BIZMANDU
www.bizmandu.com

आर्थिक संकट खेपिरहेको पाकिस्तानको बजेट आज आउँदै, आइएमएफको इशारामा इमरान अघि बढ्लान्?

२०७६ जेठ २८

Tata
GBIME
Nepal Life

इस्लामाबाद। पाकिस्तानको अर्थतन्त्र गम्भीर अवस्थामा पुगेको बेला आज इमरान खानको सरकारले आगामी बित्त वर्षका लागि बजेट सार्वजनिक गर्दैछ।

यतिबेला पाकिस्तानको रेभेन्यू ग्रोथ शून्यमा झरेको छ भने खर्चमा ८.७ प्रतिशतले बृद्धि भएको छ। डलरको तुलनामा पाकिस्तानी मुद्राको भाउ खस्किएको छ। उत्पादनशील क्षेत्रमा ऋणात्मक बृद्धि देखिएको छ भने गत वर्षभन्दा घाटा २७ प्रतिशतले बढी छ। यस्तो अवस्थामा सरकारले ल्याउन लागेको बजेटप्रति सबैको ध्यानाकर्षण भएको छ।

पाकिस्तानको ठूलो उद्योगको उत्पादन सूचकमा एक दशक यताकै सबैभन्दा धेरै गिरावट देखिएको छ। जसका कारण पाकिस्तानको कुल ग्राहस्थ उत्पादनमा १३ प्रतिशतले  कमी आएको छ। सोमबार सार्वजनिक आर्थिक सर्वेक्षणका अनुसार कृषि क्षेत्रको दयनीय अवस्था, उर्जा संकट, मुद्रामा गिरावट तथा आन्तरिक उपभोक्ताको माग घट्दै जाँदा उत्पादन क्षेत्रको अवस्था दयनीय भएको हो।

यतिबेला पाकिस्तानको अर्थतन्त्रलाई सही बाटोमा ल्याउनुपर्ने चुनौती प्रधानमन्त्रीमाथि छ।

यसैकारण खानले पाकिस्तानी नागरिकहरुलाई आगामी  जुन ३० तारिखसम्म आफ्नो सम्पत्ति घोषणा गर्न भनेका छन्। लुकाइएका अकुत धनराशी, बिदेशमा राखिएको पैसा तथा बैंक खाता सार्वजनिक गर्न प्रधानमन्त्रीले सार्वजनिक आह्वान नै गरेका छन्।

बिगत १० वर्षमा पाकिस्तानको ऋण ६ गुनाले बढिसकेको उनले बताए।

उनले नागरिकलाई सम्बोधन गर्दै भने 'हाल करबापत जम्मा हुने ४ हजार अर्ब रुपैयाँबाट ऋणको आधा रकम तिर्ने र बाँकी पैसाले देशको खर्च धान्न नसक्ने अवस्था छ।'

आफ्ना एजेन्सीहरुले बिदेशी बैंकहरुमा लुकाएको रकमको सूचना दिइकेकाले आगामी ३० तारिखभित्रै आफ्नो सम्पतिको स्वयं घोषणा गर्न डर देखाउँदै उनले अब बार्षिक १० हजार अर्ब रुपैयाँ कर बापत उठाउनुपर्ने अवस्था रहेको बताए।

इमरानखानमाथि कर संकलन बढाउन आइएमएफको दबाब रहेको विज्ञहरुलको अनुमान छ।

पाकिस्तानले आइएमएफसँग ६ अर्ब डलर ऋण लिन लागेको छ। यो कर्जा लिँदा देशको आर्थिक नीति आइएमएफको शर्तबाट अघि बढ्नुपर्ने माग उसले राखेको छ।  पाकिस्तास्नमाथि आगामी १२ महिनामा ७ सय अर्ब रुपैयाँ फण्ड ब्यबस्था गर्नुपर्ने बाध्यता छ।

आइएमएफले पाकिस्तानलाई खर्चमा कटौती गर्न तथा करको दायरा बढाउन भनेको छ यसैकारण यसपटक पाकिस्तानको बजेट ऐतिहासिक हुने अनुमान गरिएको छ जसले पाकिस्तानको आगामी कार्यदिशा तय गर्नेछ।