BIZMANDU
www.bizmandu.com

हुवासिन सिमेन्टको उद्योग स्थापनाको काम धमाधम, चिनियाँ र नेपाली गरेर पाँच सय कामदारले दिनरात काम

२०७६ जेठ २७

हुवासिन सिमेन्टको उद्योग स्थापनाको काम धमाधम, चिनियाँ र नेपाली गरेर पाँच सय कामदारले दिनरात काम
हुवासिन सिमेन्टको उद्योग स्थापनाको काम धमाधम, चिनियाँ र नेपाली गरेर पाँच सय कामदारले दिनरात काम

Tata
GBIME
Nepal Life

काठमाडौं। एकवर्षभित्रै सिमेन्ट उत्पादन गर्ने लक्ष्यसहित हुवासिन सिमेन्टले उद्योग पूर्वाधारको काम धमाधम गरिरहेको छ।

कम्पनीले धादिङको पानीखर्क क्षेत्रमा करिब ५०० रोपनी जग्गामा उद्योगको काम गरिरहेको छ। कम्पनीले ‘एक्सेस रोड’सँगै उद्योग स्थापनाको काम गरिरहेको छ।पाँच सय कामदारले उद्योग पूर्वाधारको काम गरिरहेको छ।‘आधा नेपाली र आधा चिनियाँ कामदारले दिनरात नभनी काम गरिरहेको छ’ उद्योग स्रोतले भन्यो,’पुससम्म उद्योग पूर्वाधारको काम सक्ने लक्ष्य लिइएको छ।’

हुवासिन नेपालको सिमेन्ट उद्योगमा साढे १४ अर्ब रुपैयाँ लगानी गर्दैछ। यो उद्योगको नेपाली साझेदार नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष सुरज वैद्य हुन्।खानी विभागले गतवर्ष वैशाखमा खनिजको लागि भन्दै न्यूनतम सात लाख रुपैयाँ मूल्य राखेर विश्वव्यापी टेण्डर आह्वान गर्दा मकवानपुर र धादिङमा रहेको पानीखर्क चुनखानीको लागि हुवासिनले ६० करोड रुपैयाँ बोलकबोल गरेको थियो। यो खानीलाई नेपाली उद्योगीले अधिकतम १२ करोड रुपैयाँ सम्म मात्र प्रस्ताव गरेका थिए।

धादिङ र मकवानपुरमा रहेको आफ्नै चुनढुंगा खानी प्रयोग गरेर दैनिक तीन हजार टन सिमेन्ट उत्पादन गर्ने लक्ष्य लिएको छ।