BIZMANDU
www.bizmandu.com

वोमी लघुवित्तले दियो ११९ जनालाई तालिम, पशुपालन गर्न सिकायो, उत्कृष्ठ समूहलाई पुरस्कृत

२०७६ बैशाख ३०

वोमी लघुवित्तले दियो ११९ जनालाई तालिम, पशुपालन गर्न सिकायो, उत्कृष्ठ समूहलाई पुरस्कृत
वोमी लघुवित्तले दियो ११९ जनालाई तालिम, पशुपालन गर्न सिकायो, उत्कृष्ठ समूहलाई पुरस्कृत

Tata
GBIME
Nepal Life

काठमाडौं। वोमी लघुवित्त वित्तीय संस्थाले बिभिन्न स्थानहरुमा तालिम तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। काभ्रेपलाञ्चोकको पाँचखालस्थित तामाघाटमा ४३ जना, अनैकोटमा ५९ जना र  धादिङको थाक्रेमा ३७ जनालाई तालिम दिएको हो। 

३ दिनको अबधीमा ११९ जना सदस्य तथा स्थानीयलाई पशुपालन सम्बन्धी तालिम प्रदान गरेको हो। 

सदस्य तथा स्थानीहरुले संस्थाको कार्यक्रम सम्बन्धमा राखेको जिज्ञासा तथा प्रतिउत्तर दिने अन्तरक्रियात्मक कार्यक्रम समेत गरिएको थियो। 

अन्तरक्रिया कार्यक्रममा शाखा प्रमुखहरु मदन मोम्जन र शर्मिला विक तथा एरीया प्रमुख बिमल कोइरालाले सम्बोधन गरेका थिए। कार्यक्रममा उत्कृष्ट समुहलाई पुरस्कृत गरिएको थियो।