BIZMANDU
www.bizmandu.com

बैंकिङ तरलता सहज नहुने संकेतले शेयर बजारमा उत्साह देखिएन, कारोबार रकम घट्दो क्रममा

२०७६ जेठ २८


काठमाडौं। शेयर बजार झिनो अंकले सुधार भएर रोकिएको छ। बैंकिङ तरलताको समस्या समाधान नहुँदा यसको प्रभाव शेयर बजारमा परेको हो।

Tata
GBIME
Nepal Life

बजेटबाट शेयर बजारका विषयमा धेरै विषयहरु संबोधन भए पनि बजार भने सुधार हुन सकेको थिएन। चालु आर्थिक वर्ष सकिन एक महिना मात्रै बाँकी हुँदा पनि सरकारले बजेट खर्च गर्न नसक्दा यसको प्रत्यक्ष प्रभाव तरलातामा पर्दै आएको छ।

शेयर बजारका सुधारका सबै पक्ष सकारात्मक रहेपनि बैंकहरु सँगै लगानी योग रकम नहुँदा बजारमा पैसा आउन सकेको छैन। बैंकहरुले प्राथमिकताका आधारमा कर्जा प्रवाह गर्न थाले सँगै बजारमा सबैले पैसा पाउन सकेका छैनन्।

मंगलबार कारोबार सुरु भएको एक घण्टासम्म बजार बढ्दो क्रममा थियो। एक घण्टपछि बजार विस्तारै ओरालो लाग्दा केहि समय बजार रातो देखिएको थियो। अन्तिम ३० सकेण्डमा बजार हरियो हुँदा ०.१७ अंकले सधार भएर रोकिएको हो।

कारोबार अवधिभरी अस्थिर देखिएको बजारमा कारोबार रकम साविकका दिनमा भन्दा घटेको छ। मंगलबार दोस्रो बजारमा ४८ करोड आठ लाख रुपैयाँको मात्रै कारोबार भएको छ। जम्मा १७४ वटा कम्पनीको कारोबार हुँदा ७१ वटाको बढेको छ भने ७४ वटाको घटेको छ।

विगतका हप्तामा औसत कारोबार दैनिक ८० करोड नाघ्दै आएकोमा बजार घट्न थाले सँगै कारोबार रकममा विस्तारै गिरावट आउन थालेको छ।

आम लगानीकर्ताको बुझाइ शेयर बजार सुधार हुने अपेक्षा रहेकोले गर्दा बजार घट्दा पनि पेनिक सेल भने हुन सकेको छैन। जसले गर्दा कारोबार रकम बढ्न सकेको छैन।

बाणिज्य बैंक, व्यापार, विकस बैंक, हाइड्रोपावर, माइक्रोफाइनान्स र म्युचुअल फण्डको सूचक बढेको भए पनि बाँकी सूचक घटेका छन्। सबैभन्दा धेरै व्यापारको ३.१४ प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै निर्जीवन बीमा कम्पनीहरुको ०.८८ प्रतिशतले घटेको छ।

नेपाल हाइड्रो डेभलपरको सबैभन्दा धेरै घट्ने क्रममा सर्किट लागेको छ। कम्पनीको बजार मूल्य १५ रुपैयाँले घटेर १४१ रुपैयाँमा झरेको छ। त्यस्तै पाचथर पावर र खानीखोला हाइड्रोपावरको सबैभन्दा धेरै बढ्ने क्रममा सर्किट लागेको छ।

विगत छ कारोबार दिन लगातार घटेको शेयर बजार मंगलबार थोरै अंकले भए पनि सुधार भएर रोकिएको हो।

अर्थमन्त्रीले नेपाल धितोपत्र बोर्डको वार्षिकोत्सवको अवसरमा शेयर बजार मौद्रिक नीतिको छायामा पर्नु हुँदैन भने पनि बैंकको व्याजरले बजारलाई प्रभावित पार्दै आएको छ।

लगानीकर्ताले जता लगानी गर्दा धेरै फाइदा हुन्छ त्यहि क्षेत्रमा लगानी गर्न खोज्छन्। बैंकको व्याजदर घट्दा शेयर बजारमा लगानी बढ्छ जसले गर्दा सूचक र कारोबार रकम पनि बढ्छ।

साथै मौद्रिक नीतिले प्रभावित हुने कम्पनीहरुको ७५ प्रतिशत भन्दा धेरै हिस्सा हुँदा पनि अर्थमन्त्रीले भनेको जस्तो शेयर बजार मौद्रिक नीतिको छायाँमा पर्ने गरेको छ।