BIZMANDU
www.bizmandu.com

दशकपछि काठमाडौं-कोलकाता सीधा उडान, पर्यटन प्रवर्द्धन लक्ष्य, नेपालीको ‘होलिडे र सपिङ डेस्टिनेशन


दशकपछि काठमाडौं-कोलकाता सीधा उडान, पर्यटन प्रवर्द्धन लक्ष्य, नेपालीको ‘होलिडे र सपिङ डेस्टिनेशन
दशकपछि काठमाडौं-कोलकाता सीधा उडान, पर्यटन प्रवर्द्धन लक्ष्य, नेपालीको ‘होलिडे र सपिङ डेस्टिनेशन

Tata
GBIME
Nepal Life

कोलकाता। दशकपछि नेपाली वायुसेवा कम्पनी वुद्ध एयरले काठमाडौं-कोलकाता उडान थालेको छ।वुद्धले एटिआर-७२मार्फत कोलकातामा सीधा उडान सुरु गरेको हो।कम्पनीले साताको तीन उडान गर्नेछ।

यसअघि कस्मिक एयरले कोलकाता उडान गरेको थियो। कम्पनीनै टाट उल्टिएपछि कोलकाता उडान बन्द भएको थियो।वुद्धले नेपाल र कोलकाताबीचको पर्यटन प्रवर्द्धनलाई समेत लक्षित गर्दै यो उडान सुरु गरेको हो। कोलकातास्थित इस्ट विन्ड होलिडेजका प्रमुख कार्यकारी अधिकृत रुपकुमार मलिकले सीधा उडानले दुई देशबीचको पर्यटन प्रवर्द्धनमा सहयोगी भूमिका खेल्ने बताए।

उनले कोलकाता एजुकेशन हब समेत भएकाले नेपाली विद्यार्थी धेरै आउने बताए।‘कोलकाता अध्ययन गर्न आउनेहरुले नेपालमै रहेको अनुभव समेत गर्न पाउँछन्। यहाँका धेरै कलेजमा नेपालीको संख्या धेरै छ,’ उनले भने। वुद्धको जहाजमार्फत कोलकाता १ घण्टा ४० मिनेटमा पुगिन्छ।

नेपालीलाई घुम्ने ठाउँ

कोलकाता नजिकै दिघा सामुन्द्रिक किनार समेत छ। कोलकाताबाट बस चढेर चार घण्टामा दिघा पुग्न सकिन्छ।योसँगै जगन्नाथको दर्शन समेत गर्न पाइने भएकाले नेपालीको गन्तब्य बन्न सक्ने कम्पनीको विश्वास छ।

कोलकाताको अर्को पर्यटकिय गन्तब्य सुन्दर बन हो। कोलकाताको ओग्ली नदी देखि बंगलादेशको बालेश्वर नदीसम्म फैलिएको सुन्दरबनलाई एसियाकै सबैभन्दा ठूलो म्यानग्रोभ भनेर चिनिन्छ। वर्षातमा  बन्द हुने यो क्षेत्र सेप्टेम्बरदेखि खुल्छ। मल्लिकले भने-‘नेपालीका लागि कोलकातामा घुम्ने ठाउँ धेरै छ। त्यो वाहेक पनि साडी,जुत्ता चप्पल लगायतका सामान पनि सस्तो र गुणस्तरीय पाइन्छ।’

सपिङ गन्तब्य

विवाहको कार्ड छाप्न समेत भारत जाने प्रचलन छ। कोलकातामा विवाहको कार्ड छाप्दा नेपालमा भन्दा धेरै सस्तो पाइन्छ।काठमाडौंमा प्रति कार्ड दुई सय रुपैयाँ पर्नेलाई कोलकातामा १५ रुपैयाँमा बन्छ।

विवाहका लागि आवश्यक साडी किन्न जाने समूह पनि ठूलै छ। काठमाडौंमा १० हजार रुपैयाँ पर्ने साडी २५ सय रुपैयाँमा पाइने स्थानीय व्यापारी बताउँछन्। ती व्यापारीका अनुसार विवाहका लागि आवश्यक सामान किन्न आउने नेपालीको संख्या ठूलो छ।

कोलकाताका लागि नेपाल

कोलकाताबाट नेपाल भ्रमणमा आउनेको संख्या पनि धेरैनै छ। सीधा उडान हुनेवित्तिकै त्यसले कोलकाताबाट घुम्न आउनेको संख्या बढ्ने अनुमान वायुसेवा कम्पनीको छ।

एक साताको छुट्टि लिएर कोलकाताबाट नेपाल आउनेले धार्मिकसँगै अरु पर्यटकीय गन्तब्य जान सकिन्छ। पशुपति,लुम्बिनी,पोखरा,चितवन लगायतका पर्यटकीय गन्तब्यमा एक सातामै घुम्न सक्ने प्याकेज समेत बनाउन सकिन्छ।