BIZMANDU
www.bizmandu.com

युवा उद्यमशीलता सम्मेलनको प्रायोजन राष्ट्रिय बाणिज्य बैंकले गर्ने

२०७६ असार २४

युवा उद्यमशीलता सम्मेलनको प्रायोजन राष्ट्रिय बाणिज्य बैंकले गर्ने
युवा उद्यमशीलता सम्मेलनको प्रायोजन राष्ट्रिय बाणिज्य बैंकले गर्ने



काडमाडौं। युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय युवा परिषद् र बिशाल मिडिया ग्रुपको संयुक्त आयोजनामा आगामी साउन २७ र २८ गते काठमाडौंमा हुने नेपाल युवा उद्यशीलता सम्मेलन २०१९ को मुख्य प्रायोजकमा राष्ट्रिय वाणिज्य बैंक रहने भएको छ। 

Tata
GBIME
Nepal Life

सम्मेलनमा मुख्य प्रायोजक भएबापत बैंकले आयोजकलाई आर्थिक एवं प्राविधिक सहयोग प्रदान गर्ने छ। बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र सम्मेलन मुल आयोजक समितिका संयोजक बिशाल गैरेले एक समझदारीपत्रमा हस्ताक्षर गरेका छन्। 

श्रेष्ठले वित्तीय साक्षरताका माध्यमबाट युवाहरुलाई उद्यमी बनाउन सकिने र युवाहरुलाई आर्थिक क्रियाकलापमा सहभागी गराएर मात्र मुलुक समृद्ध बन्न सक्ने कार्यमा सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गरे।

समितिका संयोजक बिशाल गैरेले प्रादेशिक संरचनाभित्र उद्यमशीलताका नविनतम् अवसरको खोजी गर्ने, नयाँ स्टाटअप कम्पनी र त्यस माथिको लगानीबारे लगानीकर्तासँग छलफल चलाउने र लगानी जुटाइदिने, सरकार र युवा उद्यमीहरु बीच छलफलको वातावरण निमार्ण गर्ने, युवा उद्यमशीलताका सम्भावना, अवसर र चुनौतिबारे बहस गरी निति निर्मातालाई सचेत गराउने बताए।