BIZMANDU
www.bizmandu.com

चीनमा नेपाली मण्डप हेर्ने एक लाख पुगे, रैथाने परिकारसहितको साँस्कृतिक मेला आयोजना गरिने

२०७६ जेठ २


काठमाडौं। चीनमा नेपाली मण्डप हेर्नेको संख्या एक लाख पुगेको छ। गत वैशाख १५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेको नेपाली मण्डल अवलोकन गर्नेको संख्या एक लाख पुगेको इम्प्लिमेन्टिङ एक्सपर्ट ग्रुपका राष्ट्रिय संयोजक विनायक शाहले जानकारी दिए।

Tata
GBIME
Nepal Life

शाहले भने, 'प्रदर्शनीमा चिनियाँहरुको नेपाल भ्रमण वर्ष २०२०को प्रचार प्रसारमा महत्व दिएका छौँ। नेपाल र चीनका उच्च प्रतिनीधिबीच औपचारिक कार्यक्रम आयोजना हुनेछ। नेपाली संस्कृति झल्कने नाचगान, सांगीतिक कार्यक्रम, नेपाली रैथाने परिकार सहितको खाद्य महोत्सव आयोजना गर्ने योजना रहेको छ।'   

लुम्बिनी शान्ति बगैँचा निर्माण गरिएको उक्त प्रदर्शनी 'लिभ ग्रीन लिभ बेटर' मूल नारामा केन्द्रित रहेको शाहले जानकारी दिए।

देशमा व्यापारिक योजना भित्र्याउन चिनियाँ तथा अन्तर्राष्ट्रिय लगानी आकर्षण गर्नकालागि यस प्रदर्शनीमा नेपालले भाग लिएको शाहले बताए।

उनका अनुसार प्रदर्शनीमा १५ फिट अग्लो बुद्ध मूर्तिसहित नेपालका सांस्कृतिक सम्पदा, वन वनस्पति लगायतको जानकारीमुलक डिजाइन समावेश गरिएको छ।

पाँच सय हेक्टर क्षेत्रफलमा आयोजित प्रदर्शनीमा एक सय १० देशको सहभागिता रहेको शाहले जानकारी दिए। आगामी कात्तिकसम्म चल्ने एक्स्पोमा १६ करोड प्रत्यक्ष अवलोकनकर्ता पुग्ने विश्वास रहेको शाहले बताए।