BIZMANDU
www.bizmandu.com

सामूहिक लगानी कोषको छुट्टै उपसूचकमार्फत कारोबार मापन सुरु, बढेर १०.०२ अंकमा उक्लियो 

२०७६ बैशाख ३०

सामूहिक लगानी कोषको छुट्टै उपसूचकमार्फत कारोबार मापन सुरु, बढेर १०.०२ अंकमा उक्लियो 
सामूहिक लगानी कोषको छुट्टै उपसूचकमार्फत कारोबार मापन सुरु, बढेर १०.०२ अंकमा उक्लियो 

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सामुहिक लगानी कोषको छुट्टै उपसूचक मार्फत कारोबार मापन सुरु गरेको छ। यसअघि कोषहरु कुनै पनि सूचकमा थिएनन्।

पूँजी बजार बास्तविक तथ्यांक थाहा पाउन सहज होस् भनेर नेप्सेले नयाँ उपसूचक सुरु गरेको जनाएको छ। नेप्सेले अन्य उपसूचक मापनकै बिधि अपानएर नयाँ सुचक तयार गरेको हो। यसअनुसार कुनै निश्चित दिनको अन्तिम कारोबार मूल्यलाई आधार बनाएर कारोबार मापन गर्ने गरिन्छ। लगानी कोषको इन्डेक्स बैशाख २० गतेको अन्तिम कारोबार मूल्यलाई आधार बनाएर तयार पारिएको छ। 

शुन्य अंकबाट गणना गर्न सुरु गरिएको सामुहिक लगानी कोषको सूचक सोमबार १.०४ प्रतिशतले बढेको छ। सूचक १०.०२ अंकमा उक्लिएको छ। 

हाल नेप्सेमा २०७ कम्पनी सूचीकृत छन्। कम्पनीको प्रकृति अनुसार नेप्सेले १५ वटा समूहमा ती कम्पनीहरुलाई बिभाजन गरेको छ। अब बिभाजित समूहमा १२ समूहको छुट्टै उपसूचक मार्फत कारोबार मापन हुनेछ। 
  
अहिले सामूहिक लगानी कोष समूहमा १३ योजना सूचिकृत छन्। अब १३ वटा सामूहिक लगानी कोषको कारोबार छुट्टै समुह अन्तर्गत मापन हुनेछ। यसले बजारको प्रकृति अनुसार सूचकमा घटबढ हुँदा लगानीकर्ताले सामूहिक लगानी कोषको मात्रै कारोबार प्रबृत्ति हेरेर लगानी योजना बनाउन सक्ने नेप्सेले जनाएको छ।