BIZMANDU
www.bizmandu.com

रुस्लान अल्ट्रा प्रिमियम भोड्काले इटालीमा जित्यो अवार्ड, मोन्डे सेलेक्सनको गुणस्तरतर्फ बिजयी

२०७६ जेठ २८

रुस्लान अल्ट्रा प्रिमियम भोड्काले इटालीमा जित्यो अवार्ड, मोन्डे सेलेक्सनको गुणस्तरतर्फ बिजयी
रुस्लान अल्ट्रा प्रिमियम भोड्काले इटालीमा जित्यो अवार्ड, मोन्डे सेलेक्सनको गुणस्तरतर्फ बिजयी


काठमाडौं। रुस्लान अल्ट्रा प्रिमियम भोड्काले इटालीमा आयोजित प्रतिष्ठित ५७औं मोन्डे सेलेक्सन अवार्डस्मा ‘स्प्रिट एन्ड लिक्वर’ वर्गमा ग्रान्ड गोल्ड गुणस्तर अवार्ड जितेको छ। अवार्ड पाँच विभिन्न मापदण्डमा आधारित थियो। स्वादपछिको अनुभव, प्याकेजिङ, सामन्जस्य, सुगन्ध र दृष्यताको स्वरुपका आधारमा वर्गीकरण गरिएको थियो।

Tata
GBIME
Nepal Life

मोन्डे सेलेक्सन विश्वभरिका प्रसिद्ध विशेषज्ञहरू, सेफहरू, वाइन विज्ञहरू (ओनोलोजिष्ट र सोम्मेलेयरहरू), मदिरा उत्पादन विज्ञ इन्जिनियर (ब्रुइङ इन्जिनियर) र मास्टर ब्लेन्डरहरूको सहभागितामा उत्पादनको भित्री गुणस्तरको अन्तर्राष्ट्रिय वैज्ञानिक र कानुनी दृष्टिकोणबाट आँकलनका लागि सन् १९६१ मा सुरु गरिएको हो।

मोन्डे सेलेक्सन अवार्डले सम्मानभन्दा अधिक उपभोक्ताहरूका लागि गुणस्तर, अन्तर्राष्ट्रिय मान्यता र उत्पादनको आन्तरिक बाहिरी मान्यता नियन्त्रण तथा निर्विवाद बिक्री तर्कको प्रत्याभूति दिने विज्ञप्तिमा उल्लेख छ।

रुस्लान अल्ट्रा प्रिमियम भोड्का गत मंसिरमा मात्र बजारमा ल्याइएको हो। “हामी सम्मान पाउँदा गौरवान्वित भएका छौं। यो हाम्रो नव–आविष्कार र सर्वोत्कृष्ट मदिराजन्य उत्पादनहरूको विशिष्टताको सम्मान हो,” जाउलाखेल ग्रुप अफ इन्डस्ट्रिजका प्रबन्ध निर्देशक राजबहादुर शाहले भने। 

ग्रुपका कार्यकारी निर्देशक सशीन जोशीले स्रोतबाट उत्तम कच्चापदार्थहरू ल्याएर उत्कृष्ट मदिराजन्य उत्पादनको ब्लेन्डिङ तयारी गर्नका लागि निकै समय लगाउनुका साथै धेरै मेहनत गर्ने गरेको बताए। यो अवार्ड गुणस्तरसम्बन्धी अन्तर्राष्ट्रिय मापदण्डहरू प्रतिको हाम्रो प्रतिबद्धता र नेपाली मदिराजन्य उत्पादनमा उत्कृष्टताको उदाहरण हो” उनले भने।