BIZMANDU
www.bizmandu.com

जब सत्या नाडेलाले विन्डो मेटेर लेखे क्लाउड, माइक्रोसफ्टले फिर्ता पायो गुमेको ‘टेक साम्राज्य’

२०७६ जेठ ७

जब सत्या नाडेलाले विन्डो मेटेर लेखे क्लाउड, माइक्रोसफ्टले फिर्ता पायो गुमेको ‘टेक साम्राज्य’
जब सत्या नाडेलाले विन्डो मेटेर लेखे क्लाउड, माइक्रोसफ्टले फिर्ता पायो गुमेको ‘टेक साम्राज्य’



सन् २०१८ को नोभेम्बरको अन्तिम साता माइक्रोसफ्टलाई बधाईको ओइरो लाग्यो। माइक्रोसफ्टले एप्पललाई जितेर विश्वकै सबैभन्दा मूल्यवान कम्पनी बन्न सफल भएको थियो। यो एक वर्षको अवधिमा कम्पनीले पाएको अभूतपूर्व क्लाइमेक्स थियो। 

Tata
GBIME
Nepal Life

माइक्रोसफ्टले आफ्नो रौनक गुमायो भन्नेहरुलाई गतिलो जवाफ पनि। बिल गेट्सले संचालन गरिरहेको माइक्रोसफ्ट कुनै दिन असफल भएर 'इभिल इम्पायर' बन्ने खतरा देखिएको विश्लेषण गर्नेहरु चकिन हुनेगरी कम्पनीले अचानक यो सफलता हात पारेको थियो। 

माइक्रोसफ्टको गुमेको सम्मान फिर्ता पाउन र यो सफलता हात पार्न कम्पनीका सिइओ सत्या नाडेलाको महत्वपूर्ण हात छ। यो सफलता पाएलगत्तै शुक्रबार उनले आफ्ना सिनियर स्टाफहरुलाई वासिङट्नको रेडमण्डमा रहेको केन्द्रीय कार्यालयमा डाके। 

'यदि कसैले पनि हाम्रो मार्केट क्यापको बिषयलाई लिएर कुनै पनि उत्सव मनाएमा म खुशी हुनेछैन' उनले कर्मचारीलाई यही भने 'हामीले अझै धेरै गर्नु छ।'

सन् २०१४ देखि २०१८ को अप्रिलसम्म कम्पनीले २३० प्रतिशतको बृद्धि देखेको थियो। अप्रिल २५ तारिखका दिन कम्पनीको मार्केट भ्यालुएसन १ ट्रिलियन डलरको हुँदा पनि उनी खुशीले मात्तिए थिएनन्। 

५१ वर्षका इन्जिनयर नाडेला भारतको हैदराबादमा हुर्के। उनीसँग मल्टिपल डिग्री छ। 'माइक्रोसफ्टमा हाम्रो सबैभन्दा खराब बानी के रह्यो भने हामी जे सफलता प्राप्त गर्छौं त्यसमा आत्मसन्तुष्टि लिन्छौं। तर म र मेरो टिम भने पछाडि फर्केर हेर्न सिकिरहेका छौं' उनले भने। 

पाँच वर्षअघि स्टिभ बलमेर माइक्रोसफ्टको सिइओबाट बाहिरिएपछि नाडेलाले उनको ठाउँ लिएका थिए। उनी पदमा आएपछि कम्पनीले सन् २००० को कम्प्युटिङ ट्रेन्डलाई बिर्सिसकेको थियो। यसले आफ्नो मोबाइल फोन, सर्च इन्जिन, सोसल नेटवर्किङ जस्ता महत्पवपूर्ण बिधालाई मिस गर्दा मुख्य रेभेन्यूको स्रोत विन्डोजको बजार समेत स्थिर थियो। 

तर नाडेलाको टिम 'फिक्स्ड माइन्ड सेट' बाट 'ग्रोथ माइन्ड सेट' मा अघि बढ्यो। 

कम्पनीको वास्तविकता पीडादायी थियो। तर नाडेलाले विन्डोजको लागि खर्च हुने फण्ड काटे। उनी क्लाउड कम्प्युटिङ बिजनेसमा फोकस्ड भए। जसबाट नै उनले प्रगतिको साँचो फेला पारे। यसबाटै कम्पनीले ३४ अर्ब डलर रेभेन्यू जेनेरेट गर्न सफल भयो र यो गुगलभन्दा पनि अघि पुग्यो। अमेजनको वेभ सर्भिसको प्रतिस्पर्धीका रुपमा सफलता हासिल गर्दै गयो। 

'मलाई थाहा छैन किन प्रविधिको इतिहासमा कुनै सफ्टवेयर कम्पनी फेल खान्छ र फेरि यति राम्रोसँग रिकभर हुन्छ' माइक्रोसफ्टको अवस्थाबारे नेटफ्लिक्सका सिइओ रिड हास्टिङ भन्छन्। 

माइक्रोसफ्टको अफिस कलेक्सन क्लाउड बेस्ट सर्भिस क्लिप्पीले हाल स्पोटिफाई र एमेजन प्राइमको भन्दा बढी २१४ मिलियन सब्सक्राइबर पाइसकेको छ जसले सेवा वापत बार्षिक ९९ डलर तिर्छन्। 

यसैगरी माइक्रोसफ्टको क्लाउड प्लेटफर्म अज्यूरले पनि एक्सोनमोबिल, स्टारबक्स र वालमार्ट जस्ता कस्टमरहरुको मन जितेको छ। यस्तै प्रोफेसनल सोसल नेटवर्क लिंक्ड इन र सफ्टवेयर कोड रिपोजिटरी गीतहब लाई पनि माइक्रोसफ्टले एक्वायर गरिसकेको छ। 

नाडेलाका समकालीन भन्छन् 'माइक्रोसफ्टको पुनर्जन्म टेरिफाइङ मात्र होइन इम्प्रेसिभ छ।' 

माइक्रोसफ्टले टेक वर्ल्डमा के चुनौती खडा गरेको छ भन्ने प्रश्नमा प्रतिस्पर्धी सफ्टवेयर कम्पनीका सिइओले नाम नछाप्ने सर्तमा भने- 'माइक्रोसफ्टले आफ्नो गुमेको साम्राज्य अब फेरि फिर्ता पाएको छ।' माइक्रोसफ्टले आफ्ना प्रतिद्वन्दीहरु माझ यस्तो छाप पार्न सफल हुनुका पछाडि माइल्ड स्वभावका नाडेलाको नै योगदान छ। 

जुन बेला नाडेलाले बालमेरलाई बिस्थापित गरे त्यस समय माइक्रोसफ्ट विन्डोको पतनको मोडमा थियो। आज उसले आफनो पिक अवस्था नपुगेपनि ९० प्रतिशत सफलता पाइसकेको छ। 

विन्डोज पहिले पनि एकदमै नाफामा थियो। माइक्रोसफ्टले सबै डेक्सपटप र ल्यापटपसको बिक्रीमा लाइसेन्सिङ फी लिने गर्थ्यो तर जब मानिसहरुले पिसीलाई आइफोन र एन्ड्रोइड डिभाइसहरुसँग साँट्न थाले त्यसपछि विन्डोजको अधोगति सुरु भयो। तर अझैपनि विन्डोजले बर्षको २० अर्ब डलर बिजनेस गर्छ। 

बिगतमा पर्सनल कम्प्युटरहरुको प्रयोग र महत्वका कारण विन्डोज सम्बन्धित सामाग्रीहरुमाथि क्लाइन्टले भर पर्नु पर्थ्यो। हाल नयाँ उत्पादनहरु पनि आइरहेका छन्। कम्पनीले विन्डोजको नयाँ फोनलाई पनि ब्राण्डिङ गरेको छ। माइक्रोसफ्टको क्लाउड सर्भिज विन्डोज् अज्यूरलाई पनि प्रवर्द्धन गरिरहेको छ। 

नाडेलाले आफ्नो आधाभन्दा बढी उर्जाशील जीवन माइक्रोसफ्टमा खर्चिएका छन् उनले खासगरी नन विन्डोज प्रोडक्टहरु  काम गरे। उनी सिइओ पदमा पुग्नकालागि पनि कुनै युद्ध गरेका होइनन्। 

उनलाई सन् १९९२ मा माइक्रोसिस्टमबाट माइक्रोसफ्टमा ल्याइएको थियो। उनलाई हायर गर्ने जेफ टेपर भन्छन् 'हामीलाई यस्तो कामदार चाहिएको थियो जो आफ्नो काम गरोस् र अरुलाई दखल पनि नदिओस्।' हाल कार्यलयका उपाध्यक्ष रहेका जेफ टेपर भन्छन्  'नाडेलामा यी सबै गुण थियो।' 

नाडेलाले कर्पोरेट क्रेताहरुलाई पिसी बेचेर करियर सुरु गरे। पछि उनले अज्यूरलाई टेकओभर गर्नुअघि उनले कम्पनीको सर्च इन्जिन बिङको लागि इन्जिनियरिङ गरे। 

नाडेलाको स्वभाव एकदमै माइल्ड छ उनमा इगो र लडाइ झगडा गर्ने बानी छैन। उनका समकालीनहरुले पनि उनलाई कहिल्यै ठूलो स्वरले बोलेको नसुनेको र कहिल्यै अपसेट भएको देखेका छैनन्। नत उनले रिसाएर आजसम्म कसैलाई इमेलबाटै जागिर खोसेका छन्। 

माइक्रोसफ्टका कर्पोरेट भाइस प्रेसिडेन्ट सेली ब्रान्स्टेनका अनुसार नाडेलालाई सबैभन्दा युनिक बनाएको छ। किनभने उनमा कुनै किसिमको देखावटीपन छैन। अझै एक कर्मचारीको दावी के छ भने उनीहरुले कहिल्यै नाडेलाले 'नो' भनेका सुनेका छैनन्। 

बलमेर रिटायरमेन्टको नजिक थिए। उनलाई नाडेलालाई मेन्टिरिङ गर्न भनियो। ह्यास्टिङ सम्झन्छन् नाडेला एक्जेक्युटिभ रिभ्यु हेर्नकालागि नेटफ्लिक्सको हेडक्वार्टर पुगे। बलमेरले नाडेलामा टेक्निकल र पर्सनालिटी स्ट्रेन्थ देखेका थिए तथापि उनी स्टिभले भन्दा फरक तरिकाले ब्यबस्थापन गर्दथे। 

नाडेलाको गेम प्लान भनेको माइक्रोसफ्टलाई अज्यूरमा पुन ध्यान केन्द्रित गराउने थियो जसमाथि उनी सन् २०११ देखि काम गरिरहेका थिए। 

यसबाट उनी कम्पनीलाई 'बक्स्ड सफ्टवेयर प्रोभाइडर' भन्दा बढी 'ग्लोबल कम्य्युटिङ इन्जिन' तर्फ लैजान चाहन्थे। बक्स्ड सफ्टवेयर सामान्यतया चोरी हुने खतरा हुन्छ। त्यसैले उनी अनलाइन स्टोरेज बिजनेसमा केन्द्रित हुन चाहन्थे प्रोसेसिङ पावर तथा अनलाइन स्टोरेजतर्फ बिजनेसलाई अघि बढाउन चाहन्थे। 

अन्य १०० टप लेभलका क्यान्डिडेटमध्ये सिइओका रुपमा नाडेलाले नै तत्कालीन अध्यक्ष बिल गेट्स र ब्यबस्थापन बोर्डलाई आफ्नो रणनीतिक तथा इन्जिनियरिङ कलाले प्रभाव पार्न सके। 

माइक्रोसफ्ट पहिले नै एमेजन डट कमको क्लाउड बिजनेसभन्दा कम्तीमा चार वर्षपछि परिसकेको थियो  एमेजन डट कमको बार्षिक रेभेन्यू ४.६ अर्ब डलर थियो। 

सचिन तेन्दुलकरका फ्यान नाडेला आफ्नो अफिसको डेस्क नजिक सँधै सचिनले हस्ताक्षर गरेको ब्याट राख्ने गर्छन्। नाडेलाले बुझिसकेका थिए कि यदि बिन्डोजमा कुनै सिरियस सिफ्ट गर्न सके मात्र उनी क्रिकेटमा झैं छक्का हान्न सक्षम हुन्छन्।

'तर माइक्रोसफ्टकै अन्य क्षेत्रको स्रोतहरु यसमा प्रयोग गर्नु घातक हुन्थ्यो' नाडेला सिइओ भएपछि क्लाउड युनिट सम्हालेका स्कट गथरी भन्छन्। उनी सम्झन्छन् 'क्लाउड युनिट नाडेलाको रणनीतिमा सहमत भयो तर त्यसबेला महसुस भयो कम्तीमा ९० प्रतिशत युनिट हेडहरु केवल विन्डो केन्द्रित विजनेसमै लक्षित रहेछन्।' 

'त्यो अवस्था बडो दुविधापूर्ण थियो' गथरी भन्छन्। 

नाडेलाले आफ्नो कार्यकालमा स्थापित गरेको मान्यता के हो भने माइक्रोसफ्टमा केवल समाधानकर्ता हुनेछन् उजुरीकर्ता होइन। 

यदि कर्मचारीहरु उनको भिजनमा सहमत हुँदैनन् भने उनी भन्छन् 'मेरो काममा सहमत हुन सक्दैनौ भने यहाँ नबस अब यो समय यहाँबाट बाहिर जाने हो।' उनले आफ्नो समयमा आक्रमक परिवर्तन ल्याउन सके किनभने त्यो क्षमता उनीसँग थियो। 

उनको पहिलो प्रोडक्ट अनाउन्समेन्ट थियो एप्पलको आइओएस मोबाइल अपरेटिङ सिस्टमको लागि अफिस भर्सन। माइक्रोसफ्टले लामो समयदेखि आईफोन तथा आईप्याडमा सफ्टवेयरको उत्पादकत्व बढाएर विन्डोज पिसीको बिक्रीमा भएको गिरावटलाई पूर्ति गर्न प्रयास गर्यो। 

लामो समय उनीसँग काम गरेका र भर्खरै माइक्रोसफ्टबाट बाहिरिएका एक अधिकारीले भने- 'नाडेला आफ्नो बिचारमा सँधै स्पष्ट थिए। उनले पद बहालीपछि कर्मचारीलाई सम्बोधन गरेर लेखेको पहिलो इमेल एक हजार शब्दभन्दा बढी थियो तर त्यसमा विन्डो शब्द एक पटक पनि  उच्चारण गरिएको थिएन। उनले केवल क्लाउडको कुरा गरे। पछि उनले क्लाउडलाई माइक्रोसफ्ट एज्यूर नाम दिए।' 

नाडेला जथाभावी बोलेर ध्यान तान्दैनन् उनले विन्डोजलाई वाक्यहरुबाट मेटेपछि सबैतिर क्लाउड क्लाउड क्लाउड शब्द कामले नै स्थापित गरे। क्लाउडलाई पुस गर्दा यसले माइक्रोसफ्टको इमेज र कामदारको मनोबल समेत बढाउन सहयोग पुग्यो।  

सन् २०१६ मा माइक्रोसफ्टको बोर्डले के चिन्ता ब्यक्त गर्यो भने कम्पनी एमेजनलाई भेट्ने गरी किन दौडिरहेको छैन। त्यसबेला एमेजन आफ्नो क्लाउड सर्भिसबाट १२ अर्ब डलर जेनेरेट गरिरहेको थियो।  

यसपछि नाडेलाले एमेजनसँगको क्लाउड वारलाई तीब्र पारे। क्लाउडको सबै पूर्वाधार सुधार तथा डाटाबेस्ड प्रोडक्टहरुलाई अध्यन गर्दै नाडेलाले अझै एडभान्स डाटा सेन्टरहरु तथा स्टार्ट अपहरुमा लगानी गर्न थाले। 

नाडेलाले रणनीतिक नियुक्तीका रुपमा जुडसन एलोफलाई भित्र्याए, जो इन्जिनियर भएपनि सेल्स एक्जेक्युटिभका रुपमा काम गरे। उनले कम्पनीको बिक्रीको अवधारणालाई भत्काएर लाइसेन्स बेस्ड सेलिङभन्दा सफ्टवेयर सर्भिसमा ध्यान दिए। 

एलोफले सेल डिभिजनका लागि ३ हजार इन्जिनियर हायर गरे। जहाँ उनीहरुले संभावित क्लाइन्टहरुसँगको मिटिङमा स्याम्पल कोडहरु लेख्न सक्थे। इन्जिनियरिङ र सेल्सको यो समिश्रणले अभूतपूर्व काम गर्यो जसले माइक्रोसफ्टको बिक्री अवधारणालाई परिवर्तन गरिदियो। 

जब इन्जिनियरिङ भेट्रान कोरी स्यान्डर्सले ग्रुप ज्वाइन गरे नाडेलाले जोक गरेर भनेका थिए-  'तिमीले अज्यूरको इन्जिनियरिङमा १० वर्ष बितायो अब तिमीले यसलाई कसरी बेच्छौं त्यो पत्ता लगाउ।' 

कम्पनीको क्लाउड मार्केट शेयर सन् २०१७ को अन्त्यसम्ममा १४ प्रतिशत र २०१८ को अन्त्य सम्ममा १७ प्रतिशतले बढ्यो। यही अवधिमा अमेजन ३२ प्रतिशतको फ्ल्याट प्रतिशतमा रह्यो। 

माइक्रोसफ्टले सन् २०१८ को जुलाई महिनादेखि पाँच मुख्य रिटेलरसँग सम्झौता गर्यो। एलबर्टसन्स, ग्याप, क्रोगर, वालग्रिन र वालमार्टसँगको सम्झौताले यसको उचाईमा ईटा थपिदियो। नाडेलाको रणनीतिले माइक्रोसफ्टले अवसरहरु खोज्दै अरु टेक प्लेयरहरुलाई पछि छोड्दै गयो। 

एमेजन र गुगलले भेइकल हार्डवेयर बिजनेसमा हात हाल्दा माइक्रोसफ्टले भने त्यो भन्दा आर्टिफिसियल इन्टेलिजेन्स र एनालाइटिक्स टुल्सहरुमा लक्षित रहन थाल्यो। उसले बिएम डब्लु, निसान र फकस्वागेनको सेल्फ ड्राइभिङ टेक्नोलोजीका लागि प्रविधि विकास गर्यो। 

माइक्रोसफ्ट लामो समयको आविष्कारको दुविधाबाट बाहिर निस्कियो। यो आफ्नो आइडेन्टिटी क्राइसिसको क्षणलाई पनि पार गर्यो। 'यदि तिमी आफ्नो परिचय बदलिहरन्छौ भने तिम्रो अस्तित्व कही रहँदैन।'- नाडेला भन्छन्। 'हामीले आफ्नो अतितबाट सिक्ने हो। कुनै समय तिमी एउटा सफल कम्पनी भयो भने ओके भनेर बस्दा त्यसले काम गर्दैन। थप अघि बढ्न केही त गर्नैपर्छ।'