BIZMANDU
www.bizmandu.com

ठूला व्यवसायिक संस्था बजेटको स्वागतमा, निकासीमूलक उद्योगका संस्था विरोधमा, ‘सुझाब मिल्काइयो’

२०७६ जेठ २२

ठूला व्यवसायिक संस्था बजेटको स्वागतमा, निकासीमूलक उद्योगका संस्था विरोधमा, ‘सुझाब मिल्काइयो’
ठूला व्यवसायिक संस्था बजेटको स्वागतमा, निकासीमूलक उद्योगका संस्था विरोधमा, ‘सुझाब मिल्काइयो’

Tata
GBIME
Nepal Life

काठमाडौं।निजी क्षेत्रका ठूला व्यवसायिक संस्थाले स्वागत गरेको बजेटमा निकासी उद्योगीले भने आलोचना गरेका छन्।

निकासीसँग सम्वन्धित ६ वटा संस्थाले संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै बजेटले निकासी उद्योगलाई उपेक्षा गरेको आरोप लगाएका छन्। नेपाल पश्मिना उत्पादन संघ,नेपाल कार्पेट उद्योग संघ, नेपाल हस्तकला महासंघ,नेपाल फेल्ट उद्योग संघ,नेपाल सिल्क एशोसिएसन र नेपाल निर्यात परिषद्ले बजेटको आलोचना गरेका छन्।

ती संस्थाले निकासी बढाउन बजेटमा समावेश गर्नुपर्ने भन्दै बुझाएको ६१ पृष्ठ लामो सुझाब एउटा पनि नसमेटिएको आरोप लगाए।‘आगामी आर्थिक वर्ष २०७६/७७ को बजेटमा निर्यात मुलक उद्योगलाई प्रोत्साहन गरिनेछ भन्ने उल्लेख छ। तर के सुविधा उपलब्ध गराउने भन्ने विषयमा स्पस्ट तोकिएको छैन।‘ती उद्योगीले भने।तयारी पोशाक उद्योग संघका अध्यक्ष चण्डीप्रसाद अर्यालले बजेटमा निकासीमूलक उद्योगका मुद्दा संबोधन नभएको बताए।

उनका अनुसार बजेट अघि उद्योग मन्त्रालयका दुई जना विज्ञ र तीन जना उद्योगी सम्मिलित उपसमितिले बुझाएको ६१ पृष्ठको सुझाव सम्बोधन भएन।‘उपसमितिले निकासी बढाउन दिएको सुझाब कुनैपनि आएन। त्यो सुझाबलाई कहाँ मिल्काइयो थाहै भएन’ अर्यालले भने।

उनले निकासीमूलक उद्योगले चालु पूँजीमा साढे चार प्रतिशत ब्याजमा पुर्नकर्जा पाउनुपर्ने र स्थिर पूँजीमा  सात वर्षसम्मका लागि तीन प्रतिशत ब्याजदर कायम हुनुपर्ने माग संबोधन नगरिएको बताए।बजेटमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले स्वागत गरेका थिए।