काठमाडौं। राजधानीमा बाटिक मेला शुरु भएको छ। इन्डोनेसियाली दूताबास र नेपालस्थित इन्डोनेसियाली अवैतनिक महावाणिज्यदूतको कार्यालयद्वारा आयोजित मेला दरबारमार्गको अन्नपूर्ण होटलमा भइरहेको छ।
नेपालका लागि इन्डोनेसियाली राजदूत रिनो पि सोएमर्माे र नेपालका लागि इन्डोनेसियाली अवैतनिक महावाणिज्यदूत चन्द्रप्रसाद ढकालले संयुक्त रुपमा उद्घाटन गरे।आइएमई ग्रुप र आइएमई ग्रुपअन्तर्गत संचालित आइएमई ट्राभल सहआयोजक रहेको उक्त मेलामा इन्डोनेसियाली बाटिकद्धारा निर्मित पहिरनहरु प्रदर्शनमा राखिएको छ।
मेलामा नेपालमा रहेका इन्डोनेसियाली समुदायका नागरिक र नेपाल तथा इन्डोनेसियाका ट्राभल एजेन्सीहरुको पनि सहभागिता छ।इन्डोनेसियाली राजदूत सोएमर्माेले दुई देशबीचधार्मिक,सांस्कृतिक लगायतका धेरै क्षेत्रमा असल सम्बन्ध रहेको बताईन्।महावाणिज्यदूत ढकालले पछिल्लो समयमा इन्डोनेसिया र विशेषगरी त्यहाँको बाली टापू नेपाली पर्यटकहरुको एक आकर्षक गन्तव्य बनेको बताए।
दुई देशबीचका सांस्कृतिक समानताहरुलाई जनस्तरमा पुर्याउन र एकले अर्का देशका पर्यटकहरुलाई आफ्नो देशमा स्वागत गर्नका लागि केही वर्षदेखि विभिन्न सांस्कृति कार्यक्रम गरिँदै आएको उनले बताए।कार्यक्रममा इन्डोनेसियाली बाटिकबाट निर्मित पहिरनहरुको ‘फेसन सो’ पनि गरिएको थियो।यो मेला शुक्रबारसम्म संचालन हुनेछ।