BIZMANDU
www.bizmandu.com

धनगढी बिमानस्थलबाट भोलिदेखि नियमित बिमान उडान-अवतरण, ओभर लेयरको काम जारी

२०७६ जेठ २८

धनगढी बिमानस्थलबाट भोलिदेखि नियमित बिमान उडान-अवतरण, ओभर लेयरको काम जारी
धनगढी बिमानस्थलबाट भोलिदेखि नियमित बिमान उडान-अवतरण, ओभर लेयरको काम जारी

Tata
GBIME
Nepal Life

कैलाली। हवाई उडान ठप्प पारेर अहिले धमाधम धनगढी विमानस्थल स्तरोन्नतिको काम चलिरहेको छ। गत वैशाख २२ गतेबाट बन्द रहेको बिमानस्थलमा जेठ २१ गतेबाट उडान भर्ने गरी थालिएको काम लम्बिएपछि एक साता ढिलो गरी भोलिबाट उडान सुरु हुने भएको छ। 

धनगढी विमानस्थलका प्रमुख तेज बहादुर बुड्थापाका अनुसार, विमानस्थलको धावन मार्गमा अझैसम्म ओभर लेयरको काम सम्पन्न भएको छैन। ओभर लेयरको काम जारी रहने तर उडान भने बुधवारबाटै सुरु हुने छ।

‘दलदले माटो फालेर उडान भर्न सकिने जति काम सकिएको छ,’ उनले भने, ‘बुधवारबाट ३१ गतेसम्म नर्मल उडान हुन्छ, फेरि १ गतेबाट राती काम हुने गरी बाँकी रहेको ९ सय मिटर ओभर लेयरको काम अघि बढ्छ।’

धनगढी विमानस्थलको लम्बाई १८ सय मिटर रहेको छ।

असार १ गतेबाट अपरान्ह ४ बजेबाट बिहान साढे ८ बजेको समय ओभर लेयरका लागि भनेर छुट्ट्याइएको विमानस्थलका प्रमुख बुड्थापाको भनाइ छ।

विमानस्थलमा धावन मार्ग ओभर लेयर, पार्किङ क्षेत्र र धावन मार्ग विस्तारका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले लुम्बिनी, कोसी एन्ड न्यौपाने, खड्का, कोइराला कृष्ण जेभी सँग करिब साढे १७ करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको छ।

दैनिक साढे ६ सय यात्रुले ओहरदोहर गर्ने धनगढी विमानस्थल मर्मत सुरु भएदेखि पूर्ण रूपमा बन्द छ। त्यसको चाप नेपालगञ्ज विमानस्थलमा परेको छ।