BIZMANDU
www.bizmandu.com

स्वाभिमान र जनसेवी लघुवित्तको प्राथमिक शेयरमा मागभन्दा बढी आवेदन, भोलिबाट निष्काशन बन्द 

२०७६ बैशाख ३१

स्वाभिमान र जनसेवी लघुवित्तको प्राथमिक शेयरमा मागभन्दा बढी आवेदन, भोलिबाट निष्काशन बन्द 
स्वाभिमान र जनसेवी लघुवित्तको प्राथमिक शेयरमा मागभन्दा बढी आवेदन, भोलिबाट निष्काशन बन्द 

Tata
GBIME
Nepal Life

काठमाडौँ। स्वाभिमान लघुवित्त वित्तीय संस्था र जनसेवी लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेका साधारण शेयरमा मागभन्दा बढी आवेदन परेको छ। मागभन्दा बढी आवेदन परेकोले मंगलबारनै कार्यालय समयपछि निष्काशन बन्द हुने भएको छ। 

स्वाभिमान लघुबित्त वित्तीय संस्थाले निष्काशन गरेको शेयरमा मागभन्दा ३०.६२ गुणा बढी आवेदन परेको छ।

संस्थाले सामूहिक लगानी कोष र कर्मचारिका लागि छुट्ट्याएर बाँकी रहेको  एक लाख ८५ हजार ५८७ कित्ता शेयर सर्बधारणको लागि निष्काशन गरेको छ। जसमा तीन लाख चार हजार ९७७ आवेदकले ५६ लाख ८४ हजार ९१० कित्ताको लागि आवेदन दिएका छन्।

जनसेवीले सामूहिक लगानी कोष र कर्मचारिका लागि छुट्ट्याएर बाँकी रहेको चार लाख ३२ हजार ९९० कित्ता प्राथमिक शेयर सर्बसाधारणको लागि निष्काशन गरेको छ।

जसमा तीन लाख १० हजार ९८३ आवेदकले ५६ लाख ३९ हजार ३३० कित्ताको लागि आवेदन गरेका छन्। जुन माग भन्दा १३.०२ गुणा बढी हो।