BIZMANDU
www.bizmandu.com

प्रतिपक्षी दलका युवानेताले समेत बधाई दिएका नवनियुक्त पर्यटनमन्त्री भट्टराई सफल होलान्?


प्रतिपक्षी दलका युवानेताले समेत बधाई दिएका नवनियुक्त पर्यटनमन्त्री भट्टराई सफल होलान्?
प्रतिपक्षी दलका युवानेताले समेत बधाई दिएका नवनियुक्त पर्यटनमन्त्री भट्टराई सफल होलान्?

Tata
GBIME
Nepal Life

काठमाडौं।याेगेश भट्टराई  पर्यटनमन्त्रीमा नियुक्त भएपछि प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली युवा नेता गगन थापाले खुलेरै बधाई दिए।

उनले सामाजिक संजालमार्फत बधाई दिँदै भने-‘योगेश भट्टराई दाई,संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको जिम्मेवारी सफलतापूर्वक पूरा होस्।मन्त्रीको रुपमा तपाईँको सफलता तपाईँ र तपाईँको पार्टीसँग मात्रै होइन हाम्रो पुस्ताको राजनीतिकर्मीहरु प्रतिको आशा र विश्वाससँग जोडिएको छ।मुरीमुरी शुभकामना।।

युवा नेताले बधाईसँगै भट्टराईलाई ठूलो भारी समेत बोकाएका छन्।यो भारीले थिचिएका भट्टराईले नेपालको सबैभन्दा बढी सम्भावना भएको र विदेशी मुद्रा आर्जन गर्नसक्ने पर्यटन क्षेत्रको विकासमा लाग्नुपर्ने चुनौती छ।नेपालमा जसरी पर्यटन क्षेत्रको अपार सम्भावना छ चुनौतीपनि बराबरीनै छ।

सम्भावना र चुनौती दुबैलाई चिरेर अगाडि बढ्नसक्ने ल्याकत उनले राख्नलान्?संचारमन्त्री गोकुल बाँस्कोटाले पर्यटनमन्त्री सम्हाल्न अस्विकार गरेपछि भट्टराई कमान्ड सम्हाल्न आएका छन्।पहिलो पर्यटन क्षेत्रको विकासका लागि पूर्वाधार विकास गर्ने चुनौती छ।उनले भएका केही पर्यटन क्षेत्रका संरचनाको माइक्रो म्यानेजमेन्ट र म्याक्रो लेभलमा केही पूर्वाधार निर्माणको द्रुतगतिमा अघि बढाउनुपर्ने आवश्यकता छ।

पर्यटक भित्र्याउनका लागि सबैभन्दा पहिला विमानस्थल र सडक पूर्वाधार चाहिन्छ त्यसपछि मात्रै प्रचारप्रसार।अहिले मुलुकसँग एउटा मात्रै अन्तर्राष्ट्रिय विमानस्थल छ जुन साह्रै सानो र विश्वकै खराब विमानस्थलमा दर्ज छ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल यति साँघुरो छ आएका विमान पनि समयमा अवतरण गर्न सक्दैनन्।विमानस्थलको आगमन र प्रस्थान अव्यवस्थित छ।विमानस्थलबाट वाहिर निस्किनेवित्तिकै ट्याक्सीबाट हुने ह्यार्यसमेन्ट घटाउनुपर्नेछ।यो माइक्रो म्यानेजमेन्टको विषय तत्कालै गर्नसकिने अवस्था छ।

वृहत तहमा राष्ट्रिय गौरबको आयोजना गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई गति दिनुपर्नेछ।अहिले त्यो विमानस्थलको गति सुस्त र दिशाहीननै बनेको छ।हेलिकोप्टर दुर्घटनामा निधन भएका पर्यटनमन्त्री रविन्द्र अधिकारी हुँदा यो विमानस्थलको गति राम्रो थियो।यो सन् २०२०मा सम्पन्न गरेर संचालनमा ल्याउन सकेमा त्यसको जस उनलेनै पाउँछन्।विगतमा यो विमानस्थलका धेरै काम बाँकी रहँदा पनि मन्त्री अधिकारीलाई असारमै संचालनमा आउने भन्दै कर्मचारीबाट गलत विफ्रिङ भएको थियो।

त्यस्ता गलत विफ्रिङ र निर्माणमा देखिने भूक्तानीदेखि निर्माण सामाग्री अभावसम्म हटाउन भूमिका उनले खेल्नुपर्नेछ।निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि काम अगाडि बढाउनुपर्नेछ।अहिले यो विमानस्थलको टाँगियावस्ती सार्ने विषयसम्म पुगेर अड्किएको छ भने यो विमानस्थल निर्माणका लागि कतार लगायतका ठूला कम्पनीबाट प्रस्ताव आएका छन्।ती सबै प्रस्ताब हेरेर निर्माणको चरणमा पुर्याउनुपर्नेछ।

अहिले पर्यटन क्षेत्रमा देखिएको अर्को चुनौति भनेको नेपाल वायुसेवा निगमको व्यवसायिक साख हो।निगमसँग ठूला जहाज छ तर उडाउने गन्तब्य छैन्।क्यास ब्रर्निङ विजनेश हवाई जहाज व्यवस्थापन नगर्दा दैनिक रुपमा निगम आर्थिक रुपमा संकटमा छ।कर्मचारी संचय कोष र नागरिक लगानी कोषको ऋण लिएर किनिएको जहाज उडान नहुँदा किस्ता तिर्न सकेको छैन।निगमलाई रणनीति साझेदार वा बिक्री गरेर पुर्नजीवन दिनुपर्नेछ। अर्को चुनौती भनेको उड्डयन क्षेत्रलाई कालोसूचीबाट वाहिर निकाल्नुपर्नेछ।

यूरोपियन युनियनले पाँच वर्ष अगाडि कालोसूचीमा राखेपछि निगमको जहाजले यूरोप उडान गर्न पाएको छैन।नेपालको क्रेडिविलिटी समेत गुमिरहेको छ।कालोसूचीबाट हटाउन नेपाल नागरिक उड्डयन प्राधिकरण खण्डीकरणको काम अघि बढिसकेको छ।अब यसलाई तीब्रगतिमा अगाडि बढाएर टुंग्याउनुपर्नेछ।र अन्तिममा २०२०को भ्रमण वर्ष सफल बनाउने चुनौती छ।भ्रमण वर्षको राष्ट्रिय संयोजक नियुक्त भएका छन् सुरज वैद्य।तर उनले पर्यटन क्षेत्रलाई समेटेर कार्यक्रम अघि बढाउन असफल देखिएका छन्।

कतिपय सरकारी निकायको असहयोग र कति आफ्नै एडिच्यूडका कारण वैद्य भ्रमण वर्षलाई गति दिन असफल भएका छन्।प्रिजेन्टेशनमा अब्बल तर व्यवस्थापकीय क्षमतामा कमजोर भएका कारण वैद्यले राष्ट्रिय संयोजकको जिम्मेवारी सफलतापूर्वक सम्हाल्न सकेका छैनन्।मन्त्री भट्टराईले यो असमन्वयलाई तोड्नुपर्नेछ।यी चुनौती पार गर्न सकेमा भट्टराई सफल पर्यटनमन्त्री र प्रतिपक्षी दलका युवा नेताले बोकाएको भारी हलुका हुनेछ।