BIZMANDU
www.bizmandu.com

एनसेलको भारतका लागि आकर्षक अफर, सय रुपैयाँमा ‘अनलिमिटेड डेटा रोमिङ सेवा’

२०७६ जेठ ९

एनसेलको भारतका लागि आकर्षक अफर, सय रुपैयाँमा ‘अनलिमिटेड डेटा रोमिङ सेवा’
एनसेलको भारतका लागि आकर्षक अफर, सय रुपैयाँमा ‘अनलिमिटेड डेटा रोमिङ सेवा’


काठमाडौं।एनसेलका ग्राहकले अब भारत भ्रमणमा रहदा बिना कुनै झन्झट सुलभ दरमा डेटा रोमिङ सेवा पाउने भएका  छन्। कम्पनीका अनुसार ग्राहकले भारत जाँदा एनसेल सीम साथै लगि मात्र सय रुपैयाँमा प्रत्येक दिन अनलिमिटेड रोमिङ इन्टरनेट सेवाको फाइदा लिन सक्नेछन्।

Tata
GBIME
Nepal Life

कम्पनीले ‘अनलिमिटेड रोमिङ डेटा प्याक’ अन्तर्गत यो सेवा ल्याएको हो।यो अफर अन्तर्गत एनसेलका सबै प्रिपेड तथा पोष्टपेड ग्राहकले भारत भ्रमणमा रहँदा हरेक दिन करसहित १२७ रुपैयाँ ६९ पैसामा अनलिमिटेड रोमिङ डेटा चलाउन पाउने कम्पनीले जनायो। यो सेवा लिन भारत जानुअघि एस्ट्रिक्स १७१२९ह्यास डायल गरि निर्देशन अनुसार यो रोमिङ सेवा लिन सकिने कम्पनीले जनाएको छ।

रोमिङ्ग सेवा सुचारु गरी सकेपछि पुनः  एस्ट्रिक्स१७१२९ह्यास डायल गरी ग्राहकले यो डेटा प्याक लिन सकिने कम्पनीले जनाएको छ। एक पटक यो प्याक सुचारु गरेपछि नेपालको समय अनुसार हरेक मध्यरातमा यो सेवा स्वतः नविकरण हुनेछ र शुल्क भने ग्राहकले डेटा प्रयोग गरेको खण्डमा मात्र लाग्ने कम्पनीले जनाएको छ। अर्थात ग्राहकले प्याक खरिद गरी डेटा सेवा प्रयोग नगरेमा शुल्क लाग्ने छैन।