BIZMANDU
www.bizmandu.com

शिवमको आइपिओ खरिद नगरेका लगानीकर्ताहरु दोस्रो बजारबाट शेयर उठाउँदै, कसले गरिरहेको छ कर्नरिङ

२०७६ जेठ ४

शिवमको आइपिओ खरिद नगरेका लगानीकर्ताहरु दोस्रो बजारबाट शेयर उठाउँदै, कसले गरिरहेको छ कर्नरिङ
शिवमको आइपिओ खरिद नगरेका लगानीकर्ताहरु दोस्रो बजारबाट शेयर उठाउँदै, कसले गरिरहेको छ कर्नरिङ


काठमाडौं। शिवम् सिमेन्टको शेयर दोस्रो बजारमा कर्नरिङ सुरु भएको छ। दोस्रो बजारबाट केही ब्रोकरमार्फत सीमित लगानीकर्ताले लगातार शेयर उठाइरहेका छन्।
 
एक साताको अवधिमा ५८ नम्बरको नासा सेक्युरिटिजले मात्रै एक लाख ८४ हजार कित्ता शेयर खरिद गरेको छ। नासाका पूर्व प्रमुख कार्यकारी अधिकृत सन्दिप जलानकी श्रीमती अल्का गोयल सर्वसाधारण समुहको तर्फबाट सञ्चालक निर्वाचित भएकी छिन्। उनी निर्वाचित भएसँगै दोस्रो बजारबाट शेयर कर्नरिङ सुरु भएको हो। 

Tata
GBIME
Nepal Life

प्राथमिक शेयरका लागि उनले १० हजार कित्ताको लागि माग गरेकोमा ५६५१ कित्ता शेयर प्राप्त गरेकी थिइन्। 
कम्पनीको सबैभन्दा धेरै शेयर पाउनेमध्ये उनी पनि एक हुन्। प्राथमिक बजारबाटै गोयल परिवारले मात्रै ५० हजार कित्ताभन्दा माथि शेयर खरिद गरेका छन्।

प्राथमिक बजारसँगै दोस्रो बजारबाट पनि गोयल परिवारले शेयर कर्नरिङ गरिरहेको छ। जलान हाल नासा सेक्युरिटिजमा छैनन् तर उनले नै शेयर कर्नरिङ गरिरहेको उनी निकटहरुले बताएका छन्। 

उनीसँगै पैसा भएका अधिकांस लगानीकर्ताहरुले भोलिका दिनमा अझ धेरै बढ्न सक्ने आँकलन गर्दै शेयर थपिरहेका छन्। जति धेरै शेयर कर्नरिङ हुँदै जान्छ दोस्रो बजारको मूल्य उनीहरुको हातमा जान्छ। यस अगाडि निर्मल प्रधानले एभरेष्ट बैंकको १० प्रतिशत सर्वसाधारण शेयर होल्ड गर्दा उनी एक्लैले एभरेष्टको मूल्यलाई प्रभावित पार्ने गरेका थिए। पूँजी बृद्धिपछि एकाधिकार तोडिदै गएको थियो। 

प्राथमिक शेयरमा यसरी भएको थियो कर्नरिङ 
सर्वसाधारणले माग अनुसान आवेदन नदिएपछि सीमित व्यक्तिले कम्पनीको शेयर खरिद गरेका थिए। 

माइक्रोफाइनान्स तथा राम्रो भनिएका कम्पनीको शेयर १० कित्ता अनिवार्य बाँडफाँड गर्नु पर्ने नियमले कर्नरिङ हुन पाउँदैन थियो।
 
तर दोस्रो बजार लगातार घटिरहेको अवस्थामा शेयर निष्काशन गरेको शिवमको आइपिओमा सर्वसाधारणको आकर्षण नदेखिँदा कर्नरिङ हुने अवस्था आएको थियो। प्राभावित क्षेत्रका बासिन्दाले पर्याप्त आवदेन नदिँदा उक्त शेयर पनि सर्वसाधारणले नै खरिद गरेका थिए।  

प्राथमिक बजारबाट ९८७ जना प्रभावित क्षेत्रका बासिन्दा र बाँकी सर्वसाधारणको तर्फबाट ५१ हजार ८८१ शेयरधनी कायम भएका थिए। यस क्रममा ५ हजार कित्ताभन्दा धेरै शेयर हुने लगानीकर्ता ४४ जना छन्। 

प्रभावित क्षेत्रका बासिन्दाले खरिद गरेको चार करोड ८४ लाख सहजै दोस्रो बजारमा आउने अवस्था छैन। यसले गर्दा दोस्रो बजारमा कम्पनीको शेयर प्रकृतिक रुपमा नै कर्नरिङ भएको देखिन्छ। 

प्राथमिक शेयर खरिद गरेकै आधारमा सञ्चालक हुने अवस्था आएको शिवममा दोस्रो बजारबाट पनि शेयर कर्नरिङ भैरहेको हल्लाले दिन दिनै बढ्ने क्रममा सर्किट लाग्दै आएको हो।

दोस्रो बजारको मूल्यमा कम्पनीको शेयरको माग र आपुर्तीले सबैभन्दा ठुलो भुमिका निर्वाह गर्छ। कम्पनीको हालको चुक्ता पूँजी चार अर्ब ४० करोड रुपैयाँ छ। जसको १२ प्रतिशत शेयर सर्वसाधारण र ८८ प्रतिशत शेयर संस्थापक तर्फको छ। 

दोस्रो बजारमा सर्वसाधारण तर्फको शेयरले प्रभावित पार्ने गरेको छ। जम्मा पूँजीको १२ प्रतिशत मात्रै सर्वसाधारण तर्फ रहेकोले दोस्रो बजारका कम्पनीको शेयर सप्लाइ एकदमै कम हुनेछ। 

माग भन्दा आपुर्ती कम हुँदा स्वभाविक रुपमा कम्पनीको शेयर बढ्छ। दोस्रो बजारमा लघुवित्तको शेयरमूल्य धेरै हुनुको कारण पनि यहि हो। 

प्राथमिक शेयर खरिद नगरेका लगानीकर्ता दोस्रो बजारमा तछाड मछाड गर्दै
दोस्रो बजार लगातार घटिरहेको अवस्थामा कम्पनीले प्रिमियम सहित आइपिओ निष्काशन गरको थियो। बजार घटिरहेको अवस्थामा कम्पनीको शेयर मूल्य दोस्रो बजारमा सूचिकृत हुने वित्तीकै प्रिमियमभन्दा पनि तल झर्ने भन्दै लगानीकर्ताले सामाजिक सञ्जाल मार्फत हल्ला फैलाए। यसले गर्दा अधिकाम्स लगानीकर्ता प्रिमियम सहितको आइपिओ खरिद गर्न तयार भएनन्। 

यहाँसम्मकी म्युचुअल फण्डले संरक्षणमा भएको शेयर समेत खरिद गरेनन्। 

अहिले हरेक ब्रोकरलाई शेयर खरिदको लागि पहिलो अर्डर शिवमको लागि दिइन्छ। अनलाइन मार्फत कारोबार गर्नेले आफै अर्डर दिए पनि अधिकाम्स लगानीकर्ताले ब्रोकरकोमा पुगेर वा फोन गरेर शिवमको शेयर कति रुपैयाँमा पाइन्छ त्यतिमै अर्डर दिनुस भन्छन्। 

फण्डहरुले दोस्रो बजारमा सूचिकृत हुने वित्तिकै बजार मूल्य घट्न थाल्ने साथै प्रतिफल पनि राम्रो नदिने भन्दै शेयर खरिद नगरेका हुन्। अहिले तीनै फण्डहरु दोस्रो बजारबाट धमाधम बढ्दो मूल्यमा कम्पनीको शेयर खरिद गरिरहेका छन्।  

अधिकाम्स फण्डले दोस्रो बजारमा कम्पनीको मूल्य घट्दै गर्दा शेयर उठाएको देखिन्छ। कारोबार सुरु भए यता अहिलेसम्म एक अर्ब चार करोड रुपैयाँको कारोबार भएको छ। दिन दिनै सर्किट लाग्दा पनि कारोबार रकम अधिकतम हुँदै आएको छ। 

किन देखियो आकर्षण 
प्राथमिक शेयरमा आकर्षण नदेखिए पनि शेयर बजार सुधारको संकेत देखा परे सँगै यो कम्पनीको पनि बजार मूल्य बढ्छ भन्ने अपेक्षाले सानादेखि ठुला लगानीकर्ता झुम्मिएका हुन्। दोस्रो बजारमा यतिसम्मको हल्ला फैलाइएको छ कि कम्पनीलाई युनिलिभर सँग तुलना गर्न थालिएको छ। बजार बढ्दा कम्पनीको अवस्था धरातल नबुझि जतिमा पायो त्यतिमा किन्ने प्रबृत्तीले गर्दा लगानीकर्ता फस्ने गरेका छन्। 

अवका दिनमा बैंक तथा वित्तीय संस्था भन्दा उत्पादनमुलक कम्पनीको शेयर बढ्ने लगानीकर्ताको मनोविज्ञान रहेको छ। 

अर्थमन्त्रीले पनि हरेक भाषणमा हाम्रो लगानी उत्पादनमुलक क्षेत्रमा लगानी गरिनु पर्ने बताउदै आएका छन्। यसका लागि आवस्यक पर्ने सहयोग दिन सरकार तयार भएको अभिव्यक्ती दिदै आएका छन्। यसले पनि बजारमा सकारात्मक प्रभाव पारेको हो।  

दिन दिनै बढ्दो क्रममा सर्किट लाग्न थाले पछि सम्पुर्ण लगानीकर्ताको पहिलो आकर्षण यसैमा देखिन्छ।