BIZMANDU
www.bizmandu.com

निरज नियुक्तिमा लफडा गरेको सनराइज सञ्चालकले जनकलाई सर्बसम्मतिबाट सिइओ छान्यो

२०७६ असार २९

निरज नियुक्तिमा लफडा गरेको सनराइज सञ्चालकले जनकलाई सर्बसम्मतिबाट सिइओ छान्यो
निरज नियुक्तिमा लफडा गरेको सनराइज सञ्चालकले जनकलाई सर्बसम्मतिबाट सिइओ छान्यो

Tata
GBIME
Nepal Life

काठमाडौं। सनराइज बैंकले प्रमुख कार्यकारी अधिकृतमा जनक शर्मा पौड्याललाई नियुक्त गरेको छ।

एक महिनाअघि बैंकले प्रमुख कार्यकारीमा निरज श्रेष्ठलाई नियुक्त गरेको थियो। उनले करारपत्रमा हस्ताक्षर गरेपछि दुई जना सञ्चालकहरुले बिरोध जनाएका थिए।

बिरोधका बीच आफू काम गर्न नसक्ने भन्दै उनले अध्यक्षलाई 'नआउने' जानकारी गत बिहीबार गराएका थिए। त्यसपछि बैंक सञ्चालक समितिले पौड्याललाई प्रमुख कार्यकारी नियुक्त गरेको हो। चार बर्षका लागि पौड्याल प्रमुख कार्यकारी नियुक्त भएका हुन्।

३० बर्षे बैंकिङ क्षेत्रमा बिताएका पौड्यालले नबिल बैंकबाट करियर सुरु गरेका हुन्। उनले सन् १९८७ मा इन्ट्रि लेभलबाट करियर सुरु गरेका हुन्। नबिलमा ११ बर्ष काम गरेपछि उनी एनआइसी बैंक (अहिलेको एनआइसी एसिया) गएका थिए।

एनआइसी स्थापनामा सक्रिय भूमिका खेलेका पौडेलले त्यहाँ पाँच बर्ष काम गरेपछि लक्ष्मी बैक स्थापनाको प्रकृया थाल्न त्यता गए। लक्ष्मी बैंकमा एक बर्ष काम गरेपछि पौड्याल अध्ययनका लागि लण्डन गए। लण्डनमा अध्ययनसँगै त्यहाँको बैंकमा पनि काम गरेको अनुभव पौडेलसँग छ। उनले त्यहाँ साढे चार बर्ष काम गरेका थिए।

 यो पनि पढ्नुस्: निरज श्रेष्ठले सनराइज बैंक नसम्हाल्दै छाडे: विवाद मिलाउन पहल नै भएन

उनी काठमाण्डौं फर्केर ग्लोबल बैंकको ब्यवस्थापनमा करारमा भित्रिए। ग्लोबल बैंकमा उनी सहायक महाप्रबन्धकका रुपमा भित्रिएका थिए। ग्लोबलको नायव प्रमुख कार्यकारी हुँदै उनी प्रमुख कार्यकारी अधिकृत बनेका थिए। ग्लोबल आइएमइमा दुई बर्ष कार्यकाल बाँकी छँदै उनले राजिनामा दिएर बाहिरिएका थिए। उनको कुलिङ पिरियड आउँदो साउन ८ गते सकिँदैछ।