकाशमा आए अनुसार यसरी अपुग हुन गएको सुन परिपूर्तिका लागि नक्कली गहना बनाएर ती गोल्ड टेष्टरले राखेछन्। ग्राहक सम्पर्कमा नआएकाले उक्त कर्जाको व्याज चुक्ता गर्न नक्कली कर्जा खडा गर्दै गएछन् ती गोल्ड टेष्टरले। 

उक्त शुरुको कर्जा र नक्कलीरुपमा खडा गरिएको कर्जा समेतको व्याज भुक्तानीका लागि थप नक्कली कर्जा खडा गर्दै पनि गएछन्। ती गोल्ड टेष्टरले एउटा घटना छोप्नका लागि थप गल्ती गर्दै गएछन्। 

करिव साढे २ बर्षको अबधिमा सुन चलाइएको रकम करिव २ करोड २८ लाख रुपैंयाँ पुगिसकेछ। शाखा प्रबन्धकले छड्के जाँच गर्दा उक्त घटना पत्ता लगाएछन्। दुर्भाग्यबस, गोल्ड टेष्टरलाई मात्र होइन, ती शाखा प्रबन्धकलाई पनि बैंकिङ् कसुर मुद्दा लागेछ। मुद्दा अहिले अदालतमा बिचाराधिन रहेको बुझिएको छ।   

घटना नं. ४: 
यो घटना बाँके जिल्लामा रहेको शाखामा घटेको हो। घटनाका सम्बन्धमा थाहा पाइए अनुसार गोल्ड टेष्टर, उनका पति र ग्राहक मिलेर नक्कली गहना धितो राखेर कर्जा प्रवाह गरी रकम चलाउने गर्दा रहेछन्। त्यसरी निकालिएको रकम घरजग्गामा लगानी गर्दा रहेछन्। 

घरजग्गामा आएको मन्दीले गर्दा सुन कर्जाको व्याज तिर्न पनि नसक्ने अवस्थामा तिनीहरु पुगेछन्। बल्ल घटनाका सम्बन्धमा शाखा प्रबन्धकले थाहा पाएछन्। र, उच्च व्यवस्थापनलाई खबर पनि गरेछन्। करिव ८/१० करोड जति रकम जतिको सुन यताउता गरेका रहेछन्। शाखा प्रबन्धकले पछि थाहा पाएछन्। कर्जा रकम आंशिकरुपमा तिराएर करिव ३ करोड २५ लाख रुपैयाँमा कर्जालाई झार्न सकेछन्। 
 
उक्त घटनामा बैंकिङ् कसुर मुद्दा चल्यो। शाखा प्रबन्धक सहित सम्बन्ध प्रबन्धकलाई पनि मुद्दा लाग्यो। अहिले यो मुद्दा अदालतमा बिचाराधिन भएको सुनिएको छ। 

माथि उल्लेख गरिएका घटनाहरु पत्रपत्रिकामा पनि प्रकाशित भइसकेका  छन्। त्यसैका आधारमा टिपोट गरिएकाले तथ्यगतरुपमा केहि भिन्नता पनि हुन सक्छन्। सुन कर्जामा रहेका जोखिम केलाउने उद्देश्यले मात्र यी घटना यहाँ उल्लेख गरिएको हो। यी विवरणले जोखिम व्यवस्थापनमा ध्यान पुर्याउनु पर्ने कार्यमा सहयोग पुग्नेछ भन्ने अपेक्षा गरिएको छ। 

जङ्गलमा पहिरो गयो भने कांढा मात्र बगाउँदैन। औषधिजन्य जडिबुटी पनि बगाउँछ। पूजा गरिने बर, पिपल र स्वामीलाई पनि बगाउन सक्छ। घटना घट्यो भने कसुर गर्नेसँगै निर्दोष पनि तानिन सक्छ। त्यसैले प्रत्येक कार्य गर्दा पूर्ण सजगता अपाउनु पर्दछ। 

जागिर पनि पूर्वमा होइन। व्यवसाय पनि यता तिर छैन। भक्तपुरको मान्छे गहना राखेर पूर्वमा कर्जा लिन किन आयो? अहँ बैंकहरुले त्यो कोणबाट सोच्दै सोचेनन्। सुनले कर्जालाई सुरक्षित गरेको छ भन्नेमा मात्रै ध्यान केन्द्रित भयो। राम्रोसँग ग्राहक पहिचान गर्ने कार्य भएन। त्यसैले गर्दा एउटा होइन धेरै बैंकमा घटना घट्यो। 

किन घटिरहेका छन् सुन कर्जाका घटना? 
हामीकहाँ सञ्चालन जोखिमसँग सम्बन्धित घटना त्यति प्रकाशमा आउँदैनन्। नेपाली बैंकिङ् उद्योगमा सञ्चालन जोखिमसँग सम्बन्धित घटनाहरुलाई अभिलेख गर्ने कुनै संस्था स्थापना भइ सकेको छैन। 

त्यस्ता संस्था स्थापना गर्नका लागि नीतिगत व्यवस्था हुनु पर्दछ। तर, यस सम्बन्धमा नेपाल राष्ट्र बैंकले कदम चालिसकेको छैन। त्यसैले, समाचारमा आएका घटना मात्रै थाहा पाइन्छ। र, त्यसैका आधारमा मात्र बैंकहरुले जोखिम व्यवस्थापनका रणनीति बनाउनुपर्ने बाध्यता छ। 

जोखिम व्यवस्थापनका लागि परामर्श प्रदान गर्ने बिज्ञहरुलाई पनि समाचारमा आएका घटनामा भर पर्नु पर्ने बाध्यता छ। बरु बिदेशतिर यस्ता घटनाका कतिपय विवरण निःशुल्क पाइन्छ। कुनै त्यस्ता विवरण राख्ने संस्थासँग खरिद गरेर लिन सकिन्छ। जोखिम व्यवस्थापनका लागि आवश्यक कार्य योजना बनाउन त्यस्ता घटना विवरण सहयोगी हुन्छन्।

सुन धितो लिई प्रवाह गरिने कर्जासँग सम्बन्धित प्रकाशमा आएका घटनालाई बिश्लेषण गर्दा बैंकहरुले ध्यान दिनुपर्ने धेरै क्षेत्रमा चुकेको देखिन्छ। त्यस्ता केहि क्षेत्रहरु/बिषयका सम्बन्धमा यहां चर्चा गर्न खोजिएको छः

गोल्ड टेष्टरमा अत्याधिक निर्भरता  
सुन कर्जा प्रवाहका लागि बैंकहरु गोल्ड टेस्टरमा पूर्णतया निर्भर हुने गरेका देखिन्छ। बैंकहरुले पाएसम्म गोल्ड टेस्टर भर्ना गर्दा अरु बैंकबाट गोल्ड टेष्टर पदबाट अवकाश लिएका अनुभबी कर्मचारी खोज्छन्। 

बैंकमै काम गरेको अनुभवी व्यक्ति नपाएमा सुन पसलमा काम गरेका व्यक्ति रोज्न पुग्दछन्। जोखिम व्यवस्थापन गर्ने बाटो बिराउन शुरु यहांबाट हुन्छ। 

गोल्ड टेष्टरको सुन पसलमा काम गरेको अनुभवलाई आधार बनाएर भर्ना गरिन्छ। यहाँसम्म पनि ठीकै छ भन्ने मानौं। तर, मार्केटिङ्को जिम्मेवारी पनि त्यही गोल्ड टेष्टरलाई दिइन्छ। सुनको गुणस्तर जाँच्ने प्राविधिकलाई सुनकर्जा बेच्ने जिम्मेवारी सुम्पिइन्छ। बैंकहरुले यहाँनिर कर्जा बिक्री रणनीति परिवर्तन गर्नै पर्ने हुन्छ। होइन भने जोखिम त बढ्दै जान्छ।

त्यति मात्र होइन, व्यवसाय बढाउन उत्प्रेरित गर्ने उद्देश्यले गोल्ड टेष्टरलाई व्याज आम्दानीमा निश्चित प्रतिशतका दरले इन्सेन्टिभ् पनि दिइन्छ। 

मानौं कुनै बैंकले एक बर्ष भरिमा  औषतरुपमा २५ करोड रुपैंयाँ सुन कर्जा प्रवाह गरेछ। बार्षिक व्याजदर १३ प्रतिशत रहेछ। यस अबस्थामा उक्त बैंकले एक बर्षमा ३ करोड २५ लाख रुपैँया व्याज कमाउँछ। 

मनौं उक्त बैंकले व्याज आम्दानीमा १ प्रतिशत इन्सेन्टिभ दिने गरी गोल्ड टेष्टरसँग सम्झौंता गरेको रहेछ। यस अबस्थामा गोल्ड टेष्टरले ३ लाख २५ हजार रुपैँया बराबरको इन्सेन्टिभ पाउँछ। यसरी आकर्षक आम्दानी हुने भएकाले गोल्ड टेष्टरको सेवालाई आकर्षक पनि मानिन्छ। 

सुन कर्जाको मार्केटिङ् गर्ने त्यही गोल्ड टेष्टर। सुन जाँच्ने पनि उही कर्मचारी। तमसुक लगायतका कागजात तयार पार्ने र ग्राहकसँग कागजात गराउने पनि त्यहि कर्मचारी। सुन ढुकुटीमा राख्ने पनि एउटै कर्मचारी। यहाँ त कहिं पनि जोखिम न्युनीकरण गर्ने औजार नै प्रयोग गरिएको देखिँदैन। यस्तोमा जोखिम बढ्नु स्वभाविक नै भयो। 

कर्जाको सीमा “कोर बैंकिङ् सफ्टवेयर” (सिबिएस) मा प्रविष्टि गर्ने कर्मचारी त बेग्लै हुन्छन्। तैपनि नियन्त्रण राम्रोसँग हुन नसकेको त माथि उल्लेख गरिएका घटनाले पनि बताउँछन्।

धेरै इमान्दार गोल्ड टेष्टरहरु नेपाली बैंकिङ् उद्योगमा छन्। त्यस्ता कर्मचारी काम गरेका बैंकमा त्यस्तै किसिमका घटना घटेका छैनन्। सुन कर्जासँग सम्बन्धित घटनाहरु केलाउँदा सुनको गुणस्तर पत्ता लगाउन नसकेर घटेको जस्तो लाग्दैन। 

खराब नियतले काम गरेकाले त्यस्ता घटना घटेको प्रतित हुन्छ। त्यहाँ गोल्ड टेष्टरहरुको मात्रै कमजोरी छ कि अरुको पनि संलग्नता छ त्यो थाहा लाग्ला नै। मुख्य कुरा बैंकको जोखिम व्यवस्थापन प्रणालीमा पनि कमजोरी रहेको प्रष्टै देखिन्छ। “चेक एण्ड व्यालेन्स” को व्यवस्था हुनु पर्ने हो। व्यवस्था पनि होला। तर, प्रभावकारी कार्यान्वयन नभएको ती घटनाले प्रष्ट संकेत गर्दछन्। 
 
अनुभवी बैंकमा काम गरेका कर्मचारी नपाइएमा अन्य जस्तै नयाँ कर्मचारी भर्ना गर्न सकिन्थ्यो। र, ती कर्मचारीहरुलाई लामो समयको सैद्धान्तिक र व्यवहारिक तालिम दिन सकिन्थ्यो। तिनीहरुलाई बैंकिङ् सम्बन्धी अन्य बिषयमा जानकारी दिन सकिन्थ्यो। 

सुन कर्जामा निहित जोखिम र त्यस्ले पार्न सक्ने जोखिमका बारेमा बताउन सकिन्थ्यो। ग्राहकले पार्न सक्ने प्रभावबाट जोगिन पर्दछ भनेर सम्झाउन सकिन्थ्यो। र, गलत नियतका साथ काम गरेमा हुन सक्ने कानुनी सजायका बारेमा पनि बुझाउन सकिन्थ्यो। तर, यसतर्फ सोचिएको देखिँदैन। सायद यी सबै कुरा थाहा भएको गोल्ड टेष्टरले त्यस्ता गलत कार्य गर्दैन थिए कि!

अझ शाखा प्रबन्धक, सञ्चालन प्रबन्धक र अन्य कर्मचारीहरुलाई सुन धितो राखि दिइने कर्जाका बारेमा पर्याप्त मात्रामा बुझाइएको पनि देखिँदैन। 

कसैले गलत कार्य गरिरहेको छ भन्ने लागेमा “स्पिक अप” गर्नु पर्दछ भनेर कर्मचारीहरुलाई बुझाउने कार्य पनि यथेष्टरुपमा हुन बाँकी नै रहेको देखिन्छ। त्यसैले सुन कर्जा सम्बन्धमा सबै कुरा गोल्ड टेष्टरले नै गर्ने हो भन्ने भ्रम अन्य कर्मचारीहरुलाई परेको छ। जोखिमका बारेमा पर्याप्त जानकारी भएको भए बेलैमा सबै सम्बद्ध कर्मचारीले सर्तकता अपनाउँथे कि! वा कुनै गलत नियतका साथ कार्य भइरहेको छ भन्ने गन्ध आएमा समय मै प्रधान कार्यालयमा जानकारी गराउँथे कि!  

“व्यासल कमिटी अन बैंकिङ् सुपरिभिजन” ले मानब शंसाधन अभ्यासका कारण पनि सञ्चालन जोखिम सृजित हुन्छ भनेर व्याख्या गरेको छ। त्यसैले गोल्ड टेष्टरलाई सुन कर्जा मार्केटिङ्को जिम्मा लगाउने, इन्सेन्टिभ प्रदान गर्ने, सुन पसलमा काम गरेको वा गोल्ड टेष्टर भइ काम गरेको कर्मचारी मात्रै सुन कर्जा व्यवस्थापनका लागि भर्ना गर्नु पर्दछ भन्ने परम्परागत सोचमा परिवर्तन ल्याउनु पर्ने बेला भइसकेको देखिन्छ। 
  
ढुकुटीको चाबी एउटै व्यक्तिको हातमा!
धेरै बैंकले सुन राख्ने ढुकुटीको २ सेटमध्ये १ सेट चाबी शाखा प्रबन्धकलाई दिने व्यवस्था गरेका हुन्छन्। मुख्य ख्याल गर्नुपर्ने कुरा शाखा प्रबन्धकलाई निक्षेप, कर्जा र अन्य प्रडक्ट्सको मार्केटिङ् गर्ने प्रमुख जिम्मेवारी सुम्पिएको हुन्छ। 

त्यसैले शाखा प्रबन्धकहरु अधिकांश समय बजारमा धाइरहेका हुन्छन्। र, व्यवहारत उनीहरुले त्यो चाबी शाखामा नै छोड्छन्। अनि एउटै व्यक्तिको हातमा दुबै चाबी पुग्दछ। त्यसरी एउटै व्यक्तिले सुन राख्ने पनि झिक्ने पनि कार्य गर्ने मौंका पाउँछन्। त्यसले गर्दा खराब नियतका कर्मचारी रहेछन् भने माथि भने जस्तै घटना घटाउन पुग्दछन्। 

यहां ढुकुटीको चाबी शाखा प्रबन्धकलाई दिनुको सट्टा सञ्चालन प्रबन्धकलाई दिने व्यवस्था मिलाइनु पर्दथ्यो। किनकी संचालक प्रबन्धकले शाखा छोड्नु पर्दैन। यसो गरेको भए दुबै चाबी एउटै व्यक्तिको हातमा पुग्नबाट पनि जोखिन्थ्यो।

तर, शाखा प्रबन्धकलाई प्रमुख जिम्मेवारी दिने गरी प्रडक्ट पेपर वा कार्यबिधि नै “फल्टी” बनाइयो। त्यसैगरी, शाखा प्रबन्धकलाई दुबै चाबी एकै जनाको हातमा पुग्ने गरी कहिल्यै पनि छोड्नु हुँदैन भनेर प्रशिक्षित गरिनु पर्दथ्यो। त्यो पनि गरिएन। प्रशिक्षित गरिएको भए पनि उक्त अभिमुखिकरण कार्यक्रम प्रभावकारी भएन। यसरी धेरै ठाउँमा चुकेपछि घटना घट्नु त स्वभाविकै हो।  

सुन धितोको अनुपयुक्त अभिलेखीकरण!
सुन धितोलाई बैंकले लेखा राख्ने सिबिएसमा लेखांकन गर्ने गरिएको हुँदैन। धेरैजसो बैंकले “एक्सल सिट” मा लेखेर राख्ने गरेको सुनिन्छ। 

उक्त धितोलाई सिबिएस वा सम्बन्धित सफ्टवेयरमा लेखांकन गर्ने व्यवस्था मिलाउनु उपयुक्त हुन्छ। यसो गर्न सकिएमा बैंकमा कति सुन धितो वापत राखिएको छ भनेर “रिएल टाइम” मा थाहा पाउन सकिन्छ। 

सुनको मूल्य घटेमा मार्जिन कल गर्न पनि सहज हुन्छ। इन्स्योरेन्स गरिएको रकम अपुग हुने संकेत देखिएमा थप इन्स्योरेन्स समयमै गर्न सकिन्छ। कुनै घटना घटेमा धितोमा रहेको सुनको मु्ल्य प्रमाण सहित सजिलै बताउन पनि सकिन्छ। 

प्रत्येक धितोमा राखिएको हरेक सुनका गहना र ढिक्काको फोटो नै खिचेर सिबिएस वा सम्बन्धित सफ्टवेयरमा राख्ने व्यवस्था मिलाउन सकेमा झन् राम्रो हुन्छ। त्यस्तो व्यवस्था हुँदा चेक गर्ने कर्मचारीले भौतिक सुनलाई र तस्बिरसँग रुजु गर्न सक्छन्। त्यसैका आधारमा स्वीकृति दिन सक्छन्। 

यसरी धितोको आधारमा कर्जा सीमा स्वीकृत भइसकेपछि मात्र सिबिएस वा सम्बन्धित सफ्टवेयरबाट कर्जा तमसुक प्रिन्ट गर्ने व्यवस्था गर्न सकिएमा नक्कली तमसुक बनाउने कार्य आफै रोकिएर जान्छ। र, “मेकर र चेकर” को व्यवस्थाले प्रभावकारीरुपमा काम गर्न सक्दछ। 

त्यस्तैगरी सिबिएस वा सम्बन्धित सफ्टवेयरमा प्रबिष्टि गर्ने व्यवस्था भएपछि कर्जा चुक्ता भएपछि धितो फुकुवा गर्दा पनि त्यहाँबाट हटाउने व्यवस्था सजिलै गर्न सकिन्छ। जसले गर्दा बैंकसँग कति सुन धितोको रुपमा राखिएको छ भनेर एक क्लिकमै थाहा पाउन सकिन्छ। कर्जाको आधारमा धितो पर्याप्त छ छैन, मार्जिन कल गर्नु पर्ने बेला भयो भएन त्यो पनि सजिलै थाहा हुन्छ। 

कति ढिक्का भएका सुन धितो राखिएका छन्। कति गहना धितोको रुपमा राखिएको छ। यी सबै कुरा थाहा पाउन सकिन्छ। र, सोही अनुसार जोखिम व्यवस्थापनका लागि कार्य योजना बनाउन सकिन्छ। 

अझ मुख्य कुरा बैंकको पूँजी पर्याप्तता अनुपात रियल टाइममा पुगेको हुनु पर्दछ। सुनको धितोमा प्रवाह गरिएको कर्जालाई सुनको मूल्यको आधारमा कर्जा जोखिम सम्पत्तिबाट (सीआरएम) घटाउन पाइन्छ। 

सामान्य भाषामा भन्दा कर्जा जोखिम सम्पत्ति घट्नु भन्नुको अर्थ पूँजी पर्याप्तता अनुपात बढ्नु हो। बैंकले रियलटाइममा कति सुन धितोमा राखिएको छ भन्न नसक्नुको अर्थ रियलटाइममा आउने पूँजी पर्याप्तता अनुपात पनि सही आउँदैन। र, नेपाल राष्ट्र बैंकले दिएको निर्देशनको अनुपालना पूर्णतया भएको छ भन्न पनि सकिने अवस्था रहँदैन। 

यस्तै यस्तै कारणले गर्दा नेपाल राष्ट्र बैंकले सञ्चालन जोखिम वा अन्य कुनै शिर्षकमा जोखिम भारित सम्पत्ति बढाइदिन्छ। र, पूँजी पर्याप्तता अनुपात घट्न जान्छ। बैंकको जोखिम लिने क्षमता पनि घट्न जान्छ। यस्ता विवरण “डिस्क्लोजर” का रुपमा प्रकाशित हुने हुनाले बैंकको प्रतिष्ठासँग सम्बन्धित जोखिम बढ्न सक्ने संभावना पनि बढेर जान्छ।  

सुन कर्जाको मार्केटिङ् गर्ने त्यही गोल्ड टेष्टर। सुन जाँच्ने पनि उही कर्मचारी। तमसुक लगायतका कागजात तयार पार्ने र ग्राहकसँग कागजात गराउने पनि त्यहि कर्मचारी। सुन ढुकुटीमा राख्ने पनि एउटै कर्मचारी। यहाँ त कहिँ पनि जोखिम न्युनीकरण गर्ने औजार प्रयोग भएकै छैन। यस्तो अबस्थामा घटना घट्नुलाई आश्चर्य मान्नै परेन। 

सुन जाँच्ने औंजारको प्रयोग नहुनु!
सुन जाँच्नका लागि उपयुक्त औंजारहरु प्रयोगमा ल्याइएको छैन भन्दा हुन्छ। परम्परागत कसी लगाएर जाच्नु पर्ने बाध्यता अझै छ। सुनको शुद्धता जाँच्ने मसिन/औंजारहरुको प्रयोग पनि त्यति गरेको देखिँदैन। गहनाको तौल निकाल्नका लागि अन्दाज गर्नुपर्ने बाध्यता छ। 

उदाहरणका लागि कसैले एउटा तिलहरी राखेर कर्जा लिन आयो। उक्त तिलहरी पोतेसँगै लिएर आएको हुन्छ। तिलहरी नभाचियोस् वा नकुच्चियोस् भनेर भित्र धातु वा लाहा राखिएको हुन्छ। त्यस्तो तयारी गहनाको तौंल निकाल्न गाह्रो हुन्छ। त्यति मात्र होइन बढि मूल्याङ्कन हुन सक्ने संभावनालाई पनि नकार्न सकिन्न। 

एउटा घटना यहाँ उल्लेख गर्नु सान्दर्भिक देखिन्छ। एउटा बैंकमा सुनका बाला राखेर ग्राहकले कर्जा लिए। ती ग्राहकले पहिले पनि एउटा बैंकलाई झुक्याइसकेका रहेछन्। त्यो कुरा बैंकमा काम गर्ने सुरक्षाकर्मीले बैंकको शाखा प्रबन्धकलाई बताए। गहना जाँच गरि हेर्दा बालामा त सुनको जलप मात्र लगाइएको रहेछ। 

ती सुरक्षाकर्मी पहिले घटना घटेको बैंकमा काम गर्दा उक्त ग्राहकले घटाएको घटनाका बारेमा थाहा पाएका रहेछन्। यसरी ती गार्डले अहिले कारोवार गरिरहेको बैंकलाई थप जोखिमबाट बचाए। 

त्यस्तै हलमार्क गरिएको सुन भए पनि भित्र के छ भन्नलाई कि काट्नु पर्यो। कि टन्च आदि जस्ता सुनको शुद्धता पत्ता लगाउने मेसिन प्रयोग गर्नु पर्यो। होइन भने सुनको गुणस्तर थाहा पाउन गाह्रो हुन्छ। यसरी बैंक जोखिममा पर्न सक्ने संभावना रहि राख्दछ। 
 
ग्राहक पहिचान पद्धतिको कार्यान्वयनमा अपूर्णता!
१० लाख रुपैयाँको कर्जा प्रवाह गर्नु परे पनि ग्राहकको निवासको निरिक्षण गरिन्छ। व्यवसायिक कर्जा रहेछ भने व्यवसाय स्थलको पनि निरीक्षण गरिन्छ। घरजग्गा धितो भएमा धितोको पनि निरिक्षण गरिन्छ। चालुपूँजी कर्जा रहेछ भने कर्जा प्रवाह अगाडि नै र त्यसपछि त्रैमासिकरुपमा चालु सम्पत्तिको निरीक्षण गरिन्छ। 

तर, सुनको धितोमा जाने कर्जामा धेरै बैंकले यस प्रक्रियालाई अबलम्बन गर्दैनन्। सुन नगद बराबरको धितो हुने भएकाले त्यसो नगरिएको हो। तर, बैंकले कस्तो ग्राहकसँग कारोवार गर्दैछ भनेर आफ्नो ग्राहकलाई त पहिचान गर्नु पर्दछ नै। नगद बराबरको सुरक्षण हुनु एउटा पाटो भयो। तर, ग्राहक पहिचान गर्ने पाटो भने अर्कै भयो। 

त्यसै पनि सुन व्यवसाय गर्ने ग्राहकलाई उच्च जोखिम भएको ग्राहक भनेर वर्गीकृत गरिन्छ। यस्को अर्थ बृहत ग्राहक पहिचान पद्धति लागू गर्नु पर्दछ भन्ने हो। 

त्यस्ता ग्राहकको पहिचान गर्न एकभन्दा धेरै स्रोतको सहयोग लिनु पर्दछ। एउटाभन्दा बढि तरिकाबाट पहिचान गर्ने प्रयास गर्नु पर्दछ। सुन धितो राख्न ल्याउने सम्पत्ति सीमा भन्दा बढी भएमा स्रोत उल्लेख गर्न लगाउनु पर्दछ। 

हुन त सुनका सम्बन्धमा नेपाल राष्ट्र बैंकको निर्देशिकाले सीमा उल्लेख गरेको छैन। तर, नगद बराबरकै हैसियत हुने हुनाले नगदलाई लागू हुने सीमा सुनका लागि पनि कायम गर्नु उपयुक्त हुन्छ। 

त्यस्तै गरी, त्यस्ता ग्राहकले गर्ने हरेक कारोवारको अनुगमन गर्नु पर्दछ। एक निश्चित सीमा भन्दा बढी रकमको कर्जा लिने ग्राहकको निवास र/वा व्यवसाय स्थल समेतको निरीक्षण गर्ने व्यवस्था मिलाउनु पर्दछ।

यसो गर्न सकिएमा ग्राहकका बारेमा थप जानकारी लिन सकिन्छ। ग्राहकले कुनै अस्वाभाविक क्रियाकलाप गरिरहेको रहेछ भने थाहा पाउन सकिन्छ। शंकास्पद कारोवार प्रतिवेदन बनाई वित्तीय जानकारी इकाईमा पठाउन सकिन्छ। समय मै कर्जा चुक्ता गरी संस्थालाई बचाउन सकिन्छ। कर्मचारीलाई बचाउन सकिन्छ।  ग्राहक पहिचान सम्बन्धी निर्देशिकाको अनुपालना पनि गर्न सकिन्छ। 

ग्राहक पहिचान नगर्दा घटेको चाख लाग्दो घटना 
केहि समय अगाडि प्रदेश नं. एकमा रहेका बैंकहरुमा घटेको घटना बडो चाख लाग्दो छ। भक्तपुर स्थायी ठेगाना भएका एक व्यक्ति पूर्वमा रहेको एउटा बैंकमा गएर सुन धितो राखेर सानो रकम कर्जा लिन्छन्। 

उक्त कर्जा समयमै तिर्दछन्। त्यसपछि नक्कली गहना राखेर ७/८ लाख कर्जा लिन्छन्। यहाँनिर समयमै कर्जा तिरेर बैंकको मन जित्न पनि सफल भए। नक्कली गहना राखेर कर्जा लिन पनि सफल भए।

त्यसपछि उनी धेरै बैंकमा गए। त्यसरी नै कर्जा लिँदै गए। एउटा मात्रै होइन धेरै बैंकलाई झुक्याए। एउटा बाणिज्य बैंकले व्याज नतिरेपछि गहना जाँच गर्दा नक्कली भएको थाहा भयो। त्यसपछि बल्ल अरु बैंकले थाहा पाए। र, ऋणी पनि पक्राउ परे। 

जागिर पनि पूर्वमा होइन। व्यवसाय पनि यतातिर छैन। भक्तपुरको मान्छे गहना राखेर पूर्वमा कर्जा लिन किन आयो? अहँ बैंकहरुले त्यो कोणबाट सोच्दै सोचेनन्। सुनले कर्जालाई सुरक्षित गरेको छ भन्नेमा मात्रै ध्यान केन्द्रित भयो। सुनको शुद्धता जाँच्न नसकिएको त हो नै। त्यसका अतिरिक्त ग्राहक पहिचानमा पनि चुकेकै हो। त्यसैले गर्दा एउटा होइन धेरै बैंकमा घटना घट्यो। 

अझै पनि ग्राहक पहिचान गर्ने भनेको ग्राहक सेवा विभागको हो भन्ने साँघुरो सोचाइ छ धेरैमा। कर्जा विभागमा काम गर्ने कर्मचारीलाई झन् बढी ग्राहक पहिचान गर्ने प्रकृया र पद्धति सम्बन्धी ज्ञान हुनु पर्दछ। ग्राहक पहिचान गर्ने कार्य पूर्णरुपमा भएको भए माथिको घटना घट्ने संभावना न्यून हुन्थ्यो। 

अर्कैको धितोमा कर्जा प्रवाह!     
सुन कर्जा सामान्यतया २ किसिमका ग्राहकलाई प्रवाह हुनुपर्ने हो। पहिलो, सर्बसाधारण जस्ले आफ्ना गरगहना राखेर तत्कालको गर्जो टार्ने उद्देश्यले कर्जा लिन्छन्। दोस्रो सुनचाँदी आदिको व्यापार गर्ने व्यवसायिक फर्म/कम्पनीका लागि चालु पूँजीको आवश्यक्ता पूरा गर्न कर्जा चाहिन्छ। 

तर, सर्बसाधारण बैंकसम्म पुगेर कर्जा लिन झण्झट मान्छन्। त्यसैले कोही सुन पसलमा जान्छन् र गरगहना बेचेर गर्जो टार्छन्। कसैले भने गहना त्यही पसलमा धितो राखेर सापटी लिन्छन्। 

अनी सुन व्यापारी त्यस्ता आफुकहाँ राखिएका अर्काका गरगहना धितो राखेर बैंकबाट कर्जा लिन पुग्न सक्छन्। बैंकका कर्मचारीलाई उक्त गहना सुन पसले कै हो कि उस्को पनि ग्राहकको हो छुट्याउन कुनै आधार हुँदैन। त्यसैले, बैंकका कर्मचारीले ती गहना धितो राखि कर्जा प्रवाह गर्न सक्छन्। 

नेपाल राष्ट्र बैंकले पनि सुन पसलले आफ्ना ग्राहकका गहना धितो राखेर कर्जा लिन सक्छन् भन्ने आंकलन गरेको छ। त्यसैले, त्यस किसिमको अभ्यासलाई निरुत्साहित गर्न निम्नानुसारको निर्देशिका जारी गरेको छः 

“…….. कर्जा प्रवाह गर्दा ऋणीले धितो स्वरुप दिएको सुन वा चाँदी एउटै थैलीमा राखिएको हुनुपर्नेछ । कथंकदाचित् कुनै ऋणीले दिएको एक भन्दा बढी थैलीहरु वा एकभन्दा बढी थैलीहरु राखिएको एउटा थैली मात्र धितो राखी कर्जा प्रवाह भएमा त्यस्तो कर्जामा शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नु पर्नेछ।”  

ग्राहकसँग लिएका गहना जस्ताको तस्तै फर्काउनु पर्ने हुन्छ। त्यसैले सुन व्यापारीले छुट्टाछुट्टै थैलामा सुरक्षित तरिकाले गहना राखेका हुन्छन्। त्यसैले कर्जा लिन आउँदा  छुट्टाछुट्टै गहना राखेका थैला लिएर आउने संभावना रहन्छ। त्यही अभ्यासलाई नियन्त्रण गर्न नेपाल राष्ट्र बैंकले यस्तो निर्देशन दिएको हो। 

तर, उक्त निर्देशनको अनुपालनाका लागि छड्के बाटो रोजे जस्तो पो बुझिन्छ अलि बुझ्दै जाँदा। जस्तो कि आज एउटा कर्जा लिनका लागि आयो, एउटा गहनाको थैला ग्राहकले राख्दछ। अनि बैंकले “……. १जिएल” (जिएल भन्नाले गोल्ड लोन) खाता खोल्दछ। भोलि फेरि त्यहि प्रकृया अन्तर्गत “……. २जिएल” खाता खोल्न सक्छ। पर्सी फेरि …………. । 

यसरी घुमाउरो तरिकाले अनुपालना त गरियो। छुट्टै कर्जा हो, धितो पनि छुट्टै हो भन्न पनि सकियो। तर, वास्तविकता त्यस्तो होइन। किनकी, आखिरमा कर्जा त अर्कै व्यक्तिको गहना धितो राखि त्यही व्यापार गर्ने ग्राहकलाई गयो। 

यहाँ प्रश्न उठ्न सक्छ बेग्ला बेग्लै धितो राखेर बेग्लै कर्जा लिन किन नसकिने? सकिन्छ, तर वास्तविक आवश्यक्ता रहेछ भने। उदाहरणका लागि गहना “एक्सपोर्ट“ गर्ने व्यवसायी रहेछ भने तयार भएका गहना राख्दै चालुपूँजी (प्रिसिप्मेण्ट लोन) कर्जा लिँदै गर्न सकियो। “एक्सपोर्ट“ गरी सकेपछि प्रिसिप्मेण्ट लोन चुक्ता गरेर भुक्तानी नआउदासम्मका लागि पोष्टसिप्मेण्ट कर्जा लिन पनि सकियो। तर, अर्काको गहना धितो राखेर कर्जा लिन सकिएन।

आज सिक्री राखेर कर्जा लिएको व्यक्तिलाई भोलि फेरि बाला राखेर कर्जा लिनुपर्ने पनि हुन सक्छ। यति बेला २ वटा कर्जा खाता व्यवहारिकरुपमै खोल्नु पर्ने हुन्छ। त्यस्तो कर्जा त प्रवाह गर्न हुँदैन त कसैले भनेकै छैन। 

त्यसैले बास्तविकता पत्ता लगाउनका लागि ग्राहक पहिचान पद्धतिलाई प्रभावकारीरुपमा लागू गरिएको हुनु पर्दछ। र, आफुले सापट दिएका व्यक्तिका गहना धितो राखेर कर्जा लिन कुनै ग्राहक आएको छ भने त्यस्ता कर्जा प्रस्ताव अस्विकार गर्नु पर्दछ। यहाँनिर व्यवसाय बिस्तार गर्ने महत्वाकांक्षामा पर्नु हुँदैन। बरु सबै बैंकले यस्लाई प्रभावकारीरुपमा लागू गर्ने हो भने बैंकमा कर्जा लिन आउने सर्बसाधारणको संख्या बढेर जान्छ। 

धितो साट्न दिने प्रचलन 
एउटा गहना/सुन राखेको थैला दिएर कर्जा लिन्छन्। पछि फेरि थैला साट्न आउँछन्। बास्तवमै आवश्यक्ता भएको ग्राहकले कर्जा लिएको छ भने धितो साट्नु पर्ने आवश्यक्ता सामान्यतया आउँदैन। 

बाध्यात्मक होइन, सुविधा दिएर बाणिज्य बैंकहरुको मेगा मर्जर, बीएन घर्तीको लेख

तर, साँच्चै आफ्ना पसलका गहना राखेका अवस्थामा बाहेक यसरी धितो साटी राख्न पर्दैन। अन्य व्यक्तिले राखेको गहना धितो राखिएको रहेछ भने त साट्नु पर्ने आवश्यक्ता आइहाल्छ। 

यसरी धितो साट्न दिने व्यवस्था गर्दा सञ्चालन जोखिम बढेर जान्छ। धि??