BIZMANDU
www.bizmandu.com

हुण्डाई फेष्टिभ डिलाइट अफरमा एक जनाले क्रेटा जिते, अर्को एक जनालाई आइ२० एक्टिभ उपहार

२०७६ जेठ २६

हुण्डाई फेष्टिभ डिलाइट अफरमा एक जनाले क्रेटा जिते, अर्को एक जनालाई आइ२० एक्टिभ उपहार
हुण्डाई फेष्टिभ डिलाइट अफरमा एक जनाले क्रेटा जिते, अर्को एक जनालाई आइ२० एक्टिभ उपहार

Tata
GBIME
Nepal Life

काठमाडौं। हुन्डाई अटो मोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले सञ्चालन गरेको लक्की ड्रमा दुई जनाले कार जितेका छन्।

लक्की ड्रमार्फत एक जनाले क्रेटा र अर्कोले आइ२० एक्टिभ कार जितेका हुन्। कम्पनीले हुण्डाई फेष्टिभ डिलाइट २०७५ आयोजना गरेको थियो। 

लक्ष्मी समूहका अध्यक्ष गणेशबहादुर श्रेष्ठले विजयीहरु बद्रिकुमार खड्कालाई क्रेटा र भावना केसीलाई आइ२० एक्टिभको साँचो हस्तान्तरण गरेका छन्। 

लक्की ड्रको विजेताहरुको छनौट ५ मेमा हिमालय टेलिभिजनले प्रत्यक्ष प्रसारण गरेको थियो। लक्कीड्रबाट १० ग्राम सुन १०० जनाले जितेका थिए। 

हुन्डाईका गाडीहरुमा ३ वर्ष वारेन्टी, ४ वर्ष फ्रि सर्भिसिङका साथै निःशुल्क सवारी कर भुक्तानी उपलब्ध  छन्। कम्पनीका देशभरी १५ शोेरुमहरु तथा १७ सर्भिस सेन्टरहरु छन्।