BIZMANDU
www.bizmandu.com

शिवम् सिमेन्टले एक अर्ब ५ करोड रुपैयाँ नाफा गर्यो, ८ अर्ब ३७ करोड रुपैयाँको सिमेन्ट बिक्री

२०७६ बैशाख ३०

शिवम् सिमेन्टले एक अर्ब ५ करोड रुपैयाँ नाफा गर्यो, ८ अर्ब ३७ करोड रुपैयाँको सिमेन्ट बिक्री
शिवम् सिमेन्टले एक अर्ब ५ करोड रुपैयाँ नाफा गर्यो, ८ अर्ब ३७ करोड रुपैयाँको सिमेन्ट बिक्री

Tata
GBIME
Nepal Life

काठमाडौं। शिवम् सिमेन्टले चालु आर्थिक बर्षको नौ महिनामा एक अर्ब पाँच करोड रुपैयाँ नाफा आर्जन गरेको छ। कम्पनीले गत बर्षको भन्दा १३.०९ प्रतिशतले नाफा बढाएको हो। गत वर्ष कम्पनीले ९३ करोड ६६ लाख रुपैयाँ नाफा गरेको थियो। 

कम्पनीले चैत मसान्तसम्ममा ८ अर्ब ३७ करोड रुपैयाँको सिमेन्ट बिक्री गरेको छ। गत वर्ष ७ अर्ब १० करोड रुपैयाँको सिमेन्ट बेचेको थियो। बिक्री खर्च भने ५ अर्ब ३७ करोड रुपैयाँ रहेको छ। 

कम्पनीले आयोजना निर्माणका लागि चार अर्ब ३६ करोड रुपैयाँ खर्च गरेको थियो। सहायक कम्पनीहरुमा शिवमको लगानी तीन अर्ब ३६ करोड रुपैयाँ रहेको छ। कम्पनीले नेपालकै सबैभन्दा ठूलो सिमेन्ट उद्योग होङ्सीमा लगानी गरेको छ। 

कम्पनीले यसै वर्ष सर्वसाधारणको लागि थप प्रिमियम सहित शेयर निष्काशन गरेको थियो। हाल कम्पनीको चुक्ता पूँजी चार अर्ब ४० करोड रुपैयाँ रहेको छ। कम्पनीको जगेडा कोषमा प्रिमियम बापत ९४ करोड दुई लाख रुपैयाँ जम्मा गरेको छ। त्यस्तै जगेडा कोषमा नाफाबाट तीन अर्ब ४५ करोड रुपैयाँ रकम जम्मा भएको छ। कम्पनीको प्रतिशेयर आम्दानी ३२ रुपैयाँ छ।