BIZMANDU
www.bizmandu.com

विच्याट र अलिपे भुक्तानीप्रदायकको काम गर्ने स्वीकृति माग्दै राष्ट्र बैंक पुगे, कागजात मागियो

२०७६ जेठ १९

Tata
GBIME
Nepal Life

काठमाडौं। चीनका दुई भुक्तानीप्रदायक कम्पनी अलिपे र विच्याटले नेपालमा पनि कारोबार गर्न खोजेका छन्। दुबै कम्पनीले नेपालमा सेवा सञ्चालनका लागि नेपाल राष्ट्र  बैंकसँग स्वीकृतिका लागि निवेदन दिएका छन्।

नेपालमा बैधानिक कारोबारका लागि स्वीकृति नपाउँदै आफ्नो सेवा सुरु गरेको भन्दै राष्ट्र बैंकले अबैधानिक रुपमा 'विच्याट', 'अलीपे' लगायतबाट भइरहेको भुक्तानीलाई पूर्णतया प्रतिबन्ध लगाइसकेको छ। 

पछिल्लो समय पर्यटक तथा नेपालीहरुले नै विच्याट, अलिपेबाट भुक्तानी गर्ने क्रम बढेको थियो। बैंक तथा वित्तीय संस्था, स्वीकृति प्राप्त पेमेन्ट गेटवे हुँदा हुँदै यसरी भूक्तानी भएर विदेशी मुद्राको आय र सञ्चितिमाथि नै धावा बोल्न थालेपछि राष्ट्र बैंकले प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।

'विच्याट र अलिपे नेपालका केही बैंकसँग मेलेर काम गर्न खोजिरहेका छन्' राष्ट्र बैंक स्रोतले भन्यो, 'उनीहरु बैधानिक रुपमा कारोबार गर्न खोजेको देनिन्छ।'

स्वीकृति नलिइ कारोबार गर्दा विदेशी विनिमय अपचलनको मुद्दा लाग्ने भएकाले पनि उनीहरु बैधानिक हुन खोजेका हुन्। 'अलिपे र विच्याट दुबै कारोबार सञ्चालनको स्वीकृति माग्दै हामीकहाँ आएका छन्। हामीले उनीहरुसँग अन्य आवश्यक कागजपत्र मागिरहेका छौं' राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले बिजमाण्डूसँग भने, 'कागजपत्र अध्ययनपछि उनीहरुलाई स्वीकृति दिने कि नदिने भन्ने निष्कर्षमा पुग्छौं।'