BIZMANDU
www.bizmandu.com

समयमा काम पूरा नगर्ने आठ निर्माण कम्पनी कारबाहीमा: ठेक्का रकम फिर्ता लिइयो

२०७६ जेठ २

Tata
GBIME
Nepal Life

  फाइल फोटो

लहान। ठेक्का अवधिमा निर्माण कार्य पुरा नगरेको भन्दै सडक डिभिजन कार्यालय सिराहाले आठ ठेकदारलाई कारबाही गरेको छ।

सडक डिभिजन कार्यालय लहानका अनुसार सिराहासहित सप्तरी र उदयपुरमा निर्माणाधीन सडक तथा पुल निर्माणको सम्झौताअनुसारको समयमा काम नगरेपछि ती ठेकदारलाई कारबाही गरिएको हो।

सम्झौताबमोजिम ठेक्काको काम शुरु नै नगरेको, काम शुरु भए पनि सन्तोषजनक प्रगति नदेखिएपछि पटकपटक मौखिक पत्र तथा सूचनामार्फत जानकारी गराउँदापनि निर्माण कार्यमा आलटाल गरेपछि कारबाही गरिएको सडक डिभिजन कार्यालय लहानका प्रमुख वीरेन्द्रकुमार साहले बताए।

सप्तरीको गिदेरी खोला पुल र महुली घाडन खोला पुलको ठेक्का लिएको पप्पु मृत सञ्जिवनी जेभी काठमाडौँमाथि कारबाही गरी दुवै ठेक्काबाट दुई करोड १८ लाख ७० रकम फिर्ता गराइएको । त्यस्तै सप्तरीको मुतनी खोला र सिरहाको सरस्वती खोलामा पुल निर्माणको ठेक्का लिएको रोशन कन्स्ट्रक्सन जनकपुरमाथि कारबाही गरी ५९ लाख ७० हजार फिर्ता गराइएको छ।

सप्तरीकै सुमन्दरी खोलामा पुल निर्माणको ठेक्का लिएको नीलगिरी निर्माण सेवा प्रालि बानेश्वर काठमाडौंसँग ४७ लाख ५० हजार रकम फिर्ता गराएको कार्यालय प्रमुख साहले बताए। त्यस्तै अन्य तीन ठेक्काका ठेकेदारमाथि समेत कारबाही गरी रकम फिर्ताका लागि बैंकमा पत्र काटिसकिएको छ। कम प्रतिस्पर्धामा ठेक्का लिएर लामो समयसम्म काम शुरु नगर्ने र गुणस्तरहीन काम गर्ने प्रवृत्ति बढेकाले त्यस्ता निर्माण कम्पनीमाथि निगरानी बढाइएको प्रमुख साहको भनाइ छ।