BIZMANDU
www.bizmandu.com

टाटा मोटर्सको कार्निभल सुरु, गाडी खरिद वा सट्टा पट्टा गर्दा उपहार पाइने, बिदेश घुम्ने अवसर पनि

२०७६ साउन १६


काठमाडौं। टाटा मोटर्सको अधिकृत विक्रेता सिप्रदी ट्रेडीङले विहीबारदेखि रोमाञ्चक टाटा मोटर्स कार्निभल सुरु गरेको छ।

Tata
GBIME
Nepal Life

ग्राहकले मेलामा गाडी खरिद र सट्टपट्टा गरेवापत लक्की ड्र अनुसार विभीन्न आकर्षक  उपहार पाउन सक्ने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार हरेक ग्राहकले गाडी खरिद गर्दा युरोप भ्रमण, एप्पल सेट र तीन लाख रुपैयाँ छुट मध्ये एउटा उपहार रोज्न सक्नेछन्।

ग्राहकले गाडी एक्सच्न्जमा एक लाख सम्मको छुट, एक वर्षको फ्री रोड ट्याक्स र कार एसोसोरिज पाउन सक्ने कम्पनीले जनाएको छ।

कम्पनीले लक्की ड्र अन्तर्गत विजेतालाई बैंकक भ्रमण, सामसुङको ३२ इन्च टेलिभिजन, हुवावेको स्मार्ट फोन, दक्षिणकाली भिलेज रिसोर्टमा नाइट स्टे लगायत आकर्षक उपहार योजना राखेको जानकारी दिएको छ।  हरेक टेष्ट ड्राइभमा दुईवटा फ्रि मुभी टिकट र हरेक गाडी खरिदमा १० हजार रुपैयाँको सर्प्राइज गिफ्ट समेत दिनेछ।

मेलामा ग्राहकले टाटाको गाडी खरिद तथा सटही गर्न सक्नुका साथै खेल, नृत्य, जादु, खाना लगायतको अनुभव लिन सक्ने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार टाटाको गाडी प्रयोग गर्दै आएका ग्राहकसँगै नयाँ ग्राहकलाई प्रेरित गर्ने उद्धेश्यले शहर केन्द्रित टाटा कार्निभल आयोजना गरिएको हो। यसअघि सन् २००९मा टाटा मोटर्स कार्निभल आयोजन गरिएको थियो।

मेला अगस्ट चार तारिखमा सकिने कम्पनीले जनाएको छ।