BIZMANDU
www.bizmandu.com

साझा यातायातमा अब स्मार्ट कार्डबाट भाडा तिर्न मिल्ने, अरु बसमा पनि चलाउन मिल्ने बनाईँदै

२०७६ असार १६

साझा यातायातमा अब स्मार्ट कार्डबाट भाडा तिर्न मिल्ने, अरु बसमा पनि चलाउन मिल्ने बनाईँदै
साझा यातायातमा अब स्मार्ट कार्डबाट भाडा तिर्न मिल्ने, अरु बसमा पनि चलाउन मिल्ने बनाईँदै

Tata
GBIME
Nepal Life

काठमाडौं। साझा यातायातले स्मार्ट कार्ड पुन संचालनमा ल्याएको छ।

यस अघि संचालनमा ल्याईएको कार्ड प्रभावकारी हुन नसकेपछि त्यसलाई अपग्रेड गरेर संचालनमा ल्याईएको हो। नेपाल बैकसँग सहकार्य गरेर साझाले स्मार्टकार्ड संचालनमा ल्याएको हो। सोमबार एक विशेष कार्यक्रमवीच ३ नम्वर प्रदेशका मूख्य मन्त्री डोरमणी पौडेलले कार्ड स्वाईप गरेर उद्घाटन गरे।कार्डको नाम 'नेपाल मण्डल यात्रा कार्ड' भनिएको छ।

करिव दुई महिनाको परीक्षणपछि संचालनमा ल्याईएको साझा यातायात सहकारीका अध्यक्ष कनकमणी दीक्षितले जानकारी दिए । उनका अनुसार सबै खालका बसमा यो कार्ड प्रयोग गर्न सकिनेछ।उनका अनुसार पार्किङ,रेष्टुरेण्ट,फेवातालमा ढुङगा चढ्दा र पसलहरुमा समेत प्रयोग गर्न सकिन्छ।

कार्डले खुद्रा पैसाको झन्झट मेटिने र यात्रुहरु ठगिनबाट रोकिने साझाले जनाएको छ भने काठमाडौं महानगरपालिकाले ल्याएको पिक एण्ड ड्रप नीतिका लागि उपयोगी हुने साझाको विश्वास छ। साझाका अनुसार कार्डका लागि बसको सहचालकसँग सम्पर्क राख्न सक्ने छ। दुई सय रुपैयाँमा यो कार्ड प्राप्त गर्न सकिनेछ। कार्डमा दुई सय रुपैयाँको ब्यालेन्स हुन्छ र थप टपअप सहचालकबाटै गर्नुपर्नेछ।

कार्ड लिने व्यक्तिले साझाका सहचालकसँग रहेको मेसिनमा स्वाईप गर्नुपर्नेछ।दूरीका आधारमा सहचालकले भाडा तय गर्ने र त्यही आधारमा स्वाप गरेर भाडा तिर्न सकिन्छ।स्वाइप गर्नेवित्तिकै मेसिनले रसिद प्रिन्ट गर्छ। तत्कालका लागि यो व्यवस्था भएपनि निकट भविष्यमा दुवै ढोकामा मेसिन राख्ने र अटोमेटिक यात्रा अनुसार काट्ने व्यवस्था मिलाउन लागिएको साझाले जनाएको छ।

जिपिएस सिस्टमले अटोमेटिक यात्रा दुरी नाप्छ र लागेको भाडा काट्ने साझाले जनाएको छ। पोखरामा समेत यो कार्ड प्रयोगमा ल्याउन लागिएको छ भने उपत्यकाका अरु बस कम्पनीसँग समेत सहकार्य गर्न लागिएको छ। एउटा कार्ड भए देशैभर जुनसुकै बसमा यात्रा गर्दा पनि प्रयोग गर्न मिल्ने बनाउने तयारी भएको दीक्षितले बताए।