BIZMANDU
www.bizmandu.com

गण्डकी विकास बैंकले पोखराका महिलालाई दियो सीपमूलक तालिम, वित्तीय सहयोग पनि गर्ने

२०७६ जेठ २८

गण्डकी विकास बैंकले पोखराका महिलालाई दियो सीपमूलक तालिम, वित्तीय सहयोग पनि गर्ने
गण्डकी विकास बैंकले पोखराका महिलालाई दियो सीपमूलक तालिम, वित्तीय सहयोग पनि गर्ने

Tata
GBIME
Nepal Life

काठमाडौं। गण्डकी विकास बैंकले पोखरा महानगरपालिका वडा नं. ५ का महिलाहरुको सिप अभिबृद्धि गर्नको लागि ७ दिने निःशुल्क सिपमूलक तालिम सम्पन्न गरेको छ। 

तालिममा सहभागी सम्पूर्ण महिलाहरुलाई बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापा, प्रशिक्षक तथा जेष्ठ महिलाद्धारा संयुक्त रुपमा प्रमाण पत्र हस्तान्तरण गरिएको छ। 

कार्यक्रममा आफ्नो मन्तव्य राख्ने क्रममा थापाले महिलाहरुले सिपमूलक तालिम मात्र लिएर नभई त्यसबाट सिकेको सिप तथा ज्ञान आत्मनिर्भर र स्वरोजगार तर्फ लागाउन अनुरोध गरे। त्यसका लागि आवश्यक परेमा बैंकले वित्तिय सहयोग समेत प्रदान गर्ने बताए। 

कार्यक्रममा जेष्ठ महिला तथा समाजसेवी शुभद्रा कोइराला, स्वस्तिक हस्तकलाकी प्रोपाइटर रिता गुरुङ्ग, प्रशिक्षक लक्ष्मी शर्मा तथा सहभागिका तर्फबाट कल्पना क्षेत्री र पार्वती देवी कोइरालाले मन्तव्य राख्दै तालिमले महिलाहरुलाई स्वरोजगारमा लाग्न उत्पे्ररित गरेको बताउदै बैंक परिवारलाई धन्यवाद दिएका थिए। 

कार्यक्रमको स्वागत मन्तव्य बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तारानाथ लम्सालले राखेका थिए।