BIZMANDU
www.bizmandu.com

मैदा उद्योगीले भ्याटको विरोधि होइन भन्दै कर छुटको माग राखे, मूल्य ६ रुपैयाँसम्म बढ्ने

२०७६ जेठ २७

मैदा उद्योगीले भ्याटको विरोधि होइन भन्दै कर छुटको माग राखे, मूल्य ६ रुपैयाँसम्म बढ्ने
मैदा उद्योगीले भ्याटको विरोधि होइन भन्दै कर छुटको माग राखे, मूल्य ६ रुपैयाँसम्म बढ्ने


Tata
GBIME
Nepal Life

काठमाडौं। सरकारले ल्याएको बजेटका कारण आटाको मूल्य प्रति केजी ५ देखि ६ रुपैयाँसम्म बढ्ने उत्पादकहरुले जनाएका छन्। 

सरकारले मूल्य अभिबृद्दी कर लगाएकाले सञ्चालनमा रहेका करिव ३८ वटा स्वदेशी मैदा उद्योगहरु जोखिम परेको भन्दै उनीहरुले भाउ पनि बढ्ने बताएका हुन्। भारतबाट आउने मैदा÷आटासँग प्रतिस्पर्धा गर्न नसकिने भन्दै नेपाल मैदा उद्योग संघले स्वादेशी उद्योगहरु अप्ठेरोमा परेको विज्ञप्ति जारी गरेको छ।

स्वदेशमै आत्मनिर्भर भईसकेको आटाजस्तो खाद्य बस्तुमा करको भार थपिदिँदा भारतबाट हुने बैध तथा अवैध आयातले प्रोत्साहन पाउने संघले जनाएको छ। 

संघले विज्ञप्तिमा भनेको छ, बिगतमा मैदा उद्योगहरुलाई कर छुट दिई उद्योग संरक्षण गरेकै कारण स्वदेशी मैदा उद्योगहरु आज आत्मनिर्भर भएकोे हो। मैदामा दिदै आएको छुट सुबिधा गत बर्ष हटाएको र अहिले आटामा समेत मूल्य अभिबृद्ध कर लगाएकाले पुन समस्यामा पर्ने निश्चित छ। 

संघले आफूहरु मूल्य अभिबृद्धि करको विरोधि नभएको प्रष्ट पार्दै कृषिमा आधारित उद्योगको लागि अहिलेको दर भने निक्कै उच्च भएको जनाएको छ। त्यसैले मूल्य अभिबृद्धिलाई बहुदरमा लैजानु पर्ने संघले सुझाब दिएको छ।

संघले दैनिक ज्यालादारिमा कामगर्ने कामदार अल्पकालिन र अनपढ हुने हुनाले सबैलाई स्थायी लेखा नम्बर लिन अब्यवहारिक र असम्भब हुने जनाएको छ।