BIZMANDU
www.bizmandu.com

दुई बर्षपछि सिइओ बनाउने गरी बिओकेले लग्यो बिमल डागालाई, २६ बर्षसम्म ‘ऋण जोखिम’ मा काम

२०७६ असार २६

दुई बर्षपछि सिइओ बनाउने गरी बिओकेले लग्यो बिमल डागालाई, २६ बर्षसम्म ‘ऋण जोखिम’ मा काम
दुई बर्षपछि सिइओ बनाउने गरी बिओकेले लग्यो बिमल डागालाई, २६ बर्षसम्म ‘ऋण जोखिम’ मा काम



काठमाडौं। बैंक अफ काठमाण्डू (बिओके) ले बिमल डागालाई नायव महाप्रबन्धकमा नियुक्त गरेर भित्र्याएको छ। दुई बर्षदेखि बैंकिङभन्दा बाहिर रहेका डागाको विज्ञता ऋण र जोखिममा छ।

Tata
GBIME
Nepal Life

बैंकका प्रमुख कार्यकारी अधिकृत शोभनदेव पन्त अवकाश भएपछि उनलाई प्रमुख कार्यकारी बनाउने गरी लगिएको स्रोतको दाबी छ। दुई बर्षपछि पन्त अवकाश हुँदैछन्। अहिले पन्तपछिको क्रममा श्रवणलाल मास्के छन्। डागालाई मास्केभन्दा तल राखिएको छ।

स्ट्यान्डर्ड चार्टर्डमा १३ बर्ष बिताएका उनले पछि एनआइसी बैंकमा काम गरे। बैंक अफ एसिया मर्ज भएर बनेको एनआइसी एसियामा समेत गरेर उनले फेरि १३ बर्ष बिताएका थिए।

शशिन जोशीले बैंक छाडेर लक्ष्मण रिसाल प्रमुख कार्यकारी अधिकृत भएपछि उनले स्वेच्छिक अवकाश लिएका थिए। उनीसँगै त्यसबेला सात जना माथिल्लो ब्यवस्थापनले अवकाश लिएको थियो।

बैंकिङबाट बाहिरिएपछि उनले बैंकका कर्मचारीलाई तालिम दिने संस्था बिआइएम र एनबिआइमा अध्यापन गराएका थिए। यहीबीचमा उनले सनराइज बैंकका अध्यक्ष मोतिलाल दुगड समूहमा वित्त सल्लाहकारका रुपमा पनि काम गरे।

दिल्लीको श्रीराम कलेजमा स्नातक गरेका उनले काठमाडौं विश्वविद्यालयबाट स्नातकोत्तर गरेका छन्। २६ बर्षको बैंकिङ करियरमा उनले सुरुबाट कर्जा र यसका जोखिम पक्षमा बसेर काम गरेका थिए।