BIZMANDU
www.bizmandu.com

सञ्चय कोषबाट हुने सबै भुक्तानी अब  एनसिएचएलबाट, साढे ५ लाख सञ्चयकर्ता लाभान्वित

२०७६ जेठ १०

सञ्चय कोषबाट हुने सबै भुक्तानी अब  एनसिएचएलबाट, साढे ५ लाख सञ्चयकर्ता लाभान्वित
सञ्चय कोषबाट हुने सबै भुक्तानी अब  एनसिएचएलबाट, साढे ५ लाख सञ्चयकर्ता लाभान्वित


Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल क्लियरिङ हाउस लिमिटेड र कर्मचारी सञ्चय कोषबीच भुक्तानी सम्बन्धि सम्झौता भएको छ। 

कर्मचारी सञ्चय कोषका विभिन्न भुक्तानी कारोबारहरु पनि क्लियरिङ हाउस लिमिटेडको विद्युत्तीय भुक्तानी प्रणालीहरुमार्फत् हुुने गरी सम्झौता भएको हो।

सम्झौतापत्रमा कर्मचारी सञ्चय कोषकाका प्रशासक तुलसीप्रसाद गौतम र एनसिएचएलका  प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन्।
 
सम्झौता अनुसार, कर्मचारी सञ्चय कोषले क्लियरिङ हाउसको एनसिएचएल आइपिएस र कनेक्ट आइपिएसमा पूर्ण रुपमा इन्टिग्रेट गरी आफ्नो भुक्तानी कारोबारहरु स्वचालित रुपमा गर्नेछन। यसबाट कोषले गर्ने भुक्तानीहरु (सञ्चयकर्ताको कर्जा सापटी, पार्टी पेमेन्ट आदि) लाई लाभग्राहीको बैंक खातामा सिधै जम्मा गर्न सक्नेछन।

सञ्चयकर्ता वा संस्थाले कोषलाई बुझाउने सञ्चय कोष, किस्ता आदिको भुक्तानीहरु समेत अनलाईन वा कुनैपनि बैंक खाताबाट गर्न सक्ने व्यवस्था भएको छ। 

कोषमा साढे पाँच लाख सञ्चयकर्ता छन्। यसमा ३० हजार संस्था आबद्ध छन्।