BIZMANDU
www.bizmandu.com

पिभिसी कार्पेटपछि रेक्जिन र क्वाइल म्याट पनि उत्पादन गर्दै यति पोलिकेम, ७७ करोड ऋण लिँदै

२०७६ जेठ २९

पिभिसी कार्पेटपछि रेक्जिन र क्वाइल म्याट पनि उत्पादन गर्दै यति पोलिकेम, ७७ करोड ऋण लिँदै
पिभिसी कार्पेटपछि रेक्जिन र क्वाइल म्याट पनि उत्पादन गर्दै यति पोलिकेम, ७७ करोड ऋण लिँदै

Tata
GBIME
Nepal Life

काठमाडौं। भारतीय बजारमा समेत पिभिसी कार्पेट निर्यात गरिरहेको यति पोलिकेम प्रालिले उत्पादन क्षमता वृद्धिसँगै प्रोडक्ट लाइन(वस्तु श्रृंखला) समेत थपेको छ।

यो उद्योगले बजार माग अनुसार उत्पादन विविधिकरण गर्दै रेक्जिन कोटेड फेब्रिक र क्वाइल म्याटको समेत उत्पादन गरेको हो।वार्षिक १४ हजार ४ सय टन पिभिसी कार्पेट उत्पादन क्षमता रहेको उद्योगले ३ हजार ६ सय टन रेक्जिन र ४ हजार टन क्वाइल म्याट उत्पादन गर्ने प्लान्ट स्थापना गरेर रेक्जिन र म्याट समेत उत्पादन गरिरहेको छ।

पिभिसी कार्पेट घर तथा कार्यालयको भुइँ सजावट गर्न, झोला, सवारी साधनको आसनको खोल, झोला,सोफासेटको खोलको लागी रेक्जिन र प्रवेशद्वार वा पैदल हिंड्नुपर्ने ठाउँको सजावटको लागी क्वाइल म्याटको प्रयोग हुने गरेको छ।

आठ वर्षअघि एभरेष्ट भिनायल उद्योग खरिद गरेर केडिया र रिलायन्स समूहले संयुक्त लगानीमा हेटौंडामा यति पोलिकेम प्रालि संचालनमा ल्याएका हुन्। पिभिसी कार्पेट उत्पादन गर्ने एकमात्र यो उद्योगले भारतीय बजारमा समेत पिभिसी कार्पेटको निर्यात गर्दै आएको छ।

बैंक ऋणको जोखिम मूल्यांकन गर्ने संस्था आइक्रा नेपालका अनुसार यति पोलिकेमको कूल बिक्रीमा पिभिसी कार्पेटले ८५ प्रतिशत हिस्सा ओगटेको छ। नयाँ उत्पादनले क्रमशः कूल बिक्री आयमा पिभिसी कार्पेटको हिस्सा घटाउँदै लैजाने विश्वास व्यक्त गरिएको छ।

एसटी कार्पेट र प्रेस्टिज लुपले क्वाइल म्याट उत्पादन गरिरहेकोमा यति कार्पेटको ब्राण्ड र पुरानो वितरण संजालले बजार बिस्तारमा सहयोग पुग्ने उद्योग व्यवस्थापनको विश्वास छ।

फाइबर कार्पेट(रेशायुक्त कार्पेट) उत्पादन गर्दै आएको केडिया समूह अन्तर्गतको भक्तपुरस्थित यति कार्पेट उद्योगको ब्राण्ड भ्यालुका कारण पनि यति पोलिकेमलाई पिभिसी कार्पेटको बजारीकरण र वितरणमा सहज भएको छ। कार्पेटको मागमा वृद्धिसँगै पछिल्लो तीनवर्षयता १५ प्रतिशतले बजार माग वृद्धि भएको आइक्रा नेपालले उल्लेख गरेको छ।

सरकारले स्वदेशी कार्पेट उद्योगको संरक्षणको लागी सार्क मुलुकबाट आयातित कार्पेटमा समेत ३० प्रतिशत भन्सार महशुल कायम गरेकोले स्वदेशी उद्योगलाई विदेशी उत्पादनसँग मूल्य प्रतिस्पर्धामा राहत छ।उद्योगले उत्पादन क्षमता वृद्धिको लागी आवश्यक लगानी जुटाउन स्थिर तथा चालू पूँजीसमेत ७७ करोड ८४ लाख ९० हजार रुपैयाँ बैंक ऋण सुविधाको लागी जोखिम मूल्यांकन गराएको थियो।

३१ करोड ६ लाख ८० हजार रुपैयाँ दीर्घकालीन ऋणको लागी ’आइक्रा एनपी एल डबल बी प्लस‘ र ४६ करोड ७८ लाख १० हजार रुपैयाँ ‘अल्पकालीन ऋणको लागी एफो प्लस’ वर्गिकरण पाएको थियो । ’आइक्रा एनपी एल डबल बी प्लस‘ ले बैंक ऋण तोकिएको समयमा चुक्ता गर्न औसत जोखिमको अवस्थालाई जनाउँछ। ’आइक्रा एनपी एफो प्लस‘ ले समयै ऋण चुक्ता गर्न सक्ने न्यून संभावनालाई इंगित गरेको हुन्छ।