BIZMANDU
www.bizmandu.com

एडिडास, रिबोक, लिभाइज लगायतका स्टोरमा नयाँ अफर, लक्की ड्र बिजेताले क्लेभल्याण्ड बाइक पाउने

२०७६ असार २५

एडिडास, रिबोक, लिभाइज लगायतका स्टोरमा नयाँ अफर, लक्की ड्र बिजेताले क्लेभल्याण्ड बाइक पाउने
एडिडास, रिबोक, लिभाइज लगायतका स्टोरमा नयाँ अफर, लक्की ड्र बिजेताले क्लेभल्याण्ड बाइक पाउने

Tata
GBIME
Nepal Life

लेबल्स स्टोर्स प्रालिले ब्राण्डेड जुत्ताहरुको खरिदमा एक महिना लामो क्याम्पेन संचालन गरेको छ। एडिडास, रिबोक, लिभाइज लगायतका ब्राण्डेड जुत्ताको एकमात्र आधिकारिक बिक्रेता लेबल्स स्टोरले द अल्टिमेट गिभअवे क्याम्पेन सार्वजनिक गरेको हो।

यस अनुसार उपभोक्ताले एडिडास, रिबोक, लिभाइज, अण्डर आर्मर, एसिक्स तथा फाइभ इलेभेन ब्राण्डका सामाग्री खरिद गर्दा लक्की ड्र कुपन प्राप्त गर्नेछन्। ९ हजार ९ सय ९९ रुपैयाँभन्दा माथिको खरिदमा कुपन प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार एक महिना लामो क्याम्पेनको अवधिमा प्राप्त कुपनहरुको लक्की ड्र बाट दुई जनाले अमेरिकी ब्राण्डको मोटरसाइकल क्लेभल्याण्ड प्राप्त गर्न सक्ने छन्।

क्लेभल्याण्ड मोटरसाइकलको बजार मूल्य पाँचलाख ९० हजार पर्ने जनाइएको छ। आगामी ८ अगस्टसम्म क्याम्पेन संचालन हुने र सोही दिन बिजेता चयन हुने कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।

कुपनहरु काठमाडौं र ललितपुरका रहेका यी ब्राण्डका १३ वटा स्टोरहरुमा उपलब्ध रहेको बताइएको छ।

एडिडासको दरबारमार्ग, सिटी सेन्टर, सिभिल मल, जाउलाखेल, पुतलीसडकको फ्याक्ट्री आउटलेट,  जाउलाखेल र दरबारमार्गको रिबोक र लिभाइज शोरुम, सिटी सेन्टरको लिभाइज शोरुम तथा दरबारमार्गमा रहेका आर्मर र फाइभ इलेभेन शोरुममा खरिद गर्दा कुपन प्राप्त गर्न सकिनेछ।

यसैगरी ब्लुबर्ड मलको लेबल्स र न्यू रोडको जि क्यूमा पनि यो क्याम्पेन संचालन हुने बिज्ञप्तीमा जनाइएको छ।