BIZMANDU
www.bizmandu.com

विहिबार शेयर बजारमा झिनो गिरावट, ४६ करोड रुपैयाँको कारोबार, नेपाल बैंकको पाँच करोडको कारोबार

२०७६ असार २६

विहिबार शेयर बजारमा झिनो गिरावट, ४६ करोड रुपैयाँको कारोबार, नेपाल बैंकको पाँच करोडको कारोबार
विहिबार शेयर बजारमा झिनो गिरावट, ४६ करोड रुपैयाँको कारोबार, नेपाल बैंकको पाँच करोडको कारोबार


Tata
GBIME
Nepal Life

काठमाडौं।साताको अन्तिम दिन शेयर बजारमा झिनो अंकको गिरावट देखिएको छ।शेयर बजारको कारोबार मापक सूचक ०.६२ अंकले घटेर १२४८.५३ अंकमा झरेको छ।

बाणिज्य बैक समूहमा लगानीकर्ताको आकर्षण देखिएपनि सूचकमा कुनै बढोत्तरी देखिएन।बाणिज्य बैकहरुको कारोबार मापन गर्ने उप सूचक ०.१७ प्रतिशतले बढेको थियो।तर कारोबारमा आएका सबैजसो उपसूचक घटेपछि शेयर बजार घटेको हो।यो साता सूचक १२ अंकले घटेको छ। गत बिहिबार सूचक १२६० अंकमा रहेको थियो।

बिहिबार १७२ कम्पनीका १६ लाख ५४ हजार कित्ता शेयर कारोबार भयो। ४६ करोड रुपैयाँको कारोबार भएको बजारमा नेपाल बैकको सबैभन्दा बढी कारोबार भएको छ।बैंकको पाँच करोड २९ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो।कारोबार रकमकै आधारमा शिवम् सिमेन्ट दोस्रो भएको छ।शिवमको तीन करोड २० लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो।धेरै कारोबार हुने १० कम्पनीको सूचीमा ६ बाणिज्य बैक परेका छन्।

१० समूहको कारोबारमा आठ समूहको उपसूचक घटेको छ भने दुई समूहको सूचक बढेको छ।सबैभन्दा बढी कमाउने कम्पनीको सूचीमा नाडेप लघुवित्तको शेयर परेको छ।नाडेपको करिब पाँच प्रतिशतले मूल्य बढेको छ।