BIZMANDU
www.bizmandu.com

तीन सातामा बैंकको निक्षेप ३४ अर्बले बढ्यो, ऋण बिस्तार ८ अर्ब मात्रै, सातामै १७ अर्ब निक्षेप सुधार

२०७६ असार २५

Tata
GBIME
Nepal Life

काठमाडौं। सरकारले विकास खर्च बढाएसँगै बैंकहरुको निक्षेपमा उच्च सुधार देखिएको छ। एक सातामै निक्षेप १७ अर्ब पैयाँले बढेको छ। असारमा मात्रै निक्षेप ३४ अर्बले बढेको छ। यो असार २० गतेसम्मको तथ्यांक हो।

बैंकहरुले ऋण बिस्तार सातामा ५ अर्ब रुपैयाँले बढाएका छन्। असारभरीमा ऋण ८ अर्ब रुपैयाँले बढेको छ।

असार २० गतेसम्म कुल निक्षेप २७ खर्ब ९३ अर्ब रुपैयाँ पुगेको छ। कुल ऋण लगानी २४ खर्ब ७६ अर्ब रुपैयाँ पुगेको छ।

चालु आर्थिक बर्षमा निक्षेप ३ खर्ब २३ अर्ब रुपैयाँले बढेको छ। ऋण बिस्तार भने ३ खर्ब ६५ अर्ब रुपैयाँले बढेको छ। यही कारण अहिले अन्तर बैंक सापटी ३ प्रतिशतभन्दा तल आइसकेको छ।