BIZMANDU
www.bizmandu.com

प्राइम बैंकले डाक्यो वार्षिक साधारणसभा, १६% बोनस शेयर दिने, ५ नयाँ संचालक चुनिँदै

२०७६ जेठ २


काठमाडौं। प्राइम बैंकले जेठ २६ गते एघारौं वार्षिक साधारणसभा बोलाएको छ। बैंकले साधारणसभामा यस अगाडि घोषणा गरेको १६ प्रतिशत बोनस शेयरको प्रस्ताव लैजाने भएको छ।

Tata
GBIME
Nepal Life

बैंकले संस्थापकतर्फबाट तीनजना र सर्वसाधारणबाट दुई जना संचालकको निर्वाचन, मनोनयन वा नियुक्त गर्ने प्रस्ताव साधारणसभामा पेश गर्दै छ।

बैंकले अन्य बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने सन्दर्भमा आवश्यक प्रक्रियाका लागि सञ्चालक समितिलाई अख्तियारी दिने भएको छ। बैंकले यस अगाडि ओम डेभलपमेन्ट बैंकलाई प्राप्ती गर्ने सहमति गरेर कुरा नमिल्दा मर्जर प्रक्रिया नै भाँडिएको थियो।

बैंकको प्रस्ताव गरेको बोनस शेयर पश्चात चुक्ता पूँजी ९ अर्ब ३१ करोड रुपैयाँ पुग्ने छ। हाल बैंकको चुक्ता पूँजी ८ अर्ब तीन करोड रुपैयाँ छ।

बैंकले एक अर्ब २८ करोड रुपैयाँ बोनस शेयरबाट पूँजी थप्ने भएको हो। वर्तमान अधिकृत पूँजी १० अर्ब रुपैयाँलाई बढाएर २२ अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव अगाडि सारिएको छ।

बैंकले साधारणसभा प्रयोजनका लागि जेठ ९ गतेदेखि बुक क्लोज गर्ने भएको छ। जेठ ८ गतेसम्म कायम शेयरधनीहरुले बोनस शेयर पाउनुकासाथै साधारणसभामा भाग लिन सक्ने छन्।