BIZMANDU
www.bizmandu.com

नेशनल हाईड्रोको नाफा ९१ लाख, जगेडा कोष साढे ४० करोड ऋणात्मक, लाभांस संभावना टर्यो

२०७६ साउन २०

नेशनल हाईड्रोको नाफा ९१ लाख, जगेडा कोष साढे ४० करोड ऋणात्मक, लाभांस संभावना टर्यो
नेशनल हाईड्रोको नाफा ९१ लाख, जगेडा कोष साढे ४० करोड ऋणात्मक, लाभांस संभावना टर्यो

Tata
GBIME
Nepal Life

काठमाडौं। नेशनल हाईड्रोपावर कम्पनीको जगेडा कोष अझै ४० करोड ५२ लाख रुपैयाँ ऋणात्मक छ। ४० करोड रुपैयाँको ऋणात्मक जगेडा कोष भएको कम्पनीले गत आर्थिक वर्षमा ९१ करोड रुपैयाँ मात्रै नाफा आर्जन गरेको छ। 

दीर्घकालिन ऋण १० करोड ७५ लाख रुपैयाँ छ। यो ऋण अन्य आयोजनामा लगानी गर्ने क्रममा लिइएको कम्पनीले जनाएको छ। यहि अनुपातमा नाफा गर्दै जाने हो भने कम्पनीले कहिले पनि लाभांस दिन नसक्ने देखिएको छ। 

कम्पनीले अन्य आयोजनामा गरेको लगानी डुब्दा कम्पनीका शेयरधनीहरुले लाभांस पाउन नसक्ने अवस्था आएको हो। कम्पनीको गत आर्थिक वर्षको वार्षिक साधारणसभा हुँदा अध्यक्षले पेश गरेको प्रतिवेदन अनुसार इन्द्रावती तीन जलविद्युत आयोजनाको मर्मत सम्भारले व्यय भार बढाइरहेको बताइएको थियो। 

कम्पनीले लगानी गरेको तल्लो इन्द्रवातिको निर्माण अनुमति पत्र खारेज हुँदा कम्पनीको खर्च थप बढेको देखिन्छ। कम्पनीले प्रवर्द्धन गरेका आयोजना सफल रुपमा अगाडि नबढ्दा हरेक वर्ष व्ययभार बढ्दै गएको छ। 

इन्द्रावति तीनको ऋण भुक्तानी गरिसके पनि तल्लो इन्द्रावतिको निर्माणको लागि लिएको ऋणले कम्पनीको वित्तीय विवरणलाई नकारात्मक बनाएको छ। 

कम्पनीले १२ मेगावाट क्षमताको माद्मे खोला जलविद्युत आयोजनाको सर्वेक्षण अनुमति पत्र लिएर प्रविधिक अध्ययन सुरु गरेको छ। त्यस्तै लोअर इर्खुवा हाइड्रोपावर कम्पनीमा ६७ प्रतिशत शेयर लगानी गर्ने योजना बनाएको छ। यो आयोजनाको निर्माण कार्य शुरु गरिएको कम्पनीले जनाएको छ। यि सबै आयोजना निर्माण सकिदै गर्दा पनि शेयरधनीहरुले लाभांस पाउन धेरै समय लाग्ने देखिन्छ।  

गत आर्थिक वर्षमा कम्पनीले विद्युत बिक्रीबाट ५ करोड ३९ लाख रुपैयाँ आर्जन गरेको छ। विद्युत बिक्रीबाट आर्जन भएको आम्दानी कर्जाको व्याज भुक्तानी गर्दा नै सकिने हुँदा नाफा बढ्न सकेको छैन। कम्पनीको प्रतिशेयर आम्दानी तीन रुपैयाँ छ।