BIZMANDU
www.bizmandu.com

राष्ट्रिय बाणिज्य बैंकको दरवारमार्गमा लकर सेवा, १५ सय रुपैयाँ बार्षिक शुल्क, पार्किङको सुविधा

२०७६ जेठ १

राष्ट्रिय बाणिज्य बैंकको दरवारमार्गमा लकर सेवा, १५ सय रुपैयाँ बार्षिक शुल्क, पार्किङको सुविधा
राष्ट्रिय बाणिज्य बैंकको दरवारमार्गमा लकर सेवा, १५ सय रुपैयाँ बार्षिक शुल्क, पार्किङको सुविधा


Tata
GBIME
Nepal Life

काठमाडौं। राष्ट्रिय बाणिज्य बैंकले दरवारमार्गको शाखा कार्यालयबाट लकर सुविधा सञ्चालनमा ल्याएको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले लकर सुविधाको उद्घाटन गरेका छन्। 

शाखा कार्यालयबाट एकै पटक तीन हजारभन्दा धेरैले सुविधा लिन सक्ने शाखा कार्यलयका प्रमुख रामकुमार थापाले जानकारि दिए। 

सुविधा लिने ग्राहकहरुका लागि विशेष छुट दिइने थापाले बताए। ग्राहकले लकर सुविधाका लागि १५ सयदेखि तीन हजार रुपैयाँसम्मको वार्षिक शुल्क भुक्तानी गर्नु पर्नेछ। यस सुविधाका लागि १० हजार रुपैयाँदेखि २० हजार रुपैयाँसम्मको लागि धरौटी राख्नु पर्नेछ। 

अन्य बाणिज्य बैंकहरुको भन्दा सस्तो र सुलभ दरमा यस्तो सुविधा पाउने उनले जानकारी दिए। सेवाग्राहीले वार्षिक रुपमा नवीकरण गर्न सक्ने छन्। 

बैंकले महालक्ष्मी वचत खाता खोल्नेहरुका लागि लकर सुविधामा २५ प्रतिशतसम्मको छुट पाउने व्यवस्था गरेको छ। दरवारमार्गस्थित कार्यालयमा पार्किङ तथा सुरक्षाका हिसावले सहज भएकाले यस्तो सुविधा प्रादन गर्न लागिएको श्रेष्ठले बताए। 

बैंकले हाल देशभरि २१९ वटा शाखा कार्यालयबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ। बैंकले हाल विशालबजार, कर्पोरेट कार्यालय भद्रकाली, पुल्चोक नक्साल र बालाजुमा रहेका शाखा कार्यालयबाट पनि लकर सुविधा प्रदान गर्दै आएको छ।