BIZMANDU
www.bizmandu.com

मौद्रिक नीतिको अन्योलतामा गुज्रियो शेयर बजार, सूचक २.९२ अंकको सुधारसँगै कारोबार रकम ४६ करोड  

२०७६ असार २४

मौद्रिक नीतिको अन्योलतामा गुज्रियो शेयर बजार, सूचक २.९२ अंकको सुधारसँगै कारोबार रकम ४६ करोड  
मौद्रिक नीतिको अन्योलतामा गुज्रियो शेयर बजार, सूचक २.९२ अंकको सुधारसँगै कारोबार रकम ४६ करोड  


काठमाडौं। नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिको अन्योलताले शेयर बजारमा प्रभावित हुन थालेको छ। राष्ट्र बैंकले बैंकहरुको बिग मर्जरको नीति ल्याउने तयारी गर्दा लगानीकर्ता थप अन्योलमा देखिएका हुन्। 

Tata
GBIME
Nepal Life

मंगलबार अधिकांश समय बजार रातो देखिएको छ। तर कारोबारको अन्तिम समयमा २.९२ अंकले सुधार भएर रोकिएको छ। आर्थिक वर्षको अन्तिममा राजस्व दाखिलाको दबाब बढेकाले त्यसैको जोहो गर्ने क्रमले बजार घटाउन सहयोग गरेको छ। 

बजार ०.२३ प्रतिशत बजार सुधारसँगै कारोबार रकम ४६ करोड ८२ लाख रुपैयाँ पुगेको छ। सबैभन्दा धेरै नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक शेयर ६ करोड दुई लाखको कारोबार भएको छ। त्यस्तै लक्ष्मी बैंकको चार करोड १३ लाख रुपैयाँको कारोबार भएको छ।   

होटल, निर्जीवन बीमा कम्पनी, माइक्रोफाइनान्स र म्युचुअल फण्डको सूचक ओरालो लागेको छ भने बाँकी सूचक सुधार देखिएका छन्। सोमबारदेखि कारोबार सुरु भएको इन्फिनिटी लघुवित्तको कारोबारमा आज पनि बढ्ने क्रममा सर्किट लागेको छ।