BIZMANDU
www.bizmandu.com

क्याम्पियन कलेजको स्नातक उपाधी कार्यक्रम, ‘सूचना प्रविधिको युगमा अब्बल रहने चुनौती’

२०७६ असार ३१

क्याम्पियन कलेजको स्नातक उपाधी कार्यक्रम, ‘सूचना प्रविधिको युगमा अब्बल रहने चुनौती’
क्याम्पियन कलेजको स्नातक उपाधी कार्यक्रम, ‘सूचना प्रविधिको युगमा अब्बल रहने चुनौती’

Tata
GBIME
Nepal Life

काठमाडौं। चौधरी गु्रपअन्तर्गत रहेको सिजी एजुकेशनद्घारा संञ्चालित क्याम्पियन कलेजले आफ्नो स्नातक उपाधि कार्यक्रम गरेको छ। कार्यक्रममा करिब १५० जना विद्यार्थीले स्नातक उपाधी लिएका थिए।

कार्यक्रम कलेज व्यवस्थापन समितिका अध्यक्ष दामोदरप्रसाद लामिछानेको अध्यक्षतामा र नविल बैँकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहको प्रमुख आतिथ्यतामा भएको थियो।

कार्यक्रममा त्रिभुवन विश्व विद्यालयका मानविकी तथा सामाजिक विज्ञानका डीन प्रा.डा. शिवलाल भुसालले स्नातक उपाधि विद्यार्थीहरुलाई सफल अध्ययनका लागि शुभकामना दिए। त्रिभुवन विश्व विद्यालयका व्यवस्थापन संकायका डीन प्रा.डा. डिल्लीराज शर्माले आजको सूचना  र प्रविधिको युगमा विद्यार्थीहरु आफूलाई अब्बल सावित गर्नुपर्ने चुनौती रहेको बताए।

सिजी कर्प ग्लोबलका कार्यकारी निर्देशक निर्वाणकुमार चौधरीले विद्यार्थीहरुमा उद्यमशिलताको विकास हुनुपर्ने बताए। नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले विद्यार्थीलाई उर्जावान र आफ्नो उदेश्यमा लगनशील भएर लाग्न आग्रह गरे।