BIZMANDU
www.bizmandu.com

साढे ९ मेगावाट ‘सोलार पावर’ उत्पादन गर्न डोल्मा फण्डले लगानी गर्ने, बर्ष दिनमै उत्पादन हुने

२०७६ असार २६

साढे ९ मेगावाट ‘सोलार पावर’ उत्पादन गर्न डोल्मा फण्डले लगानी गर्ने, बर्ष दिनमै उत्पादन हुने
साढे ९ मेगावाट ‘सोलार पावर’ उत्पादन गर्न डोल्मा फण्डले लगानी गर्ने, बर्ष दिनमै उत्पादन हुने


काठमाडौं। डोल्मा इम्प्याक्ट फण्डले करिव साढे ९ मेगावाटको 'सोलार पावर' उत्पादनका लागि लगानी गर्ने भएको छ। डोल्माले उत्पादक कम्पनी 'फर्स्ट सोलार डेभलपमेन्ट नेपाल' लाई लगानी गर्ने छ।

Tata
GBIME
Nepal Life

लगानीसँगै डोल्मा कम्पनीको शेयर साझेदार हुने छ। सन् २०२४ मा डोल्मा सोलार कम्पनीबाट बाहिरिने छ। त्यतिन्जेल डोल्माले प्रावधिक तथा अन्य सहयोग गर्ने छ।

फर्स्ट सोलारमा राज थापासहित चार जना सञ्चालक छन्। कम्पनीमा डोल्माले १.५ मिलियन डलर (आजको मितिमा साढे १६ करोड रुपैयाँ) लगानी गर्ने छ। समझदारी पत्रमा डोल्माका इन्भेष्टमेन्ट डाइरेक्टर शब्द ज्ञवाली र कम्पनीका राज थापाले हस्ताक्षर गरेका छन्।

सोलार पावरका लागि नेपाल विद्युत प्राधिकरणसँग बिद्य खरीद सम्झौता भइसकेको छैन। चाँडै खरीद सम्झौता गर्ने तयारी छ। आउँदो साता सोलार पावरका लागि लगानी (प्रत्यक्ष बैदेशिक लगानी-एफडिआइ) भित्र्यान उद्योग विभाग र नेपाल राष्ट्र बैंकसँग स्वीकृति लिने तयारी डोल्माको छ।

सोलार पावरको काम थालेको बर्ष दिनमै उत्पादन हुने छ। कपिलबस्तुको चन्द्रौटामा परियोजना सञ्चालन गरिने छ। उत्पादित बिजुली राष्ट्रिय प्रशारण लाइनमा जोडिने छ।