BIZMANDU
www.bizmandu.com

मर्जर बारे बैंकर शोभनदेव पन्त: १० बर्षपछि पश्चताप हुनु हुँदैन, ‘त्यसोभए लाइसेन्स किन दिएको?’

२०७६ असार २३

मर्जर बारे बैंकर शोभनदेव पन्त: १० बर्षपछि पश्चताप हुनु हुँदैन, ‘त्यसोभए लाइसेन्स किन दिएको?’
मर्जर बारे बैंकर शोभनदेव पन्त: १० बर्षपछि पश्चताप हुनु हुँदैन, ‘त्यसोभए लाइसेन्स किन दिएको?’

Tata
GBIME
Nepal Life

काठमाडौं। शोभनदेव पन्त बैंकर्स संघको बैठकमा उपस्थित हुनै छाडेका छन्। नियामक राष्ट्र बैंक र अर्थमन्त्रालय पनि बोलाइँदा मात्र जान्छन्।

लामो समयदेखि सार्वजनिक टिकाटिप्पणीबाट अलग्ग छन् पन्त। बैंक अफ काठमाण्डू (बिओके) के ब्यवस्थापकीय नेतृत्व सम्हालिरहेका पन्तले सोमबार गभर्नरका अगाडि 'बिग मर्जर' का बारेमा टिप्पणी गरेका छन्। उनले मर्जर बारे टिप्पणी गर्नुअघि भने- तीन दशक बैंकिङमा बिताएको र एकेडेमिक चरित्र भएका हिसाबले म केही कुरा राख्न चाहन्छु।

बैंकिङभित्र 'एकेडेमिक' छवी बनाएका पन्तले मर्जरको बिषय बित्तीय क्षेत्रको सुदृढीकरण गर्ने गरी हुनु पर्ने बताए। उनले घुमाउरो पारामा मर्जरले सकारात्मक नतिजा दिन्छ भन्नेमा आफू विश्वस्त नरहेको बताए।

'अहिले मर्जरका लागि कमिटमेन्ट मागिएको छ। हिजो राष्ट्र बैंकबाटै लाइसेन्स दिएर संस्था खुलेका हुन्। मर्जर गर्नुअघि किन धेरै लाइसेन्स दिएको त भन्ने प्रश्न जन्मिन्छ' उनले भने, 'मैले यहाँ प्रश्न राखेर उत्तर खोजेको होइन।'

उनले २ अर्बको चुक्ता पूँजी ८ अर्ब पुर्याउँदा हकप्रद शेयरको बाटो रोजेर गलत भएको बताए। वित्तीय क्षेत्र सुदृढीकरणका लागि नै पूँजी बढाइएको थियो तर हकप्रदबाट पूँजी बढाउन दिएर केही कमजोरी भयो कि भन्ने आँफूलाई लाग्ने उनले बताए। 'हकप्रदबाट पूँजी बढाउनु ठिक बेठिक भनेर अनुसन्धान विभागले हेरिदिनु पर्थियो' उनले भने।

पन्तले मलेसियाको उदाहरण हेरेर मात्र मर्जर गर्न नहुने बताए। उनले मलेसियाको मर्जरको पनि आलोचना भएको भन्दै आलोचना नहुने किसिमले भोलि समस्या नआउने किसिमले मर्जरमा जानु पर्ने बताए। 

उनले मर्जरलाई नतिजामूलक बनाउनसमेत आग्रह गरे। 'बैंकर र ब्यवसायीलाई अब छुट्याउनु पर्छ। त्यो छुट्टिने गरी मर्जरमा जानु पर्छ' उनले भने।

पन्तले वित्तीय क्षेत्रलाई लामो समयदेखि नजिकबाट हेरेको बताउँदै १० बर्षपछि पश्चताप गर्नु पर्ने अवस्था नआउने गरी मर्जर गर्नु पर्ने सुझाब दिए। 'हिजो बैंकको लाइसेन्स दिँदा आज पश्चताप भएको छ' उनले भने, 'मर्जर १० बर्षपछि हेर्दा पश्चताप नहुने गरी गर्नु पर्छ।'